युरोपेली मुलुक ग्रिसमा नेपालीहरूको राहदानी नवीकरणका लागि घुम्ती शिविर सञ्चालन हुने भएको छ। भियनास्थित नेपाली राजदूतावास अस्ट्रियाले घुम्ती शिविर सञ्चालन गर्न लागेको बताइएको छ । भियनाको नेपाली दूतावासले सोमबार जारी गरेको सूचनाअनुसार आगामी मार्च १७ देखि २० तारिख ९चैत ३(६० सम्म ग्रिसमा शिविर सञ्चालन हुनेछ। शिविर मार्च १७ र १८ तारिख ९२ दिन० ग्रिसको राजधानी एथेन्सस्थित लियोफोरोस भुलयागमेनिस ३११ आगियोस् दिमित्रियोस् १७२३६ मा हुनेछ।

घुम्ती शिविर राजधानी ग्रिस बाहिर पनि सञ्चालन हुने दूतावासको सूचनामा उल्लेख छ। मार्च १९ र २० मा मानोलादाको कोमेनित्सोताङ्का २७०५२ रोयल क्लब होटलमा हुनेछ। ग्रिसको मानोलादामा कृषि क्षेत्रमा काम गर्ने धेरै नेपाली बस्ने भएकोले सेवाग्राहीलाई थप सहज होस् भनेर त्यहाँ पनि घुम्ती शिविर राखिएको भियनास्थित नेपाली राजदूतावास अस्ट्रियाका नियोग उपप्रमुख लेखनाथ गौतमले बताए। यो राहदानी नवीकरण घुम्ती शिविर तथा अन्य कन्सुलर सेवाबाट ग्रिसमा रहेका धेरैभन्दा धेरै नेपालीले लाभ लिन नियोग उपप्रमुख गौतमले अनुरोध गरे।
अनलाइन आवेदनका लागि फेब्रुअरी २४ तारिख टाइम स्लट घुम्ती सेवाको प्रयोजनको लागि खुला गरिनेछ। आवेदन फारम मार्च ३ तारिखसम्म रुजु गर्नका लागि अनिवार्य रूपमा राजदूतावासमा पठाउनुपर्ने सूचनामा उल्लेख छ। राहदानीको आवेदन पठाइसकेपश्चात राजदूतावासको बैङ्क खातामा आवेदक स्वयंरकम्पनीको प्रतिनिधि वा साथीभाइर आफन्तले राजस्व बापतको रकम अनलाइन ट्रान्सफर गर्दा रेफेरेन्समा अनिवार्य रूपमा आवेदकको नाम लेख्न दूतावासले सूचनामा भनेको छ।
दूतावासको टोलीले घुम्ती शिविरमा आउने सबै नेपालीको आवेदन लिने तर राजस्व बापतको रकम राजदूतावासको खातामा जम्मा नभए राहदानी आवेदन प्रक्रिया अगाडि बढाउन नमिल्ने भएकोले समयमै राजस्व जम्मा गर्न सूचित गरेको छ। ग्रिसमा अवैधानिक रहेका नेपालीको आफ्नो बैङ्क खाता छैन। जसका कारण राहदानीको सरकारी दस्तुर अनलाइन बैंकिङ् ट्रान्सफर गराउन अस्ट्रियाको नेपाली दूतावासलाई चुनौती भएको बताइएको छ।
यसका लागि दूतावासले राहदानी नवीकरणका लागि आवश्यक कागजातहरूको सम्पूर्ण सूची पनि सार्वजनिक गरेको छ। राजदूतावासद्वारा शिविरका लागि ग्रिसमा सम्पर्क व्यक्ति तोकिएका ग्रिस फ्रेन्डसिप एन्ड कल्चरल एसोसिएसनका संस्थापक अध्यक्ष कृष्ण पोखरेलले नेपालखबरसँग भने, ‘ढिलै भए पनि यहाँ घुम्ती शिविर आउने भएको छ। तर समय थोरै होला कि भन्ने लागेको छ। भियनास्थित नेपाली राजदूतावासको अस्ट्रियासहित ग्रिस, क्रोएसिया, जर्जिया, अल्बानिया, मोन्टेनेग्रो, स्लोभेनिया, बोस्निया(हर्जगोभिना, उत्तर म्यासेडोनिया समेत ८ वटा देशमा सेवा तथा कुटनीतिक क्षेत्र पर्छ। यसअघि ग्रीसमा रहेका नेपालीहरू समयमै राहदानी नवीकरण हुन नसकेर बिजोग हुने अवस्था रहेको बताइएको छ । युरोपेली मुलुक ग्रिसमा रहेका राहदानीविहीन नेपालीको कथा भने पुरानो हो। यहाँका कतिपय नेपालीको व्यथा बेग्लै छ। पछिल्लो ३/४ वर्ष ग्रिसमा नेपालीहरू आउने चाप अत्यन्त बढेको छ। यसमध्ये लगभग ७५ प्रतिशत नेपाली बिनाकागजपत्र अवैधानिक रूपमा प्रवेश गरेका छन्। जसका कारण ग्रिस प्रशासनसँग डराउँदै काम गरिरहेका र प्रत्येक मिनेट डिपोर्ट (देशनिकाला) हुने डर त्रासमा बाँचिरहेका छन्। उनीहरूको न एनआरएनए, न परराष्ट्र, न राहदानी विभाग, न त दूतावासमै पहुँचमा छैनन र त्यहाँ रहेका नेपालीहरुको विभिन्न कागजात नविकरणमा समस्या भए पछि घुम्ती शिविर बस्ने समय तोकिएको हो ।
१७ सय किलोमिटरभन्दा पनि टाढा भियनामा रहेको नेपाली राजदूतावास अस्ट्रियाले ग्रिसमा रहेका नेपालीलाई चाहेर पनि आवश्यकताअनुसार सेवा दिन सम्भव छैन। यस पटक शिविर गरे पनि अर्को पटकका लागि विकल्प खोज्नु पर्ने देखिन्छ । त्यहाँ रहेका नेपालीलाई सेवा दिन र सरकार तथा दूतावाससँग समन्वय गर्नका लागि नेपाल सरकारले ग्रिसमा आफ्नो कुटनीतिक संयन्त्र बनाउनुको अर्को विकल्प देखिँदैन।





