• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपाली क्रिकेट टोली सेन्ट भिन्सेन्टमा सन्दीपसंग सयूक्त अभ्यासमा

  •  
  • २०८१ जेष्ठ ३२, शुक्रबार ०८:५५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    आइसिसी टी– २० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम दुई खेल खेल्न नेपाली टोली बिहीबार सेन्ट भिन्सेन्ट पुगेको छ । यसअघि बुधबार अमेरिकाको फ्लोरिडाबाट सेन्ट भिन्सेन्ट जानका लागि तय भएको नेपाली टोलीको यात्रा खराब मौसमका कारण रोकिएको थियो ।

    बुधबार लगातार पानी परेका कारण हवाई उडान रद्द भएकोले नेपाली टोली बिहीबार दिउँसो वेस्ट इन्डिजको सेन्ट भिन्सेन्ट पुगेको हो । समूह ‘डी’ अन्तर्गत नेपाल अमेरिकामा दुई खेल सकेर बाँकी दुई खेल खेल्न सेन्ट भिन्सेन्ट गएको हो ।

    नेपाल समूहको पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । डालासमा भएको पहिलो खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको थियो । यस्तै फ्रलोरिडामा बुधवारका लागि तय भएको श्रीलङ्काविरुद्धको दोस्रो खेल भारी वर्षाका कारण रद्द भएको थियो ।

    नेपालले सेन्ट भिन्सेन्टमा शनिवार दक्षिण अफ्रिकासँग तेस्रो  र साेमबार बङ्गलादेशसँग अन्तिम खेल खेल्नेछ । नेपाललाई समूह चरण पार गरेर सुपर आठमा स्थान बनाउन अबका दुई खेल जित्नै पर्ने बाध्यता छ । अहिले समूहमा लगातार तीन जित निकालेको दक्षिण अफ्रिका ६ अङ्क जोड्दै शीर्षस्थानमा छ । दक्षिण अफ्रिकाले सुपर आठमा स्थान बनाई सकेको छ ।

    यस्तै दोस्रो  स्थानमा रहेको बङ्गलादेशको चार अङ्क छ । बिहीबार भएको खेलमा बङ्गलादेशले नेलरल्यान्ड्सलाई २५ रनले हराएको थियो । सेन्ट भिन्सेन्टको किङसटाउन मैदानमा भएको खेलमा जितका लागि बङ्गलादेशले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३४ रनमा समेटिएको थियो ।

    यसअघि पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो । हारे पनि तीन खेलबाट दुई अङ्क बनाएको नेदरल्यान्डस तेसो स्थानमा छ । दुई खेलबाट एक अङ्क बनाएको नेपाल चौथो र तीन खेलबाट एक अङ्क बनाएको श्रीलङ्का अन्तिममा छ । श्रीलङ्का विश्वकपबाट बाहिरी सकेको छ ।

    सन्दीपसहितको अभ्यास

    बिहीबार सेन्ट भिन्सेन्ट पुगेको नेपाली क्रिकेट टोलीले स्पिनर सन्दीप लामिछानेसहित अभ्यास गरेको छ । सन्दीप लामिछाने एक साताअघि नै विश्वकप कप खेल्न वेस्ट इन्डिज पुग्नुभएको हो ।

    अमेरिकाले दुई पटकसम्म भिसा दिन अस्वीकार गरेपछि क्यानडा हुँदै वेस्ट इन्डिज पुग्नुभएका सन्दीपले सेन्ट भिन्सेन्टमा दक्षिण अफिका र बङ्गलादेशसँग समूह चरणको खेल खेल्नुहुनेछ । उहाँको आगमनले टोलीको आत्मविश्वास थप बढेको नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले बताउनुभएको छ ।

    सन्दीप टोलीका लागि महत्त्वपूर्ण खेलाडी भएको र उनको आगमनले नेपालको लेग स्पिनर आक्रामक बन्ने प्रशिक्षक मोन्टीको भनाई छ । यस अघिनै वेस्ट इन्डिज पुगेर तयारी गर्नुभएका सन्दीपले बिहीबार टोलीसँगै सामूहिक अभ्यास गर्नुभएको हो ।

    उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई गत महिना सफाइ दिएपछि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले उहाँमाथिको प्रतिबन्ध फुकुवा गर्दै टी(२० विश्वकप टोलीमा‌ समावेश गरेको थियो । अन्तिममा प्रतिश जिसीलाई बाहिर राख्दै क्यानले सन्दीपलाई अन्तिम १४ खेलाडीको सुचीमा समावेश गरेको हो । यसअघि नेपाललाई विश्वकपमा छनोट गराउन सन्दीपको प्रदर्शन उल्लेख्य रहेको थियो ।

    नेपालका कप्तान रोहित पौडेलले पनि सन्दीप टोलीमा जोडिएपछि बलिङ पक्ष थप बलियो बन्ने विश्वास गर्नुभएको छ ।  ‘ ‘सन्दीपले चार पाँच महिना प्रतिस्पर्धात्मक खेल नखेले पनि तयारी गरिरहेकोले उहाँले टोलीका लागि उत्कृष्ट प्रदर्शन गर्नुहुनेछ । यसअघि क्यारावियन लिग खेलेकोले पनि वेस्ट इन्डिजको पिचको बारेमा उहाँ अभ्यस्त हुनुहुन्छ,’’ पौडेलले भन्नुभयो । उहाँले लगातार दुई खेल जित्दै नेपाललाई सुपर आठमा लग्न सक्दो प्रयास गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

    ‘ ‘अमेरिकाको र वेस्ट इन्डिजको विकेट अवस्था फरक छ । हामीले अमेरिकाको खेलमा मजा लियौँ । डालासको खेल पनि ठिकै थियो । श्रीलङ्काविरुद्धको खेल रोकियो । नतिजा जस्तो आए पनि नेपाली दर्शकको समर्थन अपार रहेको छ । सेन्ट भिन्सेन्टमा पनि त्यस्तै समर्थनको आशा गरेका छौँ । दक्षिण अफिकाले अहिले एकदमै राम्रो खेलिरहेको छ । सुपर आठमा पुग्न हामीले दुइटै खेल जित्नै पर्छ । हामी खेल दौरानमै विकेटको अवस्था बुझेर दक्षिण अफ्रिकाको चुनौती सामना गर्न तयार छौँ । यहाँको विकेट हेर्दा एक सय ६० रन राम्रो स्कोर हुनसक्छ,’’  बिहीबार आयोजित पत्रकार सम्मेलनमा रोहितले भन्नुभयो ।

    यस्तै दक्षिण अफ्रिकाका बलर कागिसा रबाडाले सुपर आठमा पुगे पनि आफूहरूले कुनै पनि टोलीलाई कमजोर नठान्ने बताउनुभयो ।  ‘ ‘नेपालले पछिल्लो समय धेरै क्रिकेट खेलिरहेको छ । अन्तर्राष्ट्रिय खेलमा सबै टोली बलियो नै हुन्छ । हामी सबै खेल रामो खेल्न चाहन्छौँ । नेपाली टोलीलाई सन्दीपको आगमनले बलियो बनाएको छ । सन्दीप अनुमान गर्न नसकिने उत्कृष्ट स्पिनर हुन् । यस्तो बलरलाई झेल्न जसलाई पनि गाह्राे हुन्छ,’’ बाडाले भन्नुभयो ।

    Post Views: 113
    प्रकाशित मिति: २०८१ जेष्ठ ३२, शुक्रबार ०८:५५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.