• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

  •  खबरमाला संवाददाता
  • २०८३ आश्विन १०, शनिबार ०५:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास आइटी) र स्विस नेप्लिज च्याम्बर अफ कमर्स (एसएनसीसी) को संयुक्त आयोजनामा स्विट्जरल्याण्डको ज्युरिकमा ‘नेपाल टेक रोड शो २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।

    हालै आयोजित उक्त कार्यक्रममा नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रको सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यका अवसरहरूबारे छलफल गरिएको थियो।

    कार्यक्रममा नेपालको बढ्दो सूचना तथा सञ्चार प्रविधि क्षेत्र, दक्ष जनशक्ति, डिजिटल नवप्रवर्तन, आईटी निर्यातको सम्भावनाका साथै आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सफ्टवेयर विकास, साइबर सुरक्षा, क्लाउड सेवा, डेटा इन्जिनियरिङ र डिजिटल रूपान्तरणमा नेपालको क्षमता प्रदर्शन गरिएको थियो।

    नास आइटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली आईटी कम्पनीका सेवा र प्रविधि समाधानलाई विश्वव्यापी बजारमा पुर्‍याउन रोडसो आयोजना गरिएको बताए।  “यो रोड शोले नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा आफ्ना क्षमता प्रस्तुत गर्न र नयाँ व्यावसायिक अवसर तथा साझेदारी खोज्न महत्त्वपूर्ण मञ्च प्रदान गर्दछ,” उनले भने।

    त्यस्तै, स्विस नेप्लिज च्याम्बर अफ कमर्सले नेपाल र स्विजरल्याण्डबीचको व्यापार तथा प्रविधि सम्बन्ध र दुवै देशका व्यवसायीहरूबीच सहकार्यका सम्भावनाबारे जानकारी गराएको थियो।

    कार्यक्रममा १८ वटा नेपाली आईटी कम्पनीहरूले सहभागिता जनाउँदै एक-एक मिनेटको ‘कम्पनी पिच’ मार्फत आफ्ना सेवा, विशेषज्ञता र प्रविधि समाधानहरू प्रस्तुत गरेका थिए। एआई, साइबर सुरक्षा, प्रोडक्ट डेभलपमेन्ट, बीपीओ, वेब तथा एप डेभलपमेन्ट, क्लाउड इन्फ्रास्ट्रक्चर र डेटा इन्जिनियरिङ जस्ता क्षेत्रमा नेपाली कम्पनीहरूले गरेका उपलब्धिहरूलाई विशेष प्राथमिकताका साथ उठाइएको थियो।

     कार्यक्रममा बोल्दै जेनेस सलुशनका संस्थापक तथा सीइओ अञ्जनी फुयाँलले सन् २०१५ को महाभूकम्पदेखि कोभिड १९ सम्म व्यहो रेको र हालै आएको भीषण बाढी पछि पनि सहनशीलता र धैर्यका साथ् अगाडी बढ्नु पर्ने बताए। उनले आजको नेपाली युवा पुस्ता प्रविधिमा दक्ष, विश्वव्यापी रूपमा जोडिएको र विश्व बजारमा उनीहरूको सीपको माग उच्च रहेको बताए । नेपाललाई प्रविधिको उदाउँदो हबको रुपमा स्थापित गर्न नेपाल सरकार, गैर आवासीय नेपालीहरु र निजी क्षेत्रले संगै मिलेर काम गर्नु पर्नेमा उनले जोड दिए।

    स्विस विकास नियोग (एसडीसी) लगायत अन्य साझेदार तथा सरोकारवालाहरूको सहयोगमा आयोजित उक्त कार्यक्रमको सह-आयोजक स्विस नेप्लिज च्याम्बर अफ कमर्स रहेको थियो। नास आइटीले यसअघि लन्डनमा पनि यस्तै रोड शो आयोजना गरेको थियो ।

    कार्यक्रममा नेपाल र स्विजरल्याण्डका व्यवसायी, प्रविधि प्रतिनिधि, लगानीकर्ता तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

    Post Views: 15
    प्रकाशित मिति: २०८३ आश्विन १०, शनिबार ०५:५३
    Advertisement
    संबन्धित शिर्षकहरु
    दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प
    अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग
    संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)
    Advertisement
    ताजा अपडेट
    • १. स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

    • २. दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प

    • ३. अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग

    • ४. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • ५. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    चर्चित
    • १. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • २. आप्रवासीलाई तेस्रो देशमा निर्वासन गर्ने ट्रम्प प्रशासनको योजना अदालतद्धारा रोक्न आदेश

    • ३. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • ४. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ५. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.