• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

कस्तो छ भारत र पाकिस्तानको क्षेप्यास्त्र तथा वायु रक्षा प्रणाली ?

  •  
  • २०८२ बैशाख २५, बिहीबार ०६:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भारतले मे ६ र ७ को राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा सैन्य कारबाही सुरु गर्‍यो । भारतले यो सैन्य कारबाहीलाई ‘अप्रेसन सिन्दुर’ नाम दिएको छ । भारतले यो आक्रमण ‘आतंकवादी लुक्ने ठाउँहरूमा’ गरिएको दाबी गरेको छ ।

    भारत र पाकिस्तानबीचको पछिल्लो तनावपछि दुवै देशको सैन्य क्षमतामाथि छलफल सुरु भएको छ । भारत र पाकिस्तानसँग कुन–कुन मिसाइलहरू छन् र उनीहरूको वायु रक्षा प्रणालीको क्षमता के छ भन्नेमा धेरैको चासो छ ।

    भारतको अग्नि–५ मिसाइलले जमिनबाट पाँच हजारदेखि आठ हजार किलोमिटरसम्म प्रहार गर्न सक्छ ।

    अर्कोतर्फ, पाकिस्तानको शाहीन–३ मिसाइलको दायरा दुई हजार ७५० किलोमिटर छ ।

    भारत हतियारको लागि रुसमा बढी निर्भर छ र पाकिस्तान चीनमा बढी निर्भर छ ।

    पश्चिमी देशहरूले लामो समयदेखि भारतलाई क्षेप्यास्त्र प्रविधि दिन अस्वीकार गर्दै आएका छन्, तर फ्रान्स र भारतले क्षेप्यास्त्र प्रविधिमा मिलेर काम गरेका छन् ।

    यसमा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल अर्थात् आईसीबीएम पनि समावेश छ । विश्वमा केवल सात देशहरूसँग मात्र आईसीबीएम छ ।

    “भारत एन्टी–ब्यालिस्टिक मिसाइल प्रणाली भएका केही देशहरूमध्ये एक हो,” रक्षा विश्लेषक ह्यारिसन कासले द नेसनल इन्ट्रेस्टमा लेखेका छन् ।

    “भारतको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा दुई प्रकारका क्षेप्यास्त्रहरू छन् । उच्च उचाइमा क्षेप्यास्त्र आक्रमणलाई रोक्ने पहिलो पृथ्वी एयर डिफेन्स (पीएडी) मिसाइल र दोस्रो हो, एडभान्स्ड एयर डिफेन्स (एएडी) जसले कम उचाइमा हुने क्षेप्यास्त्र आक्रमणलाई रोक्छ,” उनले भनेका छन्, “भारतको एन्टीब्यालिस्टिक मिसाइल प्रणालीले कम्तीमा पाँच हजार किलोमिटर टाढाबाट हुने मिसाइल आक्रमणलाई रोक्न सक्षम छ ।”

    भारतले रुससँगको सहकार्यमा ब्रह्मोस र ब्रह्मोस–२ हाइपरसोनिक क्रुज मिसाइलहरू पनि विकास गरेको छ र यसलाई जमिन, हावा, समुद्र र उप–समुद्री प्लेटफर्मबाट प्रहार गर्न सकिन्छ ।

    ह्यारिसन कास भन्छन्, “भारतसँग परम्परागत र आणविक हतियारधारी क्षेप्यास्त्रका धेरै विकल्पहरू छन् । यसमा क्षेप्यास्त्र आक्रमणलाई रोक्ने क्षमता पनि छ ।”

    अर्कोतर्फ, पाकिस्तानसँग परम्परागत र आणविक हतियारयुक्त क्षेप्यास्त्रका धेरै विकल्पहरू पनि छन् । एकअर्काको खतरालाई ध्यानमा राख्दै दुवै देशले आफ्नो क्षेप्यास्त्र क्षमतालाई अगाडि बढाएको बताइएको छ ।

    तर, पाकिस्तानसँग आईसीबीएमको विकल्प छैन । धेरै रक्षा विश्लेषक विश्वास गर्छन्, पाकिस्तानलाई यसको धेरै आवश्यकता छैन ।

    चीन र भारतबीच पनि बेलाबेलामा युद्ध हुँदै आएको छ । भारतले पनि सोहीअनुसार आफ्नो रक्षा क्षमता विकास गरिरहेको छ । अर्कोतर्फ, पाकिस्तानले हाल भारतलाई मात्र आफ्नो शत्रु मान्दछ ।

    ह्यारिसन कास भन्छन्, “पाकिस्तानलाई आईसीबीएमको धेरै आवश्यकता छैन । पाकिस्तानको क्षेप्यास्त्र क्षमता क्षेत्रीय लक्ष्यहरू प्राप्त गर्न सक्षम छ ।”

    पाकिस्तानले चीनसँगको सहकार्यमा शाहीन शृंखलाका मिसाइलहरू विकास गरेको छ । पाकिस्तानको शाहीन मिसाइलहरूमा छोटो, मध्यम र लामो दूरीको प्रहार क्षमता छ । आक्रमणको प्रतिकार गर्न पाकिस्तानले एन्टीब्यालेस्टिक मिसाइल प्रणालीमा पनि काम गरिरहेको छ ।

    ह्यारिसन भन्छन्– पाकिस्तानसँग एचक्यू–९बीई छ, तर यदि भारतले ब्रह्मोस प्रयोग गर्‍यो भने यसलाई रोक्न पाकिस्तानलाई सजिलो हुनेछैन । पाकिस्तानी संसदमा विपक्षी सांसदहरूले ब्रह्मोस सुपरसोनिक क्षेप्यास्त्रमाथि चिन्ता व्यक्त गर्दै आएका छन् । बीबीसी

    Post Views: 160
    प्रकाशित मिति: २०८२ बैशाख २५, बिहीबार ०६:१३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा
    Advertisement
    ताजा अपडेट
    • १. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • २. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ३. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    • ४. टोरन्टोमा पहिचान सहितको ‘नेपाली हेरिटेज वीक’ घोषणा

    • ५. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    चर्चित
    • १. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • २. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.