• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाल जाने सबै विदेशीको तथ्यांक दर्ता र अनुगमन हुने

  •  खबरमाला संवाददाता
  • २०८२ भाद्र २२, आईतवार २१:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल सरकारले सुरक्षा तथा सूचना’का निम्ति भन्दै भारतीयसहित विदेशी नागरिकहरूको दर्ता तथा अनुगमन प्रणाली लागु गर्ने निर्णय गरेको छ । पहिलो चरणमा असोज १ गतेदेखि काठमाण्डू उपत्यकाभित्रका तारे होटलहरूमा यसलाई अनिवार्य लागु गरिने अध्यागमन विभागले जारी गरेको अत्यन्त जरुरी सूचनामा जनाइएको छ ।
    यस प्रणालीमार्फत् डिजिटल दर्ता गरिने जसबाट सरकारले विदेशीहरूको उपस्थिति तथा गतिविधिबारे निरन्तर अनुगमन गर्न सक्ने अधिकारीहरूले बताएका छन् । नेपालको अध्यागमन बिन्दुमा आउनेबित्तिकै विदेशी नागरिकहरूको अभिलेख राखिने प्रणाली हुँदाहुँदै थप दर्ता तथा अनुगमनको भिन्नै प्रणाली अहिले विभागले विकास गरेको छ ।

    त्यसो गर्न किन जरुरी भयो त? “नेपालमा आउँदा उनीहरूको रेकर्ड निश्चित अध्यागमन बिन्दुमा त राखिन्छ । तर त्यसपछि उनीहरू कहाँकहाँ बसे अनि के काम गरिरहेका छन् भनेर ट्र्याकिङ (अनुगमन) गर्ने प्रणाली हामीकहाँ थिएन,“ अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालले बीबीसीलाई बताएका छन ।
    अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) तथा अन्य अन्तर्राष्ट्रिय कानुनहरूले नेपाललगायत सबै सदस्यराष्ट्रलाई अध्यागमनसम्बन्धी अभिलेख व्यवस्थापन गर्ने दायित्व दिएको उनले बताए । “ती दायित्व पूरा गर्न पनि हामीले यो प्रणाली अपनाएका हौँ,“ उनले भने । निर्देशक ढकालले यो प्रणालीले मूलतः दुईवटा उद्देश्य राखेको पनि बताएका छन । “एक त यसबाट व्यवस्थित सूचना सङ्कलन हुन्छ अनि अर्को चाहिँ सम्बन्धित विदेशी नागरिकहरूकै सुरक्षाका निम्ति यसले सघाउँछ,“ उनले भने ।
    विभागले जारी गरेको सूचनाअनुसार नेपाल भ्रमण गरेने विदेशी नागरिकहरूको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली विकास गरिएको हो । “विदेशी नागरिकहरू कोही अन्नपूर्ण आधार शिविर गएका होलान् र त्यहाँ उनीहरू कतै विपद्मा परे भने हामीले उनीहरू अन्तिम पटक कहाँ थिए भनेर थाहा पाउन सक्छौँ । अवस्था त यस्तो छ कि अहिले हाम्रो देशभित्र ठ्याक्कै कतिजना विदेशी छन् भनेर पनि हामीसँग व्यवस्थित सूचना छैन,“ नयाँ प्रणालीको उपयोगिताबारे बताउँदै ढकालले बताएका छन ।

    एउटा प्रयोजनका निम्ति लिएको भिसा अर्को प्रयोजनका निम्ति दुरुपयोग गरेका अनि अपराध कार्यमा सामेल भएका जस्ता घटनाहरू पनि रहेकाले व्यवस्थित अभिलेख तथा निगरानीको आवश्यकता देखिएको अधिकारीहरू बताउँछन् । केहि समय अघि मात्रै पाकिस्तानका तीनजना नागरिक नेपाल आएका र यहाँको भूभाग हुँदै भारत गएर अपराध गरेको भन्ने खालका समाचार आएका थिए । यदि हामीसँग व्यवस्थित सूचना हुँदो हो त उनीहरू कहाँबाट आएको, कता गएको अनि कता बसेको भन्ने हामीलाई थाहा हुने थियो,“ ढकालले बताए । विभिन्न अपराधका कारण विदेशीहरू नेपाली जेलमा परेको तथा देशनिकाला गरिएको खबर पनि आइरहन्छ ।

    सन् २०२४ मा ५०४ जना विदेशीलाई डिपोर्ट वा देशनिकाला गरिएको विभागका निर्देशकले जानकारी दिए । तिनमा करिब ४०० जति त भिसामा तोकिएकोभन्दा बढी समय बसेका विदेशी नागरिक थिए । हाल नेपालका विभिन्न जेलहरूमा १५ सय ७९ जना विदेशी नागरिकहरू विभिन्न कसुरका निम्ति राखिएको कारागर व्यवस्थापन विभागको साउनको विवरणले देखाउँछ । यस प्रणालीलाई पहिलो चरणमा असोज १ गतेदेखि काठमाण्डू उपत्यकाका तारे होटलहरूमा लागु गरिने भनिएको छ । अनि, दोस्रो चरणमा मंसिर १ गतेदेखि सबै तारे होटल, बीमा कम्पनी, टूर्स एन्ड ट्राभल्स कम्पनी, मनी एक्सचेन्जहरूमा अनि क्रमशः सबै प्रकारका होटल, गेस्ट हाउस तथा अन्य सार्वजनिक तथा निजी संस्थाबाट प्रवाह हुने सेवामा लागु गरिने विभागले जनाएको छ । सरकारले चाहिँ आफूलाई यस्तो अभिलेख राख्ने अन्तर्राष्ट्रिय दायित्व नै भएको बताएको छ। “विभिन्न अन्तर्राष्ट्रिय कानुनका कारण यस्तो अभिलेख राख्न नेपाल बाध्य नै छ । नेपाल पर्यटन बोर्डले दिएको पछिल्लो विवरणअनुसार अगस्ट महिनामा मात्र झन्डै ९० हजार पर्यटक नेपाल आएका थिए । तीसमध्ये ३५,००० जनाभन्दा धेरै भारतीय थिए ।

    Post Views: 208
    प्रकाशित मिति: २०८२ भाद्र २२, आईतवार २१:४१
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.