• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राष्ट्रपति ट्रम्पको निवासमा प्रबेश गर्न खोजेका हतियारधारीमाथी गोली प्रहारबाट निधन

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन ११, सोमबार ०४:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी गोप्य सेवा सेक्रेट सर्भिसले आइतबार बिहानै फ्लोरिडाको पाम बीचमा रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निवास तथा निजी क्लब मार एलागोको भवनभित्र प्रवेश गरेका एक सशस्त्र व्यक्तिलाई गोली हानी मारिएको समाचार छ । अमेरिकी राष्ट्रपति प्रायः सप्ताहन्तमा समुद्रकिनारस्थित उक्त रिसोर्टमा समय बिताउने गरे पनि, घटनाको समयमा उनी वाशिंगटनस्थित ह्वाइट हाउसमा थिए। प्रथम महिला मेलानिया ट्रम्प पनि त्यहीँ थिइन्।

    आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा पाम बीच काउन्टीका शेरिफ रिक ब्राडशाले सुरक्षा टोलीले भित्री घेराभित्र एक व्यक्ति रहेको सूचना दिएपछि करिब राति १ बजेर ३० मिनेटमा दुई जना गोप्य सेवा एजेन्ट र उनका एक डेपुटी उत्तर गेटतर्फ गएको बताइएको छ । त्यहाँ उनीहरूले एक सेतो वर्णका पुरुषलाई शटगन र पेट्रोलको क्यान बोकेको अवस्थामा भेटेपछि कारबाही गरिएको बताइएको छ ।
    “उनलाई आफूले बोकेका ती दुई वस्तु भुइँमा राख्न आदेश दिइयो। त्यसपछि उनले पेट्रोलको क्यान तल राखे र शटगनलाई गोली हान्ने अवस्थाको मुद्रामा उठाएपछि सुरक्षाकर्मीले गोली प्रहार गरेको बताइएको छ । “त्यस क्षण डेपुटी र दुई जना गोप्य सेवा एजेन्टले आफ्नो हतियार प्रयोग गरे र खतरा निष्क्रिय पारे। घटनास्थलमै उनको मृत्यु भयो।”

    सुरक्षाकर्मीले तत्काल आक्रमणकारीको पहिचान सार्वजनिक गरेका छैनन । तर आइतबार दिउँसो एसोसिएटेड प्रेसले अनुसन्धानकर्ताहरूले मारिएका व्यक्तिलाई २१ वर्षीय अस्टिन टकर मार्टिनका रूपमा पहिचान गरेको जनाएको छ। उक्त जानकारी अनुसन्धानबारे सार्वजनिक रूपमा बोल्न अधिकार नभएकाले नाम नखुलाउने सर्तमा बोलेका एक स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरिएको हो। सो घटनामा राष्ट्रपतिमाथी लक्षित रहेको हुन सक्ने बताइएको छ ।

    ‘जब दुई गुप्तचर प्रहरी र कार्यालयका सहायकले उनीहरूलाई देखे । त्यसपछि हतियार फाल्न भने । उनले पेट्रोलको क्यान भुइँमा झारे । तर बन्दुक उठाएर पोसिजन लिए,’ ब्राडशाले भने । त्यसपछि उनीमाथि गोली प्रहार गरियो । ह्वाइट हाउसका प्रेस सेक्रेटरी कारोलिन लेभिट्टले गुप्तचर प्रहरीको प्रशंसा गरेकी छन् । यस विषयमा संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले थप अनुसन्धान गरिरहेको छ ।

    Post Views: 99
    प्रकाशित मिति: २०८२ फाल्गुन ११, सोमबार ०४:३६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • २. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ३. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.