• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विश्व कला दिवसः नेपाली कला बजारकै चिन्ता

  •  
  • २०८१ जेष्ठ १, मंगलवार ०७:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    –मधु शाही/रासस

    काठमाडौँ– चित्रकार किरण मानन्धरले कला क्षेत्रबाटै नाम कमाए। आफ्नो परिचय स्थापित गरे। अनि दाम नि? यो प्रश्न उनलाई सधैको ‘जोक’ जस्तै लाग्छ रे। उनी यसको एउटै उत्तर दिने गर्छन्, “कला अमूल्य छ।”

    उनले भने जस्तै कला बहुमूल्य छ। कलाकारको मेहनत र सिर्जनाको मोलतोल गर्न कठिन छ। तर, बाँच्नकै लागि कला सिर्जना गर्ने कलाकारले कलाको मूल्य नराख्न सम्भव पनि छैन।

    कलाकार एससी सुमन भने कलाको मोल उसको मेहनतले झल्काउने बताउँछन्। आज (सोमबार) विश्व कला दिवसका अवसरमा उनी बिहान ५ बजे नै ‘क्यानभास’ कोर्न शुरू गरे। दिवस मनाउनु भनेको कामै नगरी बस्नु होइन भन्ने उनको सोच छ। यसै महिनामा एकल चित्रकला प्रदर्शनीको तयारीमा रहेका उनी समसामयिक मिथिला कला चित्रकारको रूपमा प्रख्यात छन्।

    उनी भन्छन्, “कलाकारले जति मेहनत र धैर्यता राख्छ उति अमूल्य हुन्छ।” यद्यपि पछिल्लो युवा पुस्तामा संघर्ष नै नगरी सफलताको आश गर्ने प्रवृत्ति देख्दा उनी खिन्न हुन्छन्।

    कलाकार मनिष लाल श्रेष्ठले कला संरक्षण गर्न र व्यावसायिक बनाउन आफ्नै घरमा ग्यालरी सञ्चालन गर्दै आएका छन्। ललितपुरस्थित ‘एमक्यूब’ ग्यालरी सञ्चालन गर्दै आएका उनी विगत केही वर्षयता कला क्षेत्रको बजार खस्किएको अनुभव सुनाउँछन्।

    उनका अनुसार विगतमा ८० प्रतिशत नेपाली कलाकारले चित्र किन्दथे भने अहिले ८० प्रतिशत विदेशी पर्यटकको भरमा ग्यालरी धानिएको छ। नेपाली कलाका पारखी नेपाली नै हुनुपर्छ भन्ने कलाकार मनिषको मान्यता छ।

    “स्थानीय ग्राहक भए कलाको संरक्षण हुनुका साथै व्यापारमा स्थायित्व रहन्छ,” उनी भन्छन्, “विदेशी हुँदासम्म मात्रै किन्ने हुन्, नहुँदा के गर्ने?”

    चित्रकार नरबहादुर विक सधै आयआर्जनकै लागि मात्रै चित्र कोर्दैनन्। समाजप्रतिको उत्तरदायित्वले पनि चित्र कोर्ने गरेको उनको भनाइ छ। यद्यपि चित्र बनाउँदा जुन मेहनत खर्च हुन्छ त्यसअनुरूप आम्दानी भने नहुने उनले सुनाए।

    “चित्र बिक्री गर्न निकै गाह्रो छ, त्यसैले कला र व्यापार दुवैका लागि काम गर्ने गरेको छु,” उनले भने।

    ग्यालरीमा चित्र सजिएका छन्। तर, त्यहाँसम्म पुगेर हेरिदिने दर्शक छैनन्। बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीकी संगीता थापाले विगतमा भन्दा यस वर्षमा कला व्यवसायको दृष्टिमा निराश अनुभूति गर्नु परेको बताउँछन्। “चित्र हेर्ने दर्शक आउन छाडे, आर्थिक मन्दीको प्रभाव ललितकला क्षेत्रमा परेको छ,” उनले भने।

    कलाकार एवं आकार आर्ट ग्यालरीकी प्रमुख अनिता भट्टराईले कलाको व्यवसायीकरण गर्ने शैली परिर्वतन गर्न जरुरी रहेको बताइन्। छिमेकी मुलुक चीन, भारत जस्ता देशमा कलाको रचनात्मक प्रवर्द्धन भएको उनको बुझाइ छ।

    “कला बिकाउने नीति ल्याउनुपर्छ,” उनी भन्छिन्, “घरको भित्तादेखि बजारमा पाइने सामग्रीको उत्पादन समेत कलाले भरिएको हुन्छ।” विभिन्न देश भ्रमण गरेर कलाको महत्त्व अवलोकन गरेकी उनले अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै चित्र, मूर्ति कलाले सजाउन सके कलाकारको महत्त्व बुझाउन सकिने उनको धारणा छ।

    बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी सञ्चालक संगीता थापाले आर्थिकमन्दीका कारण ग्यालरी नै धान्न मुस्किल परेको सुनाइन्। विगत ३६ वर्षदेखि ग्यालरी सञ्चालन गर्दै आएकी उनीसँग कुनै बेला एक वर्षमा २० पटक चित्रकला प्रदर्शन गरेको अनुभव छ। सो संख्या अहिले घटेर १२ मा सीमित भएको छ।

    अहिले त ग्यालरीमा दर्शक आउनुमा पनि खुसी व्यक्त गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। बजारमा कला किन्ने संस्कार नै कम भएको बेला आर्थिक स्थिति खस्किएपछि कसले ‘आर्ट’ किन्छ? भन्ने विषयमा कलाकार र ग्यालरी सञ्चालक चिन्तित छन्।

    प्राचीनकालदेखि नै मनोरञ्जनका प्रारम्भिक क्षेत्र रंगमञ्च र चित्रकला हुन्। मल्लकालमा राज दरबारमा अभिनयको जुन आकर्षक हुन्थ्यो, उत्तिकै चित्रकलाको महत्त्व थियो। अहिले परिस्थिति बदलिएको छ। रंगमञ्चमा युवाहरूले नाटक घर खोलेर उत्साहका साथ सञ्चालन गरिरहेका छन्। त्यही उत्साह चित्रकलामा भने कम देखिन्छ।

    कला समीक्षक एवं चित्रकार रमेश खनालका अनुसार कला बनाउने मात्रै होइन बचाउने नीति सोच्नुपर्ने स्थिति आएको छ। उनले लाजिम्पाटस्थित आफ्नै घरमै ‘अरुपर्ण’ आर्ट ग्यालरी सञ्चालन गर्दै आएका छन्।

    भाडा तिर्न नपर्ने ग्यालरी मात्रै टिक्न सक्ने अहिलेको स्थिति रहेको उनको अनुभव छ। ग्यालरी बचाउन चित्रकला सिकाउने, प्रशिक्षण दिने लगायतका अरु सहायक काम समेत गर्नुपर्ने उनको सुझाव छ। उनका अनुसार विशुद्ध चित्रै बेचेर ग्यालरी धान्न कठिन छ।

    कसले किन्छ चित्र?
    कला समीक्षक रमेश भन्छन्, “चित्र किन्ने उद्योग हो।” भोको पेटले चित्र बुझ्दैन। त्यसैले देशमा उद्योगधन्दा जति फस्टाउँदै र सप्रिँदै जान्छ, उति कला रोजाइमा पर्छ। नेपाली कलाकार, ग्यालरी सञ्चालक र सरकारले समेत चित्र किन्ने आकर्षक नीति बनाउन आवश्यक रहेको उनको तर्क छ।

    जोसँग पैसा छ, त्यसलाई हामीले आकर्षण गर्न सकेनौँ। जसले कला बुझेको त्यसलाई आकर्षण गर्नुपर्छ। संस्थागत रूपमा पनि पैसा छ। “जस्तै बैंकसँग पैसा छ, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई कहिल्यै ग्यालरीसम्म ल्याउन सकिएन, त्यस्तै, हाउजिङ सञ्चालकलाई ग्यालरी बुझाउन सकेनौँ। यिनै आधारबाट कला बच्ने हो,” उनले भने।

    कला मानव सभ्यतासँगै जोडिएको छ। नेपाली चित्रकलाको इतिहास हेर्ने हो भने, पौभा, मण्डला, पाटा(बेरुवा चित्र) तथा भित्ते चित्रहरू बनाउँदै कलाको विकास भएको हो।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको एक अध्ययन अनुसार नेपाली छाने तले शैलीका मन्दिर, शिखर शैलीका मन्दिर, स्तुपा, विहारहरू, वास्तुकलाका प्रतीक हुन्। यस्तै मानवीय जनजीवनसँगै विकसित हुँदै गएको कला राणाकालीन समयमा आउदा अलि फरक देखियो।

    यस कालमा नेपाली कलाको इतिहासमै छायाँचित्र बनाउने कला उत्कर्षमा पुगेको थियो। राणाहरूले सिकार गर्दाका दृश्य र भ्रमण गर्दा देखेका दृश्य कलामार्फत चित्रमा उतार्न लगाउन थालेको पाइन्छ। प्रजातन्त्रको उदयसँगै कलामा पाश्चात्य संस्कृतिका प्रभाव देखा परेको कला समीक्षक बताउँछन्।

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले नेपालमा कलाको विकास तीव्र गतिमा भइरहेको दाबी गर्छन्। “कलाको क्षेत्रमा हामी अरु देशभन्दा अगाडि बढिरहेका छौँ,” उनी भन्छन्, “सीमित स्रोत र साधानमाझ प्रतिष्ठानले अध्ययन अनुसन्धानमा सक्रिय हुँदै कलाकारलाई उत्साहित बनाउँदै आएकोछ।”

    प्रतिष्ठानले कार्यथालेमै कला कार्यशाला आयोजना गरेर आज विश्वकला दिवस मनाएको छ।

     

    Post Views: 172
    प्रकाशित मिति: २०८१ जेष्ठ १, मंगलवार ०७:२३
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.