• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

खाडीबाट आफ्नो नागरिक फिर्ता ल्याउनुपर्ने बेला किन दियो श्रम स्वीकृति ?

  •  खबरमाला संवाददाता
  • २०८२ चैत्र ७, शनिबार ०५:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    एकातिर अमेरिका ईरायल, ईरान यूद्ध बढी रहेको बेला नेपाली श्रमिकको उद्दार गर्नुपर्ने बेला नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडीसहित विभिन्न ७ देशमा पुन श्रम स्वीकृति खुला गरेको जनाएको छ । इजरायल अमेरिका र इरानबीच जारी युद्धपछि १२ देशमा श्रम स्वीकृति र पुन श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेको थियो ।

    १७ फागुनमा बसेको मन्त्रीस्तरीय निर्णय गर्दैै श्रम स्वीकृति प्रदान गर्ने कार्य अस्थायी रूपमा स्थगन गरेको थियो । तर, बिदामा नेपाल आएका तथा नेपाल आउन खोजेका कतिपय नेपाली समस्यामा परेको भन्दै मन्त्रालयले ३ चैतको निर्णय अनुसार साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पुन श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

    सरकारको उक्त निर्णयको यतिबेला चर्चा भइरहेको छ । वैदेशिक रोजगार क्षेत्रका कतिपयले गलत निर्णय भनेका छन् । वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीले गैरआवासीय नेपाली संघ ९एनआरएनए० लाई परेको समस्या अर्को तरिकाले समाधान गर्नुपर्ने बताउँदै पुन श्रम स्वीकृति खुला गर्नु गलत भएको बताए ।

    एनआरएनए सम्मेलनमा आएर फर्किन नपाएपछि उनीहरूलाई समस्या भएको बताउँदै त्यसका लागि उनीहरूलाई मात्रै लक्षित गरेर खोलिदिए हुने उनको भनाइ छ । युद्ध चलिरहेको तर नेपाल फर्किएका श्रमिकलाई पुन जाने वातावरण बनाएपछि भोलिका दिन उद्धार गर्नुपर्ने अवस्था आउन सक्नेतर्फ सचेत गराए ।

    ‘युद्ध रोकिएको छैन, एनआरएनहरूलाई समस्या भयो भनेर सबैका लागि खोल्नु हुँदैन,’ उनको प्रश्न छ, ‘युद्ध चलिरहेको बेला घर बिदामा आएका श्रमिकलाई पुन श्रम स्वीकृति खुला गरेर उता पुग्ने वित्तिकै उद्धार गर्नुपर्ने अवस्था आयो भने के गर्ने ’ अहिले पुनस् श्रम स्वीकृति लिएर दैनिक २ सय हाराहारी श्रमिक गइरहेको भन्दै उनीहरूको उद्धार गर्नुपर्ने अवस्था आए अर्को समस्या हुने उनको भनाइ छ । तर, सरकारले भने धेरै जनाबाट समस्यामा परेको गुनासो आएपछि पुन श्रम स्वीकृति खोलिएको बताएको छ । परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखा प्रमुख सहसचिव रामकाजी खड्काले ती देशमा अवस्था संवेदनशीलभन्दा सामान्य रहेको बुझिएकाले खुला गरिएको बताए ।

    इजरायल–इरान द्वन्द्वसँग प्रत्यक्ष जोडिएका र कुवेत, बहराइन, इराक उडानका लागि आकाश खुला नरहेकाले तीबाहेक देशमा पुनस् श्रम स्वीकृति खुला गरिएको उनको भनाइ छ । परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा बसेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ को तेस्रो बैठकले पुनस् श्रम स्वीकृति खुला गर्न श्रम मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको थियो । सोही आधारमा श्रम मन्त्रालयले पुन श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको थियो ।

     

    Post Views: 56
    प्रकाशित मिति: २०८२ चैत्र ७, शनिबार ०५:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !
    फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !
    बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै
    Advertisement
    ताजा अपडेट
    • १. इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज, तेलको मुल्य घट्ने !

    • २. फुटबलका सुपरस्टार मेसी अब खेलाडीबाट क्लब मालिक !

    • ३. बीबीसीले १८ सयदेखि २ हजार रोजगारी कटौती गर्दै

    • ४. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • ५. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    चर्चित
    • १. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • २. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ५. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.