• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

भारतले नेपाली तयारी चियामा किन लगायो: अवरोध १९ दिनदेखि निर्यात ठप्प !

  •  खबरमाला संवाददाता
  • २०८३ जेष्ठ ६, बुधबार ०५:१८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ्
    नेपामामा उत्पादित तयारी चिया भारतीय बजार जान रोकिएको १९ दिन पुगेको छ। नेपाली चिया उद्योगीहरूका अनुसार भारतले लागू गरेको नयाँ नियामक व्यवस्था र अनिवार्य प्रयोगशाला परीक्षणका कारण नेपाली चिया निर्यात ठप्प बनेको हो।

    भारतीय चिया बोर्डले पश्चिम बंगालका चिया व्यापारीलाई नेपालबाट कुनै पनि माध्यमबाट चिया नल्याउन मौखिक तथा प्रशासनिक निर्देशन दिएको बताइएको छ। अटेरी गरे गोदामबाटै नमूना संकलन गरेर प्रयोगशाला परीक्षण गरिने चेतावनीसमेत दिइएको उद्योगीहरूको भनाइ छ।

    मे १, २०२६ देखि लागू गरिएको नयाँ व्यवस्थाअनुसार नेपालबाट भारत निर्यात हुने चियामा अनिवार्य ल्याब परीक्षण गर्नुपर्ने प्रावधान राखिएको छ। यसले काँकरभिट्टा–पानीट्याङकी नाकाबाट हुने तयारी चियाको निकासी प्रभावित बनेको हो।

    व्यवसायीहरूका अनुसार भारतीय पक्षले चियाको गुणस्तर, उत्पत्ति र मापदण्डलाई आधार बनाएर कडाइ गरे पनि वास्तविक उद्देश्य नेपाली चियाको बजार प्रवेश सीमित गर्नु रहेको आरोप लगाएका छन्। उनीहरूले यसलाई “अघोषित व्यापारिक नाकाबन्दी” को संज्ञा दिएका छन्।

    नेपालबाट वार्षिक करिब १ करोड २५ लाख किलो चिया भारत निर्यात हुने गरेको छ। नेपाली तयारी चियाको मुख्य बजार नै भारत भएकाले निर्यात अवरुद्ध हुँदा किसान, उद्योगी र श्रमिक सबै प्रभावित भएका छन्।

    उद्योगीहरूका अनुसार हाल पानीट्याङकी नाकामा हजारौं किलो चिया रोकिएको छ भने कतिपय ट्रक लामो समयदेखि सीमामै थन्किएका छन्। यसले चिया उद्योगमा नगद प्रवाह संकट बढाएको बताइएको छ।

    सरकारले कूटनीतिक पहल गरिरहेको बताए पनि उद्योगीहरूले प्रभावकारी समाधान नआएको गुनासो गरेका छन्। नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस विषयमा परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षसँग संवाद अघि बढाएको जानकारी दिएको छ।

    Post Views: 49
    प्रकाशित मिति: २०८३ जेष्ठ ६, बुधबार ०५:१८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाँच्नकै लागि छोराछोरी बेच्ने असम्भव निर्णय लिन विवश छन् अफगानी बुवाहरू
    अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !
    अमेरिका पढ्ने सबै विदेशी विधार्थीले स्वत ग्रीनकार्ड पाउलान ?
    Advertisement
    ताजा अपडेट
    • १. बाँच्नकै लागि छोराछोरी बेच्ने असम्भव निर्णय लिन विवश छन् अफगानी बुवाहरू

    • २. भारतले नेपाली तयारी चियामा किन लगायो: अवरोध १९ दिनदेखि निर्यात ठप्प !

    • ३. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ४. अमेरिका पढ्ने सबै विदेशी विधार्थीले स्वत ग्रीनकार्ड पाउलान ?

    • ५. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको ओपीटी कार्यक्रम दुरुपयोग, १० हजारभन्दा बढी अनुसन्धानको घेरामा

    चर्चित
    • १. प्रधानन्यायधिष नियूक्तिमा सरकारको अविवेकी निर्णय: स्वतन्त्र न्यायपालिकामाथिको चरम हस्तक्षेप

    • २. अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको ओपीटी कार्यक्रम दुरुपयोग, १० हजारभन्दा बढी अनुसन्धानको घेरामा

    • ३. अमेरिकामा ग्रिनकार्डवालामाथी छानवीन: विगतमा छलेर ग्रिनकार्ड लिनेहरुमा त्रास बढदो !

    • ४. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ५. निरीह संसद हुदै दक्षिणपन्थी उदयको घुमाउरो बाटो

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.