• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

पाश्चात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप छ:  प्रा. सूर्य सुवेदी

  •  
  • २०८१ फाल्गुन २८, बुधबार ००:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लन्डन — बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका  प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले  पाश्चात्य सभ्यतामा पूर्वीय सभ्यताको गहिरो छाप रहेको जनाएका छन् ।

    आफ्नो सम्मानमा  बेलायतको म्यानचेस्टर विश्वविद्यालयले आयोजना गरेको एक सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ” शान्तिका अग्रदूत गौतम बुद्धको समयमा नै एक किसिमको संसदीय अभ्यास प्रचलनमा थियो र हिन्दु र बुद्ध धर्मका ग्रन्थहरूमा मानिसको व्यक्तिगत स्वतन्त्रताको सम्मान गरिएको उल्लेख छ ।  प्राचीन समयमा पूर्वीय सभ्यता पाश्चात्य सभ्यता भन्दा निकै अगाडी रहेको थियो र पूर्वीय दर्शनका केही मूल्य र मान्यताहरूले पाश्चात्य दर्शनलाई प्रभावित गरेको थियो।  त्यसैले पूर्वीय सभ्यता र पाश्चात्य सभ्यतामा कुन राम्रो हो भन्ने बहसमा लाग्नु भन्दा दुवै  सभ्यताका राम्रा कुरा समावेश गरी एउटा सिङ्गो मानव  सभ्यता विकास गर्दै लान सकिए संसारमा सबैको भलो हुनेछ,” उनले भने ।

    बेलायतका प्रतिष्ठित विश्वविद्यालयमा लब्ध–प्रतिष्ठित प्राध्यापकहरूले आफ्नो विधामा जीवनभर दिएको उत्कृष्ट योगदानको कदर गर्दै त्यस्ता प्राध्यापकको सम्मानमा एक ग्रन्थ प्रकाशन र सम्मेलन गर्ने परम्परा छ । बेलायतको प्राज्ञिक क्षेत्रमा यो एक असाधारण र विरलै रूपमा गरिने सम्मान मानिन्छ ।  त्यसलाई परम्परागत अङ्ग्रेजी भाषामा फेस्श्रीफ्ट (Festschrift) भन्ने गरिएको छ । यस्तो सम्मेलनमा ती प्राध्यापकको सुपरिवेक्षणमा विद्यावारिधि गरेका संसारभर छरिएका प्राज्ञिक सन्ततिहरू र सहकर्मी प्राध्यापकहरू जम्मा भई उनलाई सामूहिक सम्मान गर्ने, उक्त ग्रन्थ समर्पण गर्ने, प्रवचन राख्ने र रात्रि भोजको आयोजना गर्ने प्रचलन छ।

    यसै परम्परा अनुसार प्रा सुवेदीको सम्मानमा म्यानचेस्टर विश्वविद्यालयमा आयोजना गरिएको एक समारोहमा बेलायतका दुई महिला प्राध्यापक डा लुइसा आश्ली र डा निकी बटलरले प्रकाशन गरेको ‘अन्तर्राष्ट्रिय रूपमा मानव अधिकार कार्यान्वयनमा देखिएका समस्या र तिनको समाधान’ पुस्तक उनीहरूले प्रा सुवेदीलाई अर्पण गरे।  त्यसपछि उक्त ग्रन्थ लीड्स विश्वविद्यालयका भूतपूर्व डीन प्राध्यापक स्टेफेन व्हिटलीले लोकार्पण गरेका थिए।  त्यसपछि  प्राध्यापक सुवेदीले मानव अधिकार र अन्तर्राष्ट्रिय कानुनमा दिएको योगदानको बारेमा प्रकाश पारेका थिए।

    उक्त समारोहमा डा निकी बटलर र डा लुइसा आस्लिले प्रा सुवेदीको प्राज्ञिक तथा पेसागत  योगदानबाट  प्रभावित भएर  उक्त ग्रन्थको लेखन र सम्पादन गरेको बताएका थिए । उक्त दुई अङ्ग्रेज महिला प्राध्यापकहरूले प्राध्यापक सुवेदीको सुपरिवेक्षणमा दश–पन्ध्र वर्ष अघि विद्यावारिधि गरेका थिए र उनीहरूले अहिले आफ्ना गुरुको सम्मानमा उक्त ग्रन्थ लेखन र सम्पादन गरेका हुन् । बेलायतको प्रतिष्ठित प्रकाशन गृह राउटलेजले उक्त ग्रन्थ प्रकाशन गरेको हो । उनीहरू मध्ये डा निकी बटलर म्यानचेस्टर विश्वविद्यालयमा प्राध्यापक भएकीले उनले उक्त कार्यक्रम आफ्नै विश्वविद्यालयमा आयोजना गरेकी हुन्। उक्त सम्मेलनको समाप्ति पछि प्रा सुवेदीको सम्मानमा एक रात्रि भोजको आयोजना गरिएको थियो।
    प्राध्यापक सुवेदीको सुपरिवेक्षणमा २३ देशका ४० जना विद्यार्थीले विद्यावारिधि गरेका छन् । उनी आफैँले अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि र महाविद्यावारिधि गरेका हुन् । उनले १२ वटा ग्रन्थ र ६० भन्दा बढी प्राज्ञिक लेख संसारभरिका उत्कृष्ट जर्नलमा प्रकाशन गरेका छन् ।
    सुवेदीले लिड्स विश्वविद्यालयमा सन् २००४ देखि र अक्सफोर्ड विश्वविद्यालयमा सन् २०१६ देखि प्राध्यापन गर्दै आएका छन्।

    Post Views: 196
    प्रकाशित मिति: २०८१ फाल्गुन २८, बुधबार ००:२९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.