• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्टमा सन्दीपसंग सयूक्त अभ्यासमा

  •  
  • २०८१ जेष्ठ ३२, शुक्रबार ०८:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । यसअघि बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो ।

    बुधबार लगातार पानी परेका कारण हवाई उडान रद्द भएकोले नेपाली टोली बिहीबार दिउँसो वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट पुगेको हो । समूह ‘डी’ अन्तर्गत नेपाल अमेरिकामा दुई खेल सकेर बाँकी दुई खेल खेल्न सेन्ट भिन्सेन्ट गएको हो ।

    नेपाल समूहको पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । डालासमा भएको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको थियो । यस्तै फ्रलोरिडामा बुधवारका लागि तय भएको श्रीलङ्काविरुद्धको दोस्रो खेल भारी वर्षाका कारण रद्द भएको थियो ।

    नेपालले सेन्ट भिन्सेन्टमा शनिवार दक्षिण अफ्रिकासँग तेस्रो  र साेमबार बङ्गलादेशसँग अन्तिम खेल खेल्नेछ । नेपाललाई समूह चरण पार गरेर सुपर आठमा स्थान बनाउन अबका दुई खेल जित्नै पर्ने बाध्यता छ । अहिले समूहमा लगातार तीन जित निकालेको दक्षिण अफ्रिका ६ अङ्क जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाले सुपर आठमा स्थान बनाई सकेको छ ।

    यस्तै दोस्रो  स्थानमा रहेको बङ्गलादेशको चार अङ्क छ । बिहीबार भएको खेलमा बङ्गलादेशले नेलरल्यान्ड्सलाई २५ रनले हराएको थियो । सेन्ट भिन्सेन्टको किङसटाउन मैदानमा भएको खेलमा जितका लागि बङ्गलादेशले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३४ रनमा समेटिएको थियो ।

    यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो । हारे पनि तीन खेलबाट दुई अङ्क बनाएको नेदरल्यान्डस तेसो स्थानमा छ । दुई खेलबाट एक अङ्क बनाएको नेपाल चौथो र तीन खेलबाट एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । श्रीलङ्का विश्वकपबाट बाहिरी सकेको छ ।

    सन्दीपसहितको अभ्यास

    बिहीबार सेन्ट भिन्सेन्ट पुगेको नेपाली क्रिकेट टोलीले स्पिनर सन्दीप लामिछानेसहित अभ्यास गरेको छ । सन्दीप लामिछाने एक साताअघि नै विश्वकप कप खेल्न वेस्ट इन्डिज पुग्नुभएको हो ।

    अमेरिकाले दुई पटकसम्म भिसा दिन अस्वीकार गरेपछि क्यानडा हुँदै वेस्ट इन्डिज पुग्नुभएका सन्दीपले सेन्ट भिन्सेन्टमा दक्षिण अफिका र बङ्गलादेशसँग समूह चरणको खेल खेल्नुहुनेछ । उहाँको आगमनले टोलीको आत्मविश्वास थप बढेको नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले बताउनुभएको छ ।

    सन्दीप टोलीका लागि महत्त्वपूर्ण खेलाडी भएको र उनको आगमनले नेपालको लेग स्पिनर आक्रामक बन्ने प्रशिक्षक मोन्टीको भनाई छ । यस अघिनै वेस्ट इन्डिज पुगेर तयारी गर्नुभएका सन्दीपले बिहीबार टोलीसँगै सामूहिक अभ्यास गर्नुभएको हो ।

    उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई गत महिना सफाइ दिएपछि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले उहाँमाथिको प्रतिबन्ध फुकुवा गर्दै टी(२० विश्वकप टोलीमा‌ समावेश गरेको थियो । अन्तिममा प्रतिश जिसीलाई बाहिर राख्दै क्यानले सन्दीपलाई अन्तिम १४ खेलाडीको सुचीमा समावेश गरेको हो । यसअघि नेपाललाई विश्वकपमा छनोट गराउन सन्दीपको प्रदर्शन उल्लेख्य रहेको थियो ।

    नेपालका कप्तान रोहित पौडेलले पनि सन्दीप टोलीमा जोडिएपछि बलिङ पक्ष थप बलियो बन्ने विश्वास गर्नुभएको छ ।  ‘ ‘सन्दीपले चार पाँच महिना प्रतिस्पर्धात्मक खेल नखेले पनि तयारी गरिरहेकोले उहाँले टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्नुहुनेछ । यसअघि क्यारावियन लिग खेलेकोले पनि वेस्ट इन्डिजको पिचको बारेमा उहाँ अभ्यस्त हुनुहुन्छ,’’ पौडेलले भन्नुभयो । उहाँले लगातार दुई खेल जित्दै नेपाललाई सुपर आठमा लग्न सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

    ‘ ‘अमेरिकाको र वेस्ट इन्डिजको विकेट अवस्था फरक छ । हामीले अमेरिकाको खेलमा मजा लियौँ । डालासको खेल पनि ठिकै थियो । श्रीलङ्काविरुद्धको खेल रोकियो । नतिजा जस्तो आए पनि नेपाली दर्शकको समर्थन अपार रहेको छ । सेन्ट भिन्सेन्टमा पनि त्यस्तै समर्थनको आशा गरेका छौँ । दक्षिण अफिकाले अहिले एकदमै राम्रो खेलिरहेको छ । सुपर आठमा पुग्न हामीले दुइटै खेल जित्नै पर्छ । हामी खेल दौरानमै विकेटको अवस्था बुझेर दक्षिण अफ्रिकाको चुनौती सामना गर्न तयार छौँ । यहाँको विकेट हेर्दा एक सय ६० रन राम्रो स्कोर हुनसक्छ,’’  बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोहितले भन्नुभयो ।

    यस्तै दक्षिण अफ्रिकाका बलर कागिसा रबाडाले सुपर आठमा पुगे पनि आफूहरूले कुनै पनि टोलीलाई कमजोर नठान्ने बताउनुभयो ।  ‘ ‘नेपालले पछिल्लो समय धेरै क्रिकेट खेलिरहेको छ । अन्तर्राष्ट्रिय खेलमा सबै टोली बलियो नै हुन्छ । हामी सबै खेल रामो खेल्न चाहन्छौँ । नेपाली टोलीलाई सन्दीपको आगमनले बलियो बनाएको छ । सन्दीप अनुमान गर्न नसकिने उत्कृष्ट स्पिनर हुन् । यस्तो बलरलाई झेल्न जसलाई पनि गाह्राे हुन्छ,’’ बाडाले भन्नुभयो ।

    Post Views: 241
    प्रकाशित मिति: २०८१ जेष्ठ ३२, शुक्रबार ०८:५५
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी उपविदेशमन्त्री एलिसन हुकर र परराष्टमन्त्रि खनालबीच न्यूयोर्कमा भेटवार्ता
    चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
    अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा इरानलाई आणविक र आतंकवादको समर्थन नत्यागे ‘समाप्त’ गरिदिने चेतावनी
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी उपविदेशमन्त्री एलिसन हुकर र परराष्टमन्त्रि खनालबीच न्यूयोर्कमा भेटवार्ता

    • २. चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता

    • ३. अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा इरानलाई आणविक र आतंकवादको समर्थन नत्यागे ‘समाप्त’ गरिदिने चेतावनी

    • ४. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ५. प्रधानमन्त्री शाह आज मंगलबार न्युयोर्क जाँदै

    चर्चित
    • १. पद्मश्री साहित्य, साधना र गौरव पुरस्कार मुकारुङ, धारावासी र आचार्यलाई

    • २. मन्त्रिपरिषदद्धारा १३ रिक्त राजदुतमा सिफारिस, को को भए राजदुत ?

    • ३. अमेरिकी राजदुतमा सिफारिस चिरनजंग थापा को हुन ?

    • ४. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • ५. भोटेकोशी बाढीपीडित बालबालिकाका लागि शेष घलेद्धारा ५७ करोड सहयोग घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.