• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

  •  खबरमाला संवाददाता
  • २०८३ भाद्र ३, बुधबार २०:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+
    युके । अस्ट्रेलिया निवासी योगी आचार्य राजन शर्माले नेपाललाई ‘योग राष्ट्र’ बनाउन आह्वान गरेका छन् । नेपालमा प्रत्येक घरका कम्तीमा एक जना सदस्यलाई योग शिक्षक तालिम दिनु पर्ने बताउँदै उनले यसका लागि सबै पक्षसँग सहकार्य गर्नु पर्नेमा जोड दिए । ग्रेटर रेडिङ नेपाली कम्युनिटी एसोसिएसनद्वारा आयोजित एक कार्यक्रममा उनले अस्ट्रेलियाली विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयसँग सम्बद्ध अन्तर्राष्ट्रिय मान्यता प्राप्त योग शिक्षक प्रमाणपत्र नि:शुल्क उपलब्ध गराउने गरी आफूले पाठ्यक्रम तयार पारेको जानकारी दिए ।
    नेपालको प्राचीन ज्ञानले शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यका लागि वैज्ञानिक समाधान प्रदान गर्ने बताए । योग, ध्यान र आयुर्वेदलाई दैनिक जीवनशैलीको रूपमा अपनाउन बेलायतमा बसोबास गर्ने नेपाली समुदायलाई आह्वान पनि गरे ।
    सिड्नीस्थित ‘ग्लोबल सोसाइटी फर पिस एन्ड स्पिरिचुअल साइन्स’ मार्फत नेपालका प्राचीन ऋषि मुनिहरूको अमूल्य ज्ञान नि:शुल्क रूपमा विश्वभर फैलाउने आफ्नो मुख्य उद्देश्य रहेको आचार्य शर्माले जानकारी दिए । “नेपाल अध्यात्म, आयुर्वेद र योगको विश्वव्यापी केन्द्र हो,” उनले भने, “हामीले यो सम्पदाको महत्त्व बुझेर निरोगी, खुसी र मानसिक रूपमा सन्तुलित रहन नियमित योग र ध्यान गर्नुपर्छ।”
    कार्यक्रममा आचार्य शर्माले सहभागीहरूलाई सरल व्यायाम, योगासन, प्राणायाम र मुद्राहरूको अभ्यास गराएका थिए ।  प्रत्येक व्यक्तिको शारीरिक प्रकृति (वात, पित्त, र कफ) अनुसार खानपान र जीवनशैली अपनाउनु पर्नेमा उनले जोड दिए ।
    रेडिङमा ‘रेडिङ नेपाली रनर्स’ को साप्ताहिक ५ किलोमिटर दौडपछि डा. भरत पौडेल, रमेश कुँवर, डा. प्रज्ञा पौडेल गौतम तथा उनीहरूका परिवारको पहलमा अङ्कुरित गेडागुडी र ताजा फलफूलसहितको पौष्टिक नास्ता व्यवस्था गरिएको थियो। कार्यक्रममा म्याराथन धावकहरू अशोक चापागाईँ, इन्दिरा चापागाईँ लगायत स्थानीय धावकहरूलाई सम्मान गरिएको थियो।
    युके भ्रमणका क्रममा उनले कोभेन्ट्रीमा सापकोटा वेलफेयर सोसाइटीको आयोजनामा तीन दिने योग तथा आयुर्वेदिक कार्यक्रम समेत सञ्चालन गरेका थिए ।  हप्ता दिनको युके भ्रमण सम्पन्न गरी उनी अस्ट्रेलिया फर्किएका छन् ।
    ग्रेटर रेडिङ नेपाली कम्युनिटी एसोसिएसनका अध्यक्ष भीमसेन खड्काले आचार्य शर्मालाई चौथो पटक रेडिङमा स्वयंसेवी रूपमा आएर योगदान पुर्‍याएकोमा धन्यवाद दिए । त्यस्तै, डा. कृष्ण अधिकारीले आचार्य शर्माको नि:स्वार्थ समाजसेवाको प्रशंसा गरे भने संस्थाका उपाध्यक्ष सरोज थापाले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।
    Post Views: 10
    प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार २०:४५
    Advertisement
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !
    स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता
    अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • २. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. अमेरिकामा विदेशी विधार्थी र पत्रकारको भिषा अबधि सीमित गर्ने नियम बिरुद्ध मुद्दा

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    चर्चित
    • १. नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापतिमा मुनिन्द्र नेम्वाङ निर्वाचित

    • २. कति सरकारी कर्मचारी बिदेश जान्छन? कति विदेशमै बस्छन र कति फर्किन्छन ?

    • ३. अमेरिकामा नेपालीसहित १२ लाख भन्दा बढी आप्रवासीको टीपीएस खारेज

    • ४. सयौ उच्च पदस्थ कर्मचारी राजीनामा दिने मनस्थितिमाः कारण के के छन ?

    • ५. नेपाल–जापान कूटनीतिक सम्बन्धको सात दशक

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.