• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख ५, शनिबार ०८:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर सोमबार नेपाल पुग्ने कार्यक्रम तय भएको छ । वासिङ्टन डीसीस्थित नेपाली दूतावासका एक कूटनीतिज्ञ र परराष्ट्र मन्त्रालयका एक अधिकारीले कपुर तीनदिने भ्रमणका लागि काठमाडौं आउन लागेको पुष्टि गरेका हुन । समाचार सेतका अनुसार नेपाल सरकारको तर्फबाट पनि अमेरिकी बरिष्ठ कुटनीतिक अधिकारीको आगमनको लागि विशेष तयारी गरिरहेको बताइएको छ । १३ चैतमा प्रधानमन्त्रि बालेन्द्र शाहले कार्यभार सम्हालेयता काठमाडौं भ्रमण गर्ने कपुर सबैभन्दा उच्च तहका विदेशी कूटनीतिज्ञ हुनेछन् । भ्रमणबाट सहायक विदेशमन्त्रि कपुरले नेपाल भ्रमणका क्रममा नयाँ सरकारका प्राथमिकताहरू सुन्नेछन् ।

    सहायक विदेशमन्त्री कपुरसँगै अमेरिकी विदेश मन्त्रालयका अन्य दुई अधिकारी पनि काठमाडौं आउन लागेका छन् । काठमाडौं बसाइका क्रममा कपुरले राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने–नगर्नेबारेमा केही बताइएको छैन । एक सरकारी अधिकारीका अनुसार भ्रमणका क्रममा सहायक विदेशमन्त्री कपुरले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल–अमेरिका उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्य लगायतलाई भेट्ने कार्यक्रम छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण एसियाली सुरक्षा मामिला विज्ञ कपुरलाई गत वर्ष अक्टोबरमा डोनाल्ड लुको ठाउँमा दक्षिण एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्ति गरेका थिए । गत फेब्रुअरीमा बंग्लादेशमा नयाँ सरकार बनेलगत्तै कपुरले त्यहाँको भ्रमण गरेका थिए । त्यसक्रममा उनले सरकारका विदेशमन्त्री खलिलुर रहमान र राज्यमन्त्री शमा ओबेद इस्लामलगायतका उच्च अधिकारीहरूलाई भेटेका थिए ।

    परराष्ट्र मन्त्रालयका अनुसार कपुर यसअघि नै काठमाडौं आउने पक्षमा रहे पनि २१ फागुनको संसदीय निर्वाचन र नेपालको आन्तरिक कारण देखाउँदै भ्रमण स्थगन गरिएको थियो । ‘सरकारी अधिकारीहरूसँग भेटमा काठमाडौंस्थित अमेरिकी कूटनीतिज्ञहरूले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको नेपाल कम्प्याक्टको द्रुत र सहज कार्यान्वयन, नेपालमा झन्झटमुक्त लगानी र सूचना प्रविधि कम्पनी कोटिभिटी र कोकाकोलाको कर विवादका समाधान, द्विपक्षीय व्यापारबारे चासो राख्ने गरेका छन् । सहायक विदेशमन्त्री कपुर टर्किस एयरलाइन्सबाट वासिङ्टनबाट सिधैं काठमाडौं आउँदै छन् र, बुधबार त्यही एयरलाइन्सबाट फर्कने कार्यक्रम छ ।

    Post Views: 294
    प्रकाशित मिति: २०८३ बैशाख ५, शनिबार ०८:२५
    Advertisement
    संबन्धित शिर्षकहरु
    स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत
    दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प
    अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग
    Advertisement
    ताजा अपडेट
    • १. स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

    • २. दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प

    • ३. अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग

    • ४. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • ५. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    चर्चित
    • १. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • २. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ३. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ४. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    • ५. अमेरिकी राष्ट्रपतिद्धारा चिनिया राष्ट्रपति सी चिनफिङलाई एयरपोर्टमै पुगेर स्वागत

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.