• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सामाजिक सेवाबाट उदाएका डा पौडेल वाणिज्यदुत सम्मको यात्रा

  •  
  • २०८१ बैशाख १६, आईतवार ०६:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वासिङ्टन डिसी : कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा दामोदर पौडेल दम्पती भने समुदायमै पुगेर सबैलाई (विशेष गरी नेपाली मूलका नागरिकलाई) सेवा दिइरहेका थिए। होप वेल हेल्थ केयर सेन्टरले ओहायो र अन्यत्रका करिब ४० ठाउँमा भौतिक र भर्चुअल स्वास्थ्य केन्द्र राखेर उपचार दिएको थियो।

    कोभिडको खोप निस्केको खबर सबैभन्दा पहिला अमेरिकामै आयो। तर त्यतिबेला अमेरिकामै सर्वसुलभ थिएन। नेपालसम्म पुग्नु त निकै परको कुरा। दिनहुँ अमेरिकामै हजारौँ मानिसको मृत्यु भएको समाचार आउँथ्यो, खोप सबैमा उपलब्ध थिएन। यस्तो बेलामा नेपालका लागि खोपको ‘लबिङ’ कसरी गर्ने होला ? डा दामोदर पौडेलका मनमा दुविधा थियो, त्यही पनि पहल भने सुरु गरे।

    ‘मैले काम गर्ने सहरको क्लिनिकमा त्यहाँका सिटी मेयर, रिपब्लिकन पार्टीका प्रतिनिधि अमेरिकी सङ्घीय संसद्का सिनेटर शेरेड ब्राउन पनि आउनुहुन्थ्यो। सबैभन्दा पहिला त मैले उहाँहरुसँगै प्रस्ताव राखेँ। नेपालको अवस्था दर्साएँ। सिनेटर ब्राउनमार्फत मेरो प्रस्ताव युएस कंग्रेसको खोप कमिटीसम्म पुग्यो। अमेरिकी कंग्रेसमै नेपालले खोप पाउन नसकेको कुरा पुगेपछि उहाँले जो बाइडेनका नजिकका मान्छेसँग कुरा गरेपछि खोप पाउने देशको सूचीमा नेपाल पनि पर्यो। मैले नेपाली दूतावाससँगको समन्वयमा नेपाल पठाउने प्रक्रियाको थालनी गरेँ,’, पौडेलले भने।

    त्यसपछि डा पौडेलको सो प्रयासलाई अमेरिकी संसद्को खोप कमिटीमा भएको सुनुवाइमा कंग्रेसम्यान ब्राड विन्स्टपले समेत उठाए। यसले उनको प्रयासमा थप बल दियो। नेपालले खोप पाउने सूचीमा त नाम पर्‍यो तर धेरै देशको नाम त्यहाँ थियो। पछि कंग्रेसम्यानको यो पहलबाट ह्वाइट हाउसको सूचीमा नेपालको नाम माथि सार्न काम गर्‍यो र नेपालमा खोप जाने भयो।

    अमेरिकामा विगत दुई दशकदेखि चिकित्सा पेसामा रहेका डा पौडेल प्राइमरी केयर फिजिसियन र उच्च रक्तचाप, मधुमेह तथा मोटोपन (ओबेसिटी) सम्बन्धी रोगका विशेषज्ञ हुन्। अमेरिकाको ओहायो राज्यलाई कर्मथलो बनाउँदै आएका डा पौडेल ओहायोको कोलम्बस सहरमा रहेको होपवेल हेल्थ सेन्टरका मेडिकल डाइरेक्टर हुन्। अर्धसरकारी र गैरनाफामूलक यो स्वास्थ्य संस्थाको सेवा यहाँका २६ स्थानमा छ।

    नेपालको शिक्षण अस्पताल महाराजगञ्जबाट एमबीबीएस गरेका डा पौडेलले ओहायोबाट एमडी गरे। उनले अमेरिकामा २० वर्षदेखि स्वास्थ्य सेवा दिँदै आएका छन्। कोलम्बसस्थित आफ्नो हेल्थ सेन्टरमा आर्थिक समस्यामा परेका मुख्यगरी नेपालीमूलका बिरामीलाई निःशुल्क सेवा दिँदै आएका छन्।

    खासगरी जनस्तरबाट काम गर्न रुचाउने डा पौडेललाई हालै नेपाल सरकार मन्त्रिपरिषद् बैठकले ओहायो राज्यका लागि नेपालको महावाणिज्यदूतमा नियुक्त गरेको छ। पौडलले भने, ‘हामीहरुले अमेरिका र नेपालबीचको सम्बन्धलाई थप मजबुत बनाएर अमेरिकाले हासिल गरेको सेवा तथा वस्तुहरुलाई समेत नेपालीमाझ पुर्‍याउन सकेमा नेपालको सामाजिक आर्थिक रुपान्तरणमा महत्वपूर्ण सहयोग पुग्नेछ। मलाई दिइएको जिम्मेवारीअनुसार म सदैव क्रियाशील हुनेछु। अमेरिकामा रहेर दुई देशबीचको सम्बन्धमा विकास र नेपाल तथा नेपालीको हित मेरो पहिलो कर्तव्य हुनेछ।’

    अमेरिकी बजारमा सधैँ उच्च माग रहने औषधि, जुत्ता तथा गार्मेन्टलगायतका क्षेत्रमा नेपालको सम्भावना देखिएको छ। त्यसका साथै पछिल्लो समयमा सूचना प्रविधि क्षेत्रमा पनि महत्त्वपूर्ण सफलता हासिल गरेका नेपाली अमेरिकनहरूलाई एकीकृत गर्दै अवसरको खोजीको आवाज उठिरहेको उनले बताए।

    डा. पौडेल यसका लागि एउटा संयन्त्रमार्फत काम गर्नुपर्ने धारणा राख्छन्। पौडेलले भने, ‘नेपालमा उद्यमशीलतालाई अगाडि बढाइरहेका उद्यमी, व्यवसायीहरूलाई अमेरिकी बजारमा पहुँच वृद्धि गराउनका लागि अनुसन्धान गर्न सुझाव दिन चाहन्छु। साथै, म मेरो तर्फबाट गर्न सकिने समन्वय गर्न तत्पर रहेको छु।’

    पौडेलले स्थानीय समुदायलाई अमेरिकी स्थानीय, राज्य र संघीय सरकारका निकायमार्फत जोड्नका लागि निर्वाचित प्रतिनिधिहरूमार्फत समन्वयसमेत गर्दै आएका छन्। उनले भने, ‘नेपाली भाषीहरूको बाहुल्यता भएको राज्यमा हामी रहेकाले पनि यहाँ हामीहरू जनस्तरको सम्बन्ध विस्तारमा समेत सक्रियतापूर्वक लागेका छौँ। वास्तवमा कुनै पनि देशको सम्बन्धका विविध आयामहरूलाई मजबुद र प्रभावकारी बनाउन जनता जनताबीचको सम्बन्ध महत्त्वपूर्ण हुन्छ। यस्तो सम्बन्ध दिगो पनि हुन्छ।’ त्यसैले नै उनकै पहलमा नेपाली सांस्कृतिक पर्वहरूमा स्थानीय जनप्रतिनिधिहरू, गभर्नरको कार्यालयलगायतका निकायका व्यक्तित्वहरूलाई आमन्त्रण गरेर मनाइँदै आएको छ।

    पौडेलको पहलमा स्थानीय सहरमा तिहारलाई नेपालीहरूको चाडको रूपमा स्वीकृति दिँदै सिटी काउन्सिलले समेत एक रिजोलुसन पारित गरेको छ। यसअगाडि अमेरिकी राष्ट्रपतिको उम्मेदवार बनेका अर्बपति माइक व्लुमवर्गसँगको प्रेसिडेन्सियल अभियानमा डा. पौडेलले प्यानलिस्टको रूपमा समेत सहभागी भएर आफ्नो धारणा राख्ने अवसर पाएबाट पनि अमेरिकी समुदायमा उनको पहुँचका कारण पनि उनले यहाँ दुई देशबीचका जनताबीचको कामलाई प्रभावकारी रूपमा अघि बढाउन सकेका हुन्।

    काठमाडौंको फर्पिङमा जन्मिएका डा. पौडेल रस काउन्टी मेडिकल सोसाइटीका अध्यक्ष भइसकेका छन्। अमेरिकी संसदमा हालै मात्र गठन गरिएको नेपाल ककस स्थापनाका लागि पनि ओहायोबाट चारजना संघीय सांसदलाई प्रतिनिधित्व गराउन उनले सफलता पाएका थिए। उनकै सक्रियतामा महावीर पुनको राष्टिय आविष्कार केन्द्र र अमेरिकाको ओहायो स्टेट युनिभर्सिटीको कृषि विभागबीच सम्झौता गराई आविष्कार केन्द्रका तीनजना इन्जिनियरले सो विश्वविद्यालयमा व्यावसायिक तालिम गर्न पाएका थिए।

    आफू जहाँ रहेर पनि नेपालीमन र नेपालीपनमै रमाएर काम गर्ने बताउने डा. पौडेल हालै बैंककमा भएको नेपाली मूलका नेपालीहरूको संस्था एएनओको केन्द्रीय कार्यसम्पादन समिति सदस्य बनेका छन्। महावीर पुन नेतृत्वको एनआइसी युएसएको अध्यक्ष उनी ओहायोका नेपालीहरूको संस्था सेन्ट्रल ओहायो नेपाली एसोसिएसन कोनाको प्रमुख संरक्षक तथा गैरआवासीय नेपाली संघ एनआरएनए, अमेरिकाको सल्लाहकार भइसकेका छन्।

    -रासस

    Post Views: 137
    प्रकाशित मिति: २०८१ बैशाख १६, आईतवार ०६:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा
    अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू
    प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर काठमाडौंमा

    • २. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    • ३. अमेरिकाको लुजियाना गोलीकाण्डमा ८ जना बालबालिकाको मृत्यू

    • ४. प्रवासी नेपालीलाई नागरिकताको निरन्तरता दिदा हानी हुँदैनः गर्भनर डा पौडेल

    • ५. बालेन सरकारको आशा लाग्दो सकारात्मक परिवर्तन

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.