• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

 नेपाल प्रिमियर लिग एनपीएलको उपाधि लुम्बिनीलाई

  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर २९, आईतवार ०५:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि लुम्बिनीले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार साँझ सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी एनपीएल दोस्रो सिजनको च्याम्पियन बनेको हो। उपाधिसँगै लुम्बिनीले एक करोड १० रुपैयाँ पुरस्कार पनि जितेको छ। त्यस्तै, उपविजेता सुदूरपश्चिमलाई ५१ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ। तेस्रो स्थानमा रहेको विराटनगर किंग्सले २५ लाख र चौथो स्थानमा रहेको काठमाडौँ गोर्खाजले १५ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ।

    एनपीएल दोस्रो सिजनमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान सर्वोत्कृष्ट खेलाडी बनेका छन्। उनले पाँच लाख रुपैयाँ पुरस्कार पाएका छन्। एनपीएलका १० खेलमा १५ विकेट लिएका थिए।

    उनी फाइनल खेलमा पनि प्लेअर अफ द म्याच भए। उनले सुदूरपश्चिमका महत्त्वपूर्ण तीन विकेट लिएका छन्। फाइनलमा २.१ ओभर बलिङ गरेका रुबेनले तीन रन मात्रै खर्चिए।  एनपीएलमा नेपालीतर्फ रोहित पौडेलले सर्वोत्कृष्ट खेलाडी बने। उनले ओमोडा कार पाएका छन्। प्रतियोगितामा उनले दुई सय ७६ रन बनाएका थिए भने नौ विकेट लिएका थिए।

    त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट ब्याटर पोखराका एडम रोसिङटन बने। उनले ५० हजार रुपैयाँ पुरस्कार पाए। एडमले सात खेलमा तीन सय २३ रन बनाएका थिए।

    त्यस्तै, सर्वाधिक रन बनाउने नेपाली खेलाडी रोहित पौडल बने। रोहितले मोटरसाइकल पुरस्कार पाए। उनले दुई सय ७६ रन बनाएका थिए। प्रतियोगितामा सर्वोत्कृष्ट बलर विराटनगर किंग्सका सन्दीप लामिछाने बने। उनले मोटरसाइकल पुरस्कार पाए। सन्दीपले नौ खेलमा १७

    विकेट लिएका छन्। त्यस्तै, सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा र लुम्बिनी लायन्सका शेर मल्लले पनि १७-१७ विकेट लिएका छन्। तर, अविनाश र शेरको भन्दा राम्रो इकोनमी भएकाले सन्दीप उत्कृष्ट बलर भए।

    यसैगरी, प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडी लुम्बिनीका शेर मल्ल बने। उनले मोटरसाइकल पुरस्कार पाए। शेरले १७ विकेट लिएका थिए। एनपीएलमा इनर्जेटिक प्लेअर अफ द टुर्नामेन्टको उपाधि लुम्बिनीका तिलक भण्डारीले पाए। उनले एक लाख रुपैयाँ पुरस्कार पाए।

    फाइनल खेलमा प्लेअर अफ म्याच लुम्बिनीका रुबेल ट्रम्पलम्यान बने। उनले २५ हजार रुपैयाँ पुरस्कार पाए। फाइलन खेलमा उनले २.१ ओभरमा तीन रन दिएर तीन विकेट लिएका थिए।

    Post Views: 118
    प्रकाशित मिति: २०८२ मंसिर २९, आईतवार ०५:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ४. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.