• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

दक्षिण कोरियामा नेपाली विद्यार्थीहरुले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

  •  
  • २०८१ असार २, आईतवार ०५:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दक्षिण कोरियामा रहेका नेपाली विद्यार्थीहरुको संस्था सोनसिकले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । त्यहाँको नामसेउल विश्वविद्यालयको सहकार्यमा हुन लागेको सम्मेलनलाई दक्षिण कोरियामा रहेको नेपाली राजदूतावासले पनि सहयोग गरेको आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
    ‘सहकार्यपूर्ण नेतृत्वः दिगो विकासका लागि अन्तर विषयगत नवप्रवर्तन र वैद्दानिक उत्कृष्टताको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ हुन लागेको सम्मेलनमा विभिन्न व्यक्तित्वहरुको सहभागिता हुने छ । १५ र १६ जुनमा हुने उक्त कार्यक्रमको तयारी पूरा भएको पनि आयोजक संस्था सोनसिकले जनाएको छ ।
    कार्यक्रमलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ, नेपाली राजदूता प्राध्यापक डा. ज्योति प्याकुरेल, नामसेउल विश्वविद्यालयका अध्यक्ष, प्रोफेसर डाक्टर युन सुङ योङ र स्टडी इन कोरिया सेन्टर, राष्ट्रिय अन्तर्राष्ट्रिय शिक्षा संस्थानका टिम निर्देशक प्रोफेसर डाक्टर किम ना युनको सहभागिता हुने छ ।

    यसैगरी सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका जैविप्रविधि विशेषज्ञ प्रोफेसर डाक्टर निरञ्जन पराजुलीले ‘साझा दिगो भविष्यतर्फको यात्रा’ र  सेजोंग विश्वविद्यालय दक्षिण कोरियाका सह प्राध्यापक डाक्टर लेविस एन्केन्येरेले ‘दिगो विकासका लागि अन्तर्राष्ट्रिय विद्यार्थीहरुको रोजाईः एआई र साइबर सुरक्षाको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । यसैगरी अध्ययनका लागि दक्षिण कोरियामा अवसर र चुनौतीहरुका बारेमा सुजन शाक्यको पनि प्रस्तुती रहने पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक किरण सुवालले जानकारी दिए । सोनसिक २००४ सालमा स्थापना भएको संस्था हो । अहिले हुन लागेको सम्मेलन दशौं संस्करण रहेको छ । २००७ देखि इपिएस कोरियामार्फत कामदारहरु जान थालेपछि कोरिया अध्ययनका लागि भन्दा पनि श्रम गन्तव्यका रुपमा परिचित भएकाले यस्ता कार्यक्रमले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । अहिले दक्षिण कोरियामा झण्डै साढे ६ हजार नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको पनि जनाइएको छ । कोरियाले उच्च शिक्षाका लागि छात्रबृत्ति पनि प्रदान गर्दै आएको छ ।

    Post Views: 219
    प्रकाशित मिति: २०८१ असार २, आईतवार ०५:१५
    Advertisement
    संबन्धित शिर्षकहरु
    स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत
    दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प
    अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग
    Advertisement
    ताजा अपडेट
    • १. स्विट्जरल्याण्डमा ‘नेपाल टेक रोड शो’ सम्पन्न, नेपाली आईटी क्षेत्रको क्षमता प्रस्तुत

    • २. दर्शनमा प्रश्न र प्रश्नमा दर्शन मिसिएको पर्या महाकाव्य : कल्प

    • ३. अमेरिकी कंग्रेसमा भोटेकोशी बाढीपछि टिपिएस दिनुपर्ने माग

    • ४. संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहको सम्बोधन (पूर्णपाठ)

    • ५. अबैध आप्रवासीलाई तेश्रो देशमा डिर्पोट गर्न पाउनुपर्ने भन्दै ट्रम्प प्रशासनद्धारा सर्वोच्च अदालतमा निवेदन

    चर्चित
    • १. अमेरिकी भिषाका लागि विदेशी पत्रकारले आफ्नो सामाजिक सन्जाल खुल्ला राख्नुपर्ने

    • २. परराष्ट्रमन्त्रि खनाल राष्ट्रसंघ बैठकमा भाग लिन अमेरिका प्रस्थान, प्रधानमन्त्रि असोज ६ मा जाने

    • ३. धुर्मुस सुन्तलीको “म त मर्छुकी क्या हो” हाँस्य श्रृखला अमेरिकाबाट निर्माण शुरु

    • ४. अर्थमन्त्रि वाग्लेले प्रधानमन्त्रि शाहलाई पढ्न दिएको पुस्तक ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’को सांकेतिक अर्थ र पुस्तकको सारंश

    • ५. प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.