• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

"सार्लोटमा ८ प्रतिशत अपराध घटेको तथ्यांक  "
  •  खबरमाला संवाददाता
  • २०८२ मंसिर १, आईतवार ०६:१९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकामा रहेका अबैध आप्रवासीहरुलाई पक्राउ गर्ने ट्रम्प प्रशासनको नीति अनुसार यतिखेर नर्थ क्यारोलिना केन्द्रित भएको छ । आप्रवासन अधिकारीहरूले स्थानीय नेताहरूको आपत्तिका बावजुद पनि नर्थ क्यारोलिनाको चार्लोट सहरलाई निशाना बनाइरहेको स्थानीय समाचारहरुले उल्लेख गरेको छ । जसका कारण कार्यकर्ता, निर्वाचित अधिकारीहरू र सामुदायिक समूहहरूले कुनै पनि छापामारी गतिविधि निगरानी गर्न र जोखिममा रहेका बासिन्दाहरूलाई सहयोग गर्न थालिरहेका छन् । स्थानीय एक नेपाली अगुवाका अनुसार यतिखेर सार्लोट क्षेत्रमा अबैध आप्रवासीहरु त्रासमा रहेका छन भने व्यापार व्यवसायमा रहेकाहरुले अबैध रुपमा काममा लगाएका विधार्थी र अन्य मानिसहरु काममा जान छाडेका बताइएको छ ।
    राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले शनिबार पुष्टि ग¥यो कि उत्तरी क्यारोलिनाको सबैभन्दा ठूलो सहरमा आप्रवासन कार्यान्वयन अभियान सुरु भएको छ भन्दै समाचार सस्था एपिले समेत समाचार प्रकासित गरेको छ र विभिन्न स्थानहरूमा अधिकारीहरूले पक्राउ गरिरहेका देखिएको उल्लेख गरेको छ । नर्थ क्यारोलिना पछिल्लो समय धेरै नेपाली बसोवास गर्ने राज्यहरुमध्ये एकमा पर्न थालेको छ ।
    यो ट्रम्प प्रशासनको रणनीतिअन्तर्गत धेरै ठूलो र डेमोक्र्याटहरूले सञ्चालन गरेका शहरहरूमा आप्रवासन अधिकारीहरू वा सैन्य फौज परिचालन गर्ने पछिल्लो कदम हो । यस कदमले विशेष गरी देशमा बस्ने कानुनी स्थिति नभएकाहरूबीच त्रास र बेचैनी पैदा गरेको छ, र धेरैवटा मुद्दाहरू दायर हुन पुगेका छन् । स्थानीय अधिकारीहरूको अनुसार, चार्लोट ९ लाखभन्दा बढी जनसंख्या रहेको जातीय रूपमा विविध सहर हो । जसमा १ लाख ५० हजारभन्दा आप्रवासीहरु बस्ने गरेको तथ्यांकहरु छ । यो सहर डेमोक्र्याट मेयरद्वारा सञ्चालन हुन्छ, यद्यपि नर्थ क्यारोलिनाका दुई अमेरिकी सिनेटरहरू रिपब्लिकन हुन् र गत दुईवटै राष्ट्रपति चुनावमा ट्रम्पले यो राज्य जितेका थिए ।
    देशभरि अपराध अवस्थालाई स्थानीय तथ्यांकका आधारमा हेर्दा “रियल–टाइम क्राइम इन्डेक्स“ का तथ्यांकअनुसार, २०२४ को त्यही आठ महिनाको तुलनामा यो वर्ष अगस्टसम्म हत्या, बलात्कार, डकैती र सवारी चोरीजस्ता अपराधहरू २०% भन्दा बढीले घटेको उल्ल्ेख छ । तर, चार्लोटको लाइट–रेल रेलमा यूक्रेनी शरणार्थी इरिना जÞारुत्स्काहा हत्या भएको अगस्ट घटनालाई ट्रम्प प्रशासनले डेमोक्र्याटद्वारा सञ्चालित सहरहरूले बासिन्दाहरूको सुरक्षा गर्न असफल भएको भन्ने दाबी गरेका थिए । लामो आपराधिक रेकर्ड भएको एक व्यक्तिमाथि उक्त हत्याको आरोप लगाइएको छ । नर्थ क्यारोलिनामा ठुलो सख्यामा मेक्सिकन, भारतीय र सानो सख्यामा नेपाली समुदाय रहेका छन । अमेरिकी सरकारले राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हालेदेखि ५० हजार कर्मचारीहरू नियुक्त गरेको छ । नयाँ कर्मचारीहरू प्रशासनको नीतिगत प्राथमिकता झल्किने गरी ठूलो संख्यामा राष्ट्रिय सुरक्षा पदहरूमा भर्ना भएका छन्। संघीय सरकारका मानव संसाधन निर्देशक स्कट कुपोरले दिएको जानकारीअनुसार नयाँ भर्ना गरिएकामध्ये अधिकांश कर्मचारीहरू आइसमा कार्यरत छन्।

    photo by AP

    Post Views: 429
    प्रकाशित मिति: २०८२ मंसिर १, आईतवार ०६:१९
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित
    पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग
    पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित

    • २. पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग

    • ३. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ४. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    • ५. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    चर्चित
    • १. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • २. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ३. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ४. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ५. नेवार समुदायका परम्परागत मुकुन्डोनाच पुस्तकलाई मदन पुरस्कार

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.