• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

  •  खबरमाला संवाददाता
  • २०८३ असार १०, बुधबार ०५:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्सको लागि भइरहेको प्राइमरी चुनावमा नेपाली मूलका उमेदवार सतिश चापागाईंले उम्मेदवारी दिएका छन । आगामी नोभेम्बर महिनामा हुने चुनावका लागि डेमोक्रेटिक पार्टीबाट मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ७ ए को प्रतिनिधित्व गर्दै उमेदवार बन्न पार्टीको आगामी जुन २३ मा हुने पार्टीको आन्तरिक चुनावमा चापागाईंले तयारी गरिरहेको बताएका छन । उनको यो चुनावी अभियानमा नेपाली मूलका सफल र अनुभवी राजनीतिज्ञ एवम् मेरियान्ड राज्यको सांसद ह्यारी भण्डारीले अनुमोदन इन्डोर्स गरिसकेका छन भने चुनावी तयारीमा डा भण्डारीले सहयोग जारी राखेका छन् ।

    नेपाली मूलका व्यक्तिहरु अमेरिकाको मूलधारको राजनीतिमा आउनु उत्साहजनक र साहसिक कदम भएको मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्को सांसद ह्यारी भण्डारीले बताएका छन् । डेमोक्रेटिक पार्टीमा निरन्तर आस्था राख्ने चापागाईं चारवर्ष अगाडि मेरिल्यान्ड राज्यको उक्त पार्टीको केन्द्रिय समितिमा निर्वाचित सदस्य हुन् । यसअघि उनी एसियन अमेरिकन प्यासिफिक आइल्यान्डर समितिमा रहेका थिए । जुन २३ मा हुने चुनावबाट डेमोक्रेटिक पार्र्टीका दुइजना उम्मेदवारहरु छानिनेछन् जसले रिपब्लिकन पार्टीका उमेदवारहरुसँग हाउस अफ डेलिगेट्सको सांसद बन्न प्रतिस्पर्धा गर्नेछन् ।
    यो आन्तरिक चुनावमा चापागाईंका डेमोक्रेटिक पार्टी कै समकक्षी प्रतिस्पधीहरु टम बेकर, लिडिया ब्राउन र क्लिभल्यान्ड रेनोल्ड्स जुनियर प्रतिस्पधामा रहेका छन ।

    यो चुनावका लागि अर्ली मतदान सुरु भइसकेको छ भने अन्तिम चुनाव जुन २३ मा हुने छ मेरील्यान्ड स्टेट बोर्ड अफ इलेक्सन्सले जनाएको छ । उमेदवार चापागाईंका अनुसार डिस्ट्रिक्ट ७ ए मा कूल ८० हजार मतदातामध्ये ३४ प्रतिशत डेमोक्रेटिक पार्टीका मानिसहरु रहेका छन् । अमेरिकामा रहेका नेपाली समूदायसँग गैर आवासीय नेपाली संघ अमेरिका र नेपाल अमेरिका पत्रकार संघको माध्यमबाट विगतदेखि जोडिएका चापागाईं मेरिल्यान्ड राज्यको हाउस अफ डेलिगेट्सका सांसद ह्यारी भण्डारीको चुनावी अभियानका बेला सक्रिय सहभागी भएका थिए ।

    नेपालमा रहेर लामो समय पत्रकारितामा जोडिएका चापागाईं नेपाल प्रेश यूनियनमा केन्द्रिय समितिमा काम गरेका थिए । राजनीतिमा भने सन् २०१४ देखि नै सक्रिय भएका हुन्। सुरूमा स्वतन्त्र’ रहेका उनी पछि डेमोक्र्याटिक पार्टीसँग आबद्ध भए । १८ बर्ष अघि अमेरिका आएका चापागाईं नेपालमा रहँदा सामूदायिक तथा ग्रामिण पत्रकारिता गरेका उनी जनताको दुःखलाई नजिकबाट केलाएका चापागाई अमेरिकाका नेपाली समूदायसँग उनी नेपालीडायास्पोरा डटकम नामको न्यूजपोर्टलका संचालक पनि हुन । स्थानीय नेपाली समुदाय चपागाईको चुनावी अभियानमा सहभागी भएका छन ।

    Post Views: 24
    प्रकाशित मिति: २०८३ असार १०, बुधबार ०५:४१
    Advertisement
    संबन्धित शिर्षकहरु
    अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा
    रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध
    अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !
    Advertisement
    ताजा अपडेट
    • १. अन्तत: भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा घोषणा

    • २. अमेरिकी राजनीतिमा होमिएका अर्का नेपाली सतिस चापागाई

    • ३. रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध

    • ४. अष्ट्रेलिया, साउदी अरब र थाईल्याण्डमा नेपाली दुतावासको नयाँ भवन बन्दै !

    • ५. विज्ञ अर्थमन्त्रिको बजेट र बिधेयकमा किन फरक ? फेरी एनआरएनलाई झुक्याए !

    चर्चित
    • १. पिआर लिएका ३ सय सरकारी कर्मचारीमाथी छानवीन गर्दै, दुई पिआरधारी कर्मचारी निलम्बन !

    • २. संकटमा ११ सय पेन्सनधारी पुर्वकर्मचारी, पिआर छाड्नेकी पेन्सन ?

    • ३. अमेरिका र इरानबीच प्रारम्भिक सम्झौतामा हस्ताक्षर, सहमतिका १४ बुँदा !

    • ४. सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने

    • ५. लियोनल मेसीको नाममा विश्वकपमा सर्वाधिक गोलको कीर्तिमान

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.