• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख ९, बुधबार ०८:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रासस — संयुक्त राष्ट्रसङ्घको आगामी महासचिव चयन प्रक्रिया यसपटक असामान्य रूपमा सीमित प्रतिस्पर्धामा देखिएको छ । सन् २०१६ मा १३ जना उम्मेदवारबीच भएको खुला र उत्साहजनक प्रतिस्पर्धाको तुलनामा अहिले केवल चार जना दाबेदार मात्र औपचारिक प्रस्तुतिका लागि अघि आएका छन् ।

    विश्लेषकहरूका अनुसार यो सङ्कुचन केवल संयोग होइन, बरु विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण, कूटनीतिक जोखिम र कमजोर बन्दै गएको बहुपक्षीय प्रणालीको प्रत्यक्ष सङ्केत हो । हालका महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल आगामी डिसेम्बर ३१ मा सकिँदैछ ।

    उनको उत्तराधिकारी चयनका लागि सुरु भएको प्रक्रियाअन्तर्गत चार उम्मेदवारले संयुक्त राष्ट्र महासभामा सदस्य राष्ट्रहरूसामु आफ्नो दृष्टिकोण प्रस्तुत गर्नेछन् । प्रस्तुतिको क्रमअनुसार चिलीकी पूर्वराष्ट्रपति मिशेल ब्याचेलेटले पहिलो ‘अडिसन’ दिनेछन् ।

    त्यसपछि अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख अर्जेन्टिनाका राफेल मारियानो ग्रोसी,  कोस्टा रिकाकी अर्थशास्त्री तथा युएनसीट्याड प्रमुख रेबेका ग्रिन्स्पान र अन्त्यमा सेनेगलका पूर्वराष्ट्रपति म्याकी सलले आफ्ना धारणा राख्‍नेछन् । यसपटक उम्मेदवार सङ्ख्या घट्नुका पछाडि सबैभन्दा प्रमुख कारण विश्व राजनीति गहिरो ध्रुवीकरणतर्फ जानु हो ।

    एक दशकअघि अन्तर्राष्ट्रिय सहकार्य अपेक्षाकृत सहज थियो, जसले धेरै उम्मेदवारलाई प्रतिस्पर्धामा उत्रिन प्रोत्साहित गरेको थियो । तर अहिले अमेरिका, चीन र रुसजस्ता शक्तिशाली राष्ट्रहरूबीच बढ्दो अविश्वासका कारण यस्तो प्रतिस्पर्धामा भाग लिनु नै कूटनीतिक रूपमा जोखिमपूर्ण बनेको छ ।

    विश्लेषकहरूका अनुसार अब उम्मेदवार बन्नु केवल प्रतिष्ठाको विषय मात्र होइन, गलत सन्देश गए शक्तिशाली देशहरूबीच सम्बन्ध बिग्रन सक्ने संवेदनशील निर्णय पनि हो । संयुक्त राष्ट्रसङ्घको प्रभावकारिता घट्दै गएको धारणा पनि उम्मेदवार सङ्ख्या घट्नुको अर्को कारण हो ।

    जलवायु परिवर्तन, दिगो विकास र आर्थिक सहकार्यका क्षेत्रमा एक दशकअघि सक्रिय भूमिका खेलेको संस्था अहिले युक्रेन, गाजा र इरानजस्ता द्वन्द्वमा प्रभावकारी हस्तक्षेप गर्न असमर्थ देखिएको छ । यसको मुख्य कारण सुरक्षा परिषद्का स्थायी सदस्यबीचको असहमति र भिटो शक्तिको प्रयोग हो, जसले निर्णय प्रक्रियालाई बारम्बार अवरुद्ध बनाउँदै आएको छ ।

    महासचिव चयनमा औपचारिक निर्णय महासभाले गर्ने भएपनि वास्तविक शक्ति भने सुरक्षा परिषद्का पाँच स्थायी सदस्य अमेरिका, रुस, चीन, बेलायत र फ्रान्ससँग रहन्छ । उनीहरूमध्ये कुनै एकले पनि असहमति जनाए उम्मेदवार असफल हुन सक्छन् ।

    यही कारण उम्मेदवारहरूका लागि सन्तुलित कूटनीति अत्यन्त आवश्यक हुन्छ । उम्मेदवारहरूको मनोनयन प्रक्रिया पनि यसपटक जटिल देखिएको छ । ब्याचेलेटलाई सुरुमा चिली, ब्राजिल र मेक्सिकोले समर्थन गरेका थिए । तर चिलीमा सरकार परिवर्तन भएपछि समर्थन फिर्ता लिइयो, र अहिले उनको मनोनयनमा ब्राजिल र मेक्सिकोको मात्रै प्रस्‍ताव छ । ग्रोसी र ग्रिन्स्पानलाई उनीहरूको आफ्नै देशले प्रस्ताव गरेका छन् ।

    म्याकी सललाई बुरुन्डीले प्रस्ताव गरे पनि उनको आफ्नै देश सेनेगलले औपचारिक समर्थन दिएको छैन । यसैबीच अर्जेन्टिनाकी कूटनीतिज्ञ भर्जिनिया गम्बाको उम्मेदवारी फिर्ता लिएपछि प्रतिस्पर्धा झन् खुम्चिएको हो ।

    लैङ्गिक प्रतिनिधित्वको प्रश्न पनि यसपटकको बहसको केन्द्रमा छ । यस प्रतिस्पर्धामा दुई जना महिला उम्मेदवार सहभागी भए पनि, महासचिव पदमा महिलालाई चयन गर्नुपर्ने माग अझै बलियो रूपमा उठिरहेको छ ।

    सन् २०१६ मा पनि यस्तो माग व्यापक रूपमा उठेको थियो, तर अन्ततः पुरुष उम्मेदवार चयन भएका थिए । यसपटक भने केही शक्तिशाली देशहरूले महिला नेतृत्वप्रति सकारात्मक सङ्केत दिएका छन्, यद्यपि अन्तिम परिणाम अझै अनिश्चित छ ।

    यसपटकको सीमित प्रतिस्पर्धा केवल उम्मेदवार सङ्ख्या घट्नुको घटना मात्र नभएर यसले विश्वव्यवस्थामा देखिएको अस्थिरता, शक्ति सङ्घर्ष र कमजोर हुँदै गएको बहुपक्षीय संरचनालाई प्रतिबिम्बित गर्छ । आगामी महासचिव को बन्छ भन्ने प्रश्नसँगै संयुक्त राष्ट्रसङ्घको भविष्य कस्तो दिशातर्फ जान्छ भन्ने ठूलो प्रश्न पनि यही प्रक्रियासँग जोडिएको छ ।

    Post Views: 32
    प्रकाशित मिति: २०८३ बैशाख ९, बुधबार ०८:१२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ४१ अर्ब वैदेशिक लगानी भित्रियो, आईटीमा आकर्षण बढ्दै
    ग्रीसमा सम्पन्न घुम्ती शिविरमा अतिरिक्त शुल्क असुलेको आरोप
    टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?
    Advertisement
    ताजा अपडेट
    • १. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • २. ४१ अर्ब वैदेशिक लगानी भित्रियो, आईटीमा आकर्षण बढ्दै

    • ३. ग्रीसमा सम्पन्न घुम्ती शिविरमा अतिरिक्त शुल्क असुलेको आरोप

    • ४. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ५. अमेरिकी सहायक मन्त्री कपुरद्धारा परराष्ट्र र अर्थमन्त्रिसंग भेटघाट

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.