• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी सहायक मन्त्री कपुरद्धारा परराष्ट्र र अर्थमन्त्रिसंग भेटघाट

  •  खबरमाला संवाददाता
  • २०८३ बैशाख ९, बुधबार ०७:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायक मन्त्री एसपल कपुरले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा भएको भेटमा उनीहरूबीच नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। साथै सो अवसरमा व्यापार तथा लगानी क्षेत्रमा थप ध्यानकेन्द्रित गर्दै सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको थियो।

    त्यसैगरी अर्थमन्त्री डा स्वर्णिम वाग्ले र अमेरिकी सहायक विदेशमन्त्री एस। पाउल कपुरबीच पनि भेटवार्ता भएको छ। नेपालमा रहेका कपुरसहितको टिम अर्थमन्त्रालय पुगेको हो। भेटमा नेपाल र अमेरिकाबीच लगानी प्रवर्द्धन, आर्थिक सुधार र द्विपक्षीय सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको अर्थमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सरकारको प्राथमिकता, लगानीको वातावरण र सम्भावित साझेदारीका क्षेत्रबारे पनि छलफल गरिएको उल्लेख छ।

    अर्थमन्त्री वाग्लेले सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पूर्वाधार निर्माण सरकारको मुख्य प्राथमिकता रहेको बताए। उनले अनावश्यक पुराना कानुन खारेज गर्दै नयाँ कानुनी संरचना निर्माणमार्फत लगानीमैत्री वातावरण बनाउनेतर्फ सरकार केन्द्रित धारणा राखेका थिए। पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधि क्षेत्रमा विशेष गरी अमेरिकी तथा गैरआवासीय नेपाली लगानी आकर्षित गर्ने लक्ष्य नेपालले राखेको वाग्लेले बताए।

    अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल–अमेरिका सम्बन्ध बलियो रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार हुने विश्वास राखे। उनले सरकारले अघि सारेका सुधार कार्यक्रमलाई अमेरिकी प्रशासन र अमेरिकी जनताले सकारात्मक रूपमा हेरिरहेको बताए। कपुरले अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम जस्ता संस्थासँग सहकार्य बढाएर दुवै देशले पारस्परिक लाभ लिन सक्ने सम्भावना पनि प्रतिक्रिया दिए।

    Post Views: 14
    प्रकाशित मिति: २०८३ बैशाख ९, बुधबार ०७:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?
    ४१ अर्ब वैदेशिक लगानी भित्रियो, आईटीमा आकर्षण बढ्दै
    ग्रीसमा सम्पन्न घुम्ती शिविरमा अतिरिक्त शुल्क असुलेको आरोप
    Advertisement
    ताजा अपडेट
    • १. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • २. ४१ अर्ब वैदेशिक लगानी भित्रियो, आईटीमा आकर्षण बढ्दै

    • ३. ग्रीसमा सम्पन्न घुम्ती शिविरमा अतिरिक्त शुल्क असुलेको आरोप

    • ४. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ५. अमेरिकी सहायक मन्त्री कपुरद्धारा परराष्ट्र र अर्थमन्त्रिसंग भेटघाट

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.