• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

  •  खबरमाला संवाददाता
  • २०८२ चैत्र ३०, सोमबार ०३:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालमा पोर्चुगिज दूतावास स्थापनाको लागि पोर्चुगलमा बसीरहेका नेपाली अभियन्ताहरु सक्रिय भएका छन् । अनुमानित ६० हजारभन्दा बढी नेपाली पोर्चुगलमा बसी रहेका छन । पोर्चुगलको सरकारी प्रतिनिधित्व नेपालमा समेत हुनुपर्ने आवश्यकताका आधारमा यो अभियान सञ्चालन गरिएको बताएका छन । हाल भारतमा रहेको पोर्चुगिज दूतावासबाट नेपालीहरुले झण्झटिलो र आर्थिक रुपमा महंगो सेवा लिनुपर्ने बाध्यता भएकोले नेपालमा स्थापना गर्न जुटेका हुन । नेपालमै पोर्चुगिज राजदूतावास स्थापनाको अभियानमा सक्रिय यहाँका रमेशराज वास्तोलाका अनुसार तीन साताको अवधिमा २१६ जनाको अनलाइन हस्ताक्षर पोर्चुगिज संसदको अधिकारिक वेभसाइटमा दर्ज भएको उल्ल्ोख छ । हजारौको संख्यामा यहाँ रहेका नेपालीहरु र उनीहरुको नेपालमा रहेका परिवारले नेपालबाटै सेवा लिन पाउनका लागि अभियान सञ्चालन गरिएको बास्तोला बताउँछन् । यहाँ रहेका नेपालीहरुले आफ्ना परिवार ल्याउनका लागि तथा अन्य कागजपत्रहरु प्रमाणिकरण गर्नका लागि भारत नै जानुपर्ने बाध्यता रहेका छन ।

    बास्तोलाले सुरु गरेको यो अभियानमा पोर्चुगलकै प्रतिष्ठित कानून व्यवसायी अधिवक्ता एन्जेला मारिया काब्राल आर्सेनियोलले कानूनी र संस्थागत स्वरुप दिएकी छिन् । यहाँको आर्थिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको नेपालीहरुको कागजात प्रमाणीकरण र परिवार पुर्नमिलनको कार्यलाई सहज र सस्तो बनाउनका लागि पोर्चुगिज सरकारले आफ्नो प्रतिनिधि नेपालमै खटाउनु जरुरी रहेको उनको तर्क छ । चार हजार जनाको हस्ताक्षरसहित आएको माग वा प्रस्तावउपर सीधै संसदमा छलफल हुन्छ । सात हजार ६ सय जनाको हस्ताक्षर संकलन भएपछि त्यो विषय सीधै मन्त्रिपरिषद्‍मा पेस हुने यहाँको कानूनी प्रावधान छ । अहिले पोर्चुगिज संसदको वेबसाइटमा दर्ज भएको ‘नेपालमा स्थायी प्रतिनिधित्व स्थापनाका लागि निवेदन’ शीर्षकमा २१६ जना नेपालीहरुले अनलाइन हस्ताक्षर गरेका छन् ।

    पोर्चुगल सरकारले नेपालमा आफ्नो आधिकारिक प्रतिनिधित्व गर्नका लागि महावाणिज्य दूतावास कन्सुलर अफिस स्थापना गर्ने संकेत दिएको छ । गत हप्ता अप्रिल १० मा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र यहाँका विदेशमन्त्री पाउलो रान्जेलबीच भएको टेलिफोन वार्तालाई सार्वजनिक गर्दै पोर्चुगिज विदेश मन्त्रालयले नेपालमा कन्सुलर अफिस स्थापना गर्ने जनाएको छ । उक्त मन्त्रालयले आफ्नो फेसबुक पेजमा नेपालका परराष्ट्रमन्त्री खनाल र यहाँका विदेशमन्त्री पाउलोको तस्वीर राख्दै दुई देशबीचको पारस्पारिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन र नागरिकहरुलाई प्रत्यक्ष लाभ प्रदान गर्न नेपालमै कार्यालय स्थापना गरिने उल्लेख गरेको छ ।

    नेपाली दूतावासले भने यस विषयमा औपचारिक रुपमा जानकारी प्राप्त नभएको जनाएको छ । दूतावासका प्रथम सचिव रामबाबु नेपालका अनुसार यहाँका सरकार र विभिन्न पक्षसंग हुने छलफलको पहिलो एजेण्डा नै नेपालमा पोर्चुगिज दूतावास वा महावाणिज्यदूतावास स्थापनाको माग हुने गरेको छ । यस विषयमा यहाँका राष्ट्रपतिदेखि विभिन्न राजनीतिक दलका सांसदहरु सकारात्मक रहेको उनले बताएका छन् ।

     

    Post Views: 25
    प्रकाशित मिति: २०८२ चैत्र ३०, सोमबार ०३:१७
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए
    राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !
    अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै
    Advertisement
    ताजा अपडेट
    • १. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • २. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ३. अमेरिकाको मेरिल्याण्डमा नेपाली मुलका सतीश चापागाईं डेलिगेट्सको चुनाव लड्दै

    • ४. परराष्ट्रमन्त्रीसँग मरिसस र सिंगापुरका मन्त्रीहरूको भेट

    • ५. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.