• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिका पढ्ने सबै विदेशी विधार्थीले स्वत ग्रीनकार्ड पाउलान ?

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ ६, बुधबार ०२:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    अमेरिकमा अन्तराष्ट्रिय विधार्थी घटेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा अमेरिकामा स्नातक गर्ने सबै विदेशी बिधार्थीलाई ग्रीन कार्ड दिने बताएका छन । अमेरिकी राष्ट्रपति ट्रम्ले अमेरिकी विश्वविद्यालयबाट अध्ययन पूरा गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई ग्रीनकार्ड दिनुपर्ने धारणा सार्वजनिक गरेपछि अमेरिका तथा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा व्यापक बहस सुरु भएको छ। अमेरिकी अन्तर्राष्ट्रिय शिक्षा संस्था नाफ्साले हालै सार्वजनिक गरेको प्रतिवेदनमा कडा भिसा नीति र अध्यागमन अनिश्चितताका कारण अमेरिकी विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना घटिरहेको जनाएको छ। यस्तो अवस्थामा ट्रम्पको अभिव्यक्तिले आगामी अमेरिकी अध्यागमन तथा शिक्षा नीतिबारे नयाँ बहस सुरु गरेको विश्लेषकहरूको भनाइ छ। अन्तराष्ट्रिय विधार्थी घटेसंगै ती विदेशी विधाथीबाट आउने आम्दानी र त्यसबापत उत्पन्न हुने रोजगारी पनि घटेको उल्लेख छ ।

    ट्रम्पले सन् २०२४ को जुन महिनामा प्रसारित पडकाष्टमा बोल्दै अमेरिकी कलेज तथा विश्वविद्यालयबाट स्नातक गर्ने विदेशी विद्यार्थीलाई “डिप्लोमासँगै ग्रीनकार्ड” उपलब्ध गराउनुपर्ने बताएका थिए। उनले दुई वर्षे कम्युनिटी कलेजदेखि डाक्टर डीग्रिसम्मका विद्यार्थीलाई यस्तो व्यवस्था लागू गर्न सकिने संकेत दिएका थिए। फेरी चिन भ्रमणबाट फर्के लगत्तै चर्चामा आएको छ । झण्डै दुई बर्षसम्म कुनै प्रक्रिया शुरु नगरेका ट्रम्पद्धारा उहि कुरा दोहोरयाएका छन ।

    उनको उक्त अभिव्यक्तिलाई धेरैले अमेरिकी अध्यागमन नीतिमा सम्भावित ठूलो परिवर्तनको संकेतका रूपमा व्याख्या गरेका छन्। विशेषगरी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा अध्ययन गरिरहेका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि यो अभिव्यक्ति महत्वपूर्ण मानिएको छ। तर ट्रम्पको चुनावी अभियान टोलीले पछि स्पष्ट पार्दै यो प्रस्ताव “सबै विदेशी विद्यार्थीलाई स्वतः ग्रीनकार्ड दिने” नीति नभएको जनाएको थियो। अभियान टोलीका अनुसार केवल राष्ट्रिय सुरक्षा तथा पृष्ठभूमि जाँचमा योग्य ठहरिएका, उच्च सीप भएका र अमेरिकी अर्थतन्त्रमा योगदान दिन सक्ने विद्यार्थीलाई मात्र यस्तो सुविधा दिन सकिने धारणा ट्रम्पले व्यक्त गरेका हुन्।

    ट्रम्पको यो भनाइले अमेरिकाभित्र मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ। केही व्यवसायिक समूह तथा प्रविधि क्षेत्रले विश्वभरका प्रतिभाशाली विद्यार्थीलाई अमेरिकामै रोक्न यस्तो नीति आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार अमेरिकी विश्वविद्यालयमा अध्ययन गरेका दक्ष जनशक्तिलाई अन्य मुलुकतर्फ जान दिनु अमेरिकाका लागि घाटाको विषय हो।

    तर अध्यागमन नियन्त्रण पक्षधरहरूले भने यसले अमेरिकी रोजगारी प्रणालीमा थप दबाब सिर्जना गर्न सक्ने तर्क गरेका छन्। विश्लेषकहरूले ट्रम्पको अघिल्लो प्रशासनले रोजगारआधारित अध्यागमन कार्यक्रममा कडाइ गरेको इतिहास रहेको उल्लेख गर्दै यो अभिव्यक्तिलाई चुनावी रणनीतिसँग पनि जोडेर हेरेका छन्। हाल अमेरिकी कानूनमा विदेशी विद्यार्थीलाई स्नातकपछि स्वतः ग्रीनकार्ड दिने व्यवस्था छैन। अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अध्ययनपछि रोजगार आधारित आप्रवासन प्रक्रियामार्फत मात्रै स्थायी बसोबासको बाटो खोज्नुपर्छ।

    Post Views: 16
    प्रकाशित मिति: २०८३ जेष्ठ ६, बुधबार ०२:३०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाँच्नकै लागि छोराछोरी बेच्ने असम्भव निर्णय लिन विवश छन् अफगानी बुवाहरू
    भारतले नेपाली तयारी चियामा किन लगायो: अवरोध १९ दिनदेखि निर्यात ठप्प !
    अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !
    Advertisement
    ताजा अपडेट
    • १. बाँच्नकै लागि छोराछोरी बेच्ने असम्भव निर्णय लिन विवश छन् अफगानी बुवाहरू

    • २. भारतले नेपाली तयारी चियामा किन लगायो: अवरोध १९ दिनदेखि निर्यात ठप्प !

    • ३. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ४. अमेरिका पढ्ने सबै विदेशी विधार्थीले स्वत ग्रीनकार्ड पाउलान ?

    • ५. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको ओपीटी कार्यक्रम दुरुपयोग, १० हजारभन्दा बढी अनुसन्धानको घेरामा

    चर्चित
    • १. प्रधानन्यायधिष नियूक्तिमा सरकारको अविवेकी निर्णय: स्वतन्त्र न्यायपालिकामाथिको चरम हस्तक्षेप

    • २. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको ओपीटी कार्यक्रम दुरुपयोग, १० हजारभन्दा बढी अनुसन्धानको घेरामा

    • ३. अमेरिकामा ग्रिनकार्डवालामाथी छानवीन: विगतमा छलेर ग्रिनकार्ड लिनेहरुमा त्रास बढदो !

    • ४. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ५. निरीह संसद हुदै दक्षिणपन्थी उदयको घुमाउरो बाटो

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.