• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

इरानी नागरिकलाई अनअराइभल भिसा नदिने गृह मन्त्रालयको निर्णय

  •  खबरमाला संवाददाता
  • २०८२ फाल्गुन ३०, शनिबार ०४:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ह मन्त्रालयले इरानी नागरिकहरूलाई आगमन प्रवेशज्ञा (अनअराइभल भिसा) नदिने निर्णय गरेको छ। इरानी नागरिकलाई यसअघि दिँदै आएको अनअराइभल भिसा नदिने निर्णय गृह मन्त्रालयले गरेको छ। मन्त्रालयले सुरक्षाको कारण देखाउँदै यसअघि १२ वटा मुलुकका नागरिकलाई अनअराइभल भिसामा  रोक लगाएको थियो। मन्त्रालयले नाइजेरिया, घाना, जिम्बावे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया र लाइबेरियाका नागरिकलाई अनअराइभल भिसा नपाउने सूचीमा राखेको थियो। उक्त सूचीमा इथोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान र सिरियाका नागरिक पनि छन्।

    गृहमन्त्रीस्तरीय निर्णयले अब उपरान्त नेपाल आउने इरानी नागरिकले नेपाली दूतावासबाट भिसा लिनुपर्ने छ। इरानमा देखिएको तनावका कारण इरानी नागरिकहरू नेपाल आउने क्रम बढेपछि गृह मन्त्रालयले सुरक्षाको कारण देखाउँदै यस्तो निर्णय गरेको हो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले इरानी नागरिकहरूलाई आगमन भिसा नदिने निर्णय भएको बताए। गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयसँगको समन्वयमा सुरक्षालाई मध्यनजर गर्दै इरानी नागरिकलाई आगमन भिसा नदिने निर्णय गरेको हो।

    गृह प्रवक्ता काफ्लेले अन्नपूर्णसँग भने, ‘इरानीहरूले अब नेपाली दूतावासबाट भिसा लिएरमात्र नेपाल आउँछन्। तत्कालका लागि उनीहरुलाई पाउँदै आएको अनअराइभल भिसा दिने प्रक्रिया बन्द गर्ने निर्णय भएको छ।’ यद्यपि कूटनीतिक र अफिसियल राहदानी बाहक इरानी नागरिकलाई भने कुनै रोकतोक नहुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

    अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि मध्यपूर्वी क्षेत्रमा तनाव बढेको छ। अमेरिकी आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएपछि तनाव झन् बढेको हो। यसबीचमा अमेरिका र इजरायलले निरन्तर आक्रमण गरिरहेको छ। इरानले पनि मध्यपूर्वी क्षेत्रमा रहेको अमेरिकी बेसक्याम्पहरूमा आक्रमण जारी राखेको छ। अमेरिकी आक्रमणमा परी इरानमा हालसम्म १३ सय ४८ जना मारिएका छन्। मर्नेहरूमा भीभीआइपीदेखि सर्वसाधारणसमेत रहेका छन्।

    Post Views: 62
    प्रकाशित मिति: २०८२ फाल्गुन ३०, शनिबार ०४:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट
    कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति
    २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
    Advertisement
    ताजा अपडेट
    • १. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • २. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    • ३. २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.