रोजगारीको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका नेपालीहरु १२ सय भन्दा बढी नेपालीहरु जेलतथा हिरासतमा परेको तथ्यांक सार्वजनिक भएको छ । विदेशका विभिन्न मुलुकका जेल तथा हिरासत केन्द्रमा झन्डै १२ सय नेपाली कैदीरबन्दी रहेको तथ्य सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले विदेशस्थित नेपाली दूतावास, स्थायी नियोग तथा महावाणिज्य दूतावासमार्फत संकलन गरेको विवरणअनुसार सन् २०२५ मेसम्म १८ देशमा १ हजार १७१ जना नेपाली जेल वा डिटेन्सन सेन्टरमा रहेका छन्।

विदेशमा कैदी र बन्दी बनेका नेपालीमध्ये अधिकांश वैदेशिक रोजगारीका सिलसिलामा गएका व्यक्ति हुन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको नेपाल लेबर माइग्रेसन रिपोर्ट, २०२४ अनुसार खाडी मुलुक र मलेसिया नेपाली श्रमिकका प्रमुख गन्तव्य भएकाले त्यहीँ नेपाली कैदीको संख्या सबैभन्दा बढी देखिएको छ। सबैभन्दा धेरै नेपाली साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स यूएईका जेल तथा हिरासत केन्द्रमा रहेका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार धेरैजसो नेपाली सम्बन्धित देशको कानुन उल्लङ्घनका कारण जेलमा परेका हुन्। “अध्यागमनसम्बन्धी कानुनको उल्लङ्घन, भिसा अवधि नाघेर बस्ने ९ओभरस्टे० र एउटै भिसामा गएर अर्को काम गर्ने जस्ता कारणले धेरै नेपाली जेल परेको देखिन्छ,” उनले बताए। गम्भीर अपराधमा संलग्न भएर जेल परेका नेपालीको संख्या भने तुलनात्मक रूपमा निकै कम रहेको उनको भनाइ छ।
परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार साउदी अरेबियामा ५४७, यूएईमा २४२ र मलेसियामा १८५ जना नेपाली जेल तथा हिरासत केन्द्रमा छन्। यस्तै, कुवेतमा ५१, ओमानमा २५, टर्कीमा २०, चीनमा १४, बहराइनमा ९, साइप्रसमा ४, हङकङमा ३, क्रोएसिया र मोजाम्बिकमा २–२ जना तथा म्यानमार, अष्ट्रिया, इराक, मौरिसस र दक्षिण अफ्रिकामा एक–एक जना नेपाली कैदीरबन्दी रहेको विवरण छ।
प्रवक्ता क्षेत्रीले वैदेशिक रोजगारीमा जानुअघि सञ्चालन गरिने सचेतना कार्यक्रम अझै प्रभावकारी नदेखिएको उल्लेख गरे। “विदेश जानुअघि सम्बन्धित देशको कानुन र नियमबारे अझ स्पष्ट र व्यवहारिक जानकारी दिनु आवश्यक देखिन्छ,” उनले भने। पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या निरन्तर बढ्दै गएको छ। वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७८र७९ मा ६ लाख ३० हजार, २०७९र८० मा ७ लाख ७१ हजार, २०८०र८१ मा ७ लाख ४१ हजार र २०८१र८२ मा ८ लाख ३९ हजारभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर विदेश गएका छन्। यससँगै विदेशमा जेल पर्ने नेपालीको संख्या पनि बढ्दै गएको देखिन्छ।
यसैबीच, विदेशका जेलमा नेपाली रहेजस्तै नेपालका कारागारमा पनि ठूलो संख्यामा विदेशी कैदीरबन्दी रहेका छन्। गृह मन्त्रालयअन्तर्गत कारागार विभागको तथ्याङ्कअनुसार २०८२ साउनसम्म नेपालका जेलमा ३० देशका १ हजार ५७९ जना विदेशी थिए। तर २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि २८ कारागारबाट ठूलो संख्यामा कैदी भागेका थिए।
कारागार विभागका अनुसार हाल नेपालका जेलमा १ हजार २ जना विदेशी कैदीरबन्दी मात्र बाँकी छन्। जेनजी प्रदर्शनका क्रममा भागेकामध्ये ५१७ जना भारतीयसहित ६११ जना विदेशी अझै फरार छन्। सो घटनामा भागेका कुल १४ हजार ५५४ कैदीमध्ये ४ हजार ५०५ जना ९३ हजार ८९४ नेपाली र ६११ विदेशी० अझै कारागार फर्किएका छैनन्। सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई अझ बढी सचेत बनाउने, कानुनी जानकारी प्रभावकारी ढंगले दिनुका साथै सम्बन्धित मन्त्रालयबीच समन्वय बढाउनुपर्ने आवश्यकता औंल्याएको छ।





