अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च जोखिम मानिएका १९ वटा देशका मानिसहरुलाई यस अघि जारी गरिएका ग्रिन कार्ड बारे पुनः अनुसन्धान गर्न आदेश दिएसँगै जारी भएका सबै ग्रिन कार्डहरुमाथि युएससीआइएसले छानबिन थालेको समाचार छ । प्राप्त समाचार अनुसार अफगानिस्तान, बर्मा, चाड, कङ्गो गणतन्त्र, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका आप्रवासीहरूलाई यस अघि जारी गरिएका ग्रिन कार्डमाथि पुनः जाँच सुरु गरिएको अन्र्तराष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन ।

केही दिन अघि वासिङ्टन डीसीमा दुइ जना नेशनल गार्डमाथि गोली हानिएको घटनागलत्तै सङ्घीय अध्यागमन अधिकारीहरूले उच्चजोखिम मानिएका देशका मानिसहरुका ग्रिन कार्डबारे जाँच सुरु गरेका हुन् । युएससीआइएसले ती देशका मानिसहरुका व्यक्तिगत कारणले भन्दा पनि उनीहरुको उत्पत्तिको देश सँग सम्बन्धित कारणहरूले गर्दा ग्रीन कार्ड खोस्न सक्नेछ युएससीआएसका निर्देशक जोसेफ एडलोले प्रत्येक ग्रिन कार्डको कडा रुपमा जाँच गर्न निर्देशन दिएको बताएका छन । साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सबै आश्रय अर्थात एसाइलमसम्बन्धी निर्णयहरू रोक्ने घोषणा गरेको छ ।
साथै ट्रम्प प्रशासनले शरणार्थी र एसाइली लगायतका आप्रवासीहरुलाई पुरक पोषण सहायता कार्यक्रम फुड स्ट्याम्प रोक्ने निर्णय गरेको छ । त्यबाट मानीय सहायतामा संकट आउने भन्दै सो निर्णयलाई चुनौती दिँदै २१ राज्यका महान्यायाधिवक्ताहरूको एक गठबन्धनले बुधवार अमेरिकी कृषि मन्त्रालयविरुद्ध मुद्धा दायर गरेको छ । शरणार्थी र एसाइलम स्वीकृत भइसकेका लगायत केही आप्रवासीहरूलाई पूरक पोषण सहायता कार्यक्रमबाट प्राप्त हुने लाभ रोक्ने गरी आएको नीतिविरुद्ध न्युयोर्ककी महान्यायाधिवक्ता लेटिटिया जेम्सको नेतृत्वमा मुद्धा दायर गरिएको बताइएको छ ।





