Newyork Time 04:22 am
May 20, 2024, Monday
२०८१ जेष्ठ ७

ईरानद्धारा इजरेलमाथी आक्रमण, विश्व समुदाय चिन्तित

२०८१ बैशाख २
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

285

 

अमेरिकाका राष्ट्रपति जो बाइडेनले इरानले इजरायलमा आक्रमण गर्ने आशंका व्यक्त गरेको २४ घण्टा नवित्दै सयौ रकेट प्रहार गरेको समाचारहरु आएका छन । अन्तराष्र्टि्रय सन्चार माध्यमका अनुसार बाइडेनले इरानले सिरियामा रहेको आफ्नो दूतावासमा भएको इजरायली आक्रमणविरुद्ध बदला लिने डर व्यक्त गरे।

शुक्रबार इरानले इजरायलमा आक्रमण नगर्न भन्दै गरेमा त्यसको लागि ठुलो क्षति हुनसक्ने चेतावनी दिएका थिए । ‘हामी इजरायलको सुरक्षाका लागि प्रतिबद्ध छौं, हामी इजरायललाई समर्थन गर्छौं। हामी इजरायलको रक्षा गर्छौँ र इरान सफल हुन सक्दैन’, उनले भने। यही अप्रिल १ मा इजरायलले सिरियामा इरानी दूतावासनजिकै हवाई हमला गरेको थियो। जसमा इरानका दुई शीर्ष सेना कमान्डरसहित १३ जनाको मृत्यु भएको थियो। त्यसपछि इरानले इजरायललाई बदला लिने धम्की दिएको थियो । इरानले २ दिनिभत्र इजरायलमा आक्रमण गर्नसक्ने दाबी, भारतसहित ५ देशले जारी गरे ‘ट्राभल एडभाइजरी’ जारी गर्दै ती देशमा भ्रमण नगर्न आफ्ना नागरिकतलाई आग्रह गरिएको छ । ईरानले गरेको यो आक्रमणपछि अब विश्व समुदाय चिन्ता व्यक्त गर्दै ठुला मुलुकहरु दुई ध्रबमा विभाजित भएका छन ।