• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा हल्ला चले जस्तो आतंक छैन !

  •  
  • २०८१ फाल्गुन ३, शनिबार १२:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    हिजो आज नेपालबाट आउने फोन र वार्तामा सोधिने एउटा मुख्य प्रश्नसंगै दिईने सुझाव होः कस्तो छ तपाईहरुलाई ? बचेर बस्नुस है, ट्रम्पले सबै नेपालीलाई फर्काउँदै छ रे, हुलमुलमा ज्यान जोगाउनु पर्छ है । अनि बल्ल सन्चो विसन्चो सोधिन्छ । सोध्नेहरुको यसमा माया र सहानुभुति लुकेको छ उनिहरुको यसमा कुनै दोष छैन । दोष त यस्ता सामाजिक सन्जाल प्रयोगकर्ताहरुको छ जसलाई विना प्रमाण वा जानकारी मनमा लागेको मनपरी पोष्ट गर्दछन । अनि हात हातै मोवाईल प्रयोग गर्नेहरु जस्ले नखोजे पनि यस्ता काम नलाग्ने वहियात हल्लाहरु मोबाईलमा क्रमश स्क्रोल हुन्छ र हल्ला धुवासरी फैलिन्छन । अमेरिकामा आफ्नो छोरा छोरी भएकाहरुले यस्ता विषयमा चासो राख्नु स्वाभाविक पनि हो । उनिहरु आफ्नो आफन्तको चासोका कारण यस्ता नकारात्मक हल्लाहरु चाँडो फैलिन्छन । कतिपय अवस्थामा अमेरिका वा विदेशमा गएर अलि अलि प्रगतिबाट डाह भएका आफन्त र छिमेकीहरुले यस्ता कुराहरु खोजी खोजी सुनेर त्यसको डबल हल्ला गरेर आत्म रतीमा रमाउने हाम्रो समाजमा सामाजिक रोग बन्दै गएको छ । हामी विश्व समुदायकाबीच प्रगति गर्न नसक्नुमा अरुको बढी चासो राख्नु, सहयोग र सद्भावको सट्टा विगार्ने नकारात्मक सोच बढ्नु पनि हो ।

    यसैबीच टेक्सास र टेनेसीबाट केहि विधार्थी ग्यास स्टेसनमा काम गर्दै गर्दा र विना लाईसेन्स गाडी चलाएको बेला प्रहरीको पक्राउमा परेका हुन । त्यो हल्ला यति धेरै फैलियोकी मानौ अमेरिकामा रहेका सबै नेपालीलाई फर्काउँदै छ । नेपालमा भएका आफन्त र अभिभावकहरु निकै चिन्तित भए, हुनु पनि स्वभाविक हो । यसैबीचमा १३ सय भन्दा बढी नेपालीहरु अमेरिकाबाट डिर्पोट हुँदैछ भन्ने समाचारहरु सार्वजनिक भएका छन । जुन पुरानो तथ्यांक हो जुन तथ्यांक नयाँ राष्ट्रपतिको लिष्टमा परेका नेपाली होईनन । त्यो लिष्टमा रहेकाहरु एकै दिन बनाइएका पनि होईनन् विभिन्न काण्ड र अपराधमा मुछिएकाहरुको त्यो लिष्ट १० बर्ष भन्दा बढी समयदेखि अमेरिकाका विभिन्न राज्यहरुमा बसेर गरिएका अबैध कार्यको आधारमा बनेका लिष्ट हुन । त्यसैले अहिले जसरी अमेरिकामा आतंक छ जस्तो गरी नेपालमा फैलिएका हल्लाहरु वहियात हुन ।
    हो, स्वभाविक रुपमा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी एजेण्डामा भनेका थिए की अबैध आप्रवासीलाई अमेरिकाबाट डिपोर्ट गर्छु । उनको आफ्नो एजण्डा अनुसार गरिहेकै छन तर फेरी पनि के हो भने अमेरिकामा रहेका नेपालीहरु डिर्पोर्ट गर्न लायक एकदमै थोरै छ जुन तथ्यांकमा सार्वजनिक भएका छन ।

    त्यो लिष्टमा रहेकाहरु कस्ता हुन त । प्रायजसो अमेरिकामा तल्लो बाटोबाट आउने वा कही कतैबाट आएर असाईलम गर्नेहरुले आफुले असाईलम गरेर रद्द भएपछि कानुनी झमेलामा पर्र्ने डरका कारण बसी रहेको एक राज्यबाट अर्को राज्यमा सर्ने गर्दछन । त्यसैगरी अर्को विभिन्न अपराधिक गतिविधिमा संलग्न भएकाहरुले पनि कानुनी झमेलाबाट बच्न राज्यहरु पmेरेर हिडिरहेका हुन्छन, उनिहरु नै त्यो १२ सय नेपालीको लिष्टका मानिसहरु हुन ।

    त्यसैगरी अर्को विधार्थीहरुलाई सहयोग हस्तान्तरण गरिएका कुराहरु सत्य हुन किनकी यतिखेर काम गर्न डराएका विधार्थीहरु काममा नगई घरमा बसी रहेका छन । उनिहरुलाई केहि राहात होस भन्नका लागि अमेरिकामा रहेका नेपाली समुदायले सहयोग गरेका हुन । खानै नपाउर गरेको पनि होईन । सत्य कुरा के हो भने यस अघिका सरकारहरु हुँदा पनि विधार्थीहरुले कलेजभन्दा बाहिर काम गर्न अनुमति थिएन र छैन । विधार्थीहरुले यसअघि लुकेर क्यासमा काम गरिहेका थिए र राज्यले त्यति धेरै चासो दिएको थिएन अहिले बढी चासो दिएकोले विधार्थीहरु मर्कामा परेका हुन । विधार्थीहरुले पहिले पनि काम गरेको वा चेकमा काम गरेका कारण डिर्पोट भएका थिए । फरक त्यति मात्रै हो की जहिले पनि अमेरिकामा रिपव्लिकनहरु सरकारमा आउँदा सिमा सुरक्षा, एयरपोर्ट वा आप्रवासनको विषय कडाई हुन्छ । स्वाभाविक रुपमा चलेका े हल्ला र डरका कारण विधार्थीहरु काममा गएका छैनन र घर बाहिर काम गर्ने अबैध रहेकाहरु काममा नजाँदा व्इापारहरुमा केहि कमी आएका छन ।

    विगतका केहि राष्ट्रपतिहरुको कामको तुलना गर्ने हो भने पछिल्लो बाराक ओबामा, डोनाल्ड ट्रम्पको अघिल्लो कार्यकाल र बाईडन प्रशासनको तुलना गर्दा सबै भन्दा धेरै आप्रबासी डिर्पोट गर्ने राष्ट्रपतिको कार्यकाल ओबामा कार्यकाल हो । आप्रवासी विरोधी जस्तो नदेखिए पनि धेरै आप्रवासी डिर्पोटमा परे तर ट्रम्पको अघिल्लो कार्यकाल यस्तै हल्ला बढी काम थोरै भएको अमेरिकाका राजनीतिक पण्डितहरुको भनाई छ । फेरी पनि त्यहि भई रहेको हो । उनले लहडका भरमा गरेका निर्णयहरु एक पछि अर्को गर्दै अदालतहरुले रोकि रहेका छन ।

    यतिखेर अमेरिकामा भएको यहि हो अलि बढी हल्ला काम कम भएकै छ । आफ्नो काम र व्यापार होस वा जागिर गर्नेहरुलाई कहि फरक पर्दैन र परेको पनि छैन । फरक उसलाई पर्दछ जसले गैरकानुनी काम गरेका छन वा अपराधिक गतिविधिमा संलग्न रहेका छन । त्यसैले जहाँ नेपाली त्यहाँ हल्ला बढी भने झै अमेरिकामा त्यस्तो केहि आतंक भएको छैन । आतंक त्यहाँ छ जसले नबुझिकन सामाजिक सन्जाल दुरुपयोग गरिहेका छन ।

    Post Views: 203
    प्रकाशित मिति: २०८१ फाल्गुन ३, शनिबार १२:२५
    Advertisement
    संबन्धित शिर्षकहरु
    विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक
    नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 
    अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !
    Advertisement
    ताजा अपडेट
    • १. विकासशील देशका लागि आर्टिफिसियल इन्टेलिजेन्स लाइफलाइन बन्न सक्छः विश्व बैक

    • २. नेपालमा विद्यालय पुनर्निर्माण गर्न हेल्प नेपाल अष्ट्रेलियाले आयोजना गर्‍यो च्यारिटी 

    • ३. अफ्रिकामा नायक इब्राहिम ट्राओरेको दुई फरक अनुहार, लोकतन्त्र र मानव अधिकारमाथी अंकुश !

    • ४. रिक्त २१ जना राजदूत सिफारिस गर्ने अन्तिम तयारी: केहि नाममा सहमति हुन बाँकी !

    • ५. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    चर्चित
    • १. अमेरिकामा डा. मरहट्टाको ‘यता कि उता ?’ विमोचन

    • २. निर्मलपुर्जासहित १० जना पर्वतारोहण टोली पाकिस्तानको ब्रड पिकमा बेपत्ता

    • ३. एकैदिन ६० हजार अबैध आप्रवासी छिरेपछि स्पेनमा मानवीय र सुरक्षा संकट !

    • ४. हङकङकी दीपमाला बनिन् नयाँ मिस नेपाल

    • ५. लोकतन्त्रको मूल्याङ्कन शक्तिशाली व्यक्तिले पाउने सुविधाबाट नभई शक्तिविहीन नागरिकले प्राप्त गर्ने न्यायबाट हुन्छः न्यायधिष मल्ल

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.