• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालको जैविक विविधतापुर्ण क्षेत्र संखुवासभाको “लुम्बासुम्बा क्षेत्र” जोगाउन प्रख्यात अभिनेता संरक्षणकर्मी लियोनार्डोको अपिल

  •  
  • २०८१ असार ५, बुधबार ०५:४२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विश्वविख्यात अभिनेता तथा संरक्षणकर्मी लियोनार्डो विल्हेम डिक्याप्रियोले नेपालको सबै भन्दा पुरानो र ऐतिहासिक महत्वको जैविक विविधता संस्कृतिक सम्पदाको सरंक्षण गर्न अव्हान गरेका छन । आफ्नो सामाजिक सन्जाल ६२ मिलियन फलोअर भएको ईन्टाग्राम र १९ मिलियन फलोअर भएको फेसबुक पेजबाट विश्वकै र्दुलभ मानिएको क्षेत्रको सरंक्षण गर्नुपर्नेमा जोड दिदै त्यस्तो क्षेत्रहरुमा धमाधम निर्माण भैईरहेको अबैध हाईड्रोपावर सडक निर्माणको काम बन्द गर्नुपर्नेमा जोड दिएका छन । संखुवासभा जिल्लाको लुम्बा सुम्बा क्षेत्रमा हिम चितुवा, लोपोन्मुख रेड पाण्डा र विविध जडीबुटीहरु पाईन्छ । छुजुड, छुन्जाम र बखाम नदीहरु नेपालका अति सीमान्तकृत आदीवासी जनजातीहरुमध्ये ल्होमी सिंमा र भोटे जातीहरुको धार्मिक रुपमा पनि पवित्र नदिहरु हुन भन्दै त्यस्तो स्थानमा निर्माण हुँदै गरेको र हुन लागेको बाँध निर्माण रोक्नुपर्नेमा जोड दिएका छन । स्थानीय मानिसहरुले औषधीजन्य जडीबुटी उत्पादन गर्ने र आफ्नो धार्मिक महत्वको स्थानको संरक्षणमा लाग्नुपर्ने भन्दै नेपाल सरकारसंग त्यस्तो स्थानमा कुनै पनि खालको निर्माण कार्य रोक्न माग गरेको जनाइएको छ । लुम्बा सम्बा जैविक साँस्कृतिक सम्पदा विशेष संरक्षण क्षेत्र ऐन सन् २०२० मा स्थानीय सरकारले लागु गरेको नियममा त्यस्तो क्षेत्रमा जलविधुत, सडक, र खानी बनाउन रोक लगाउँछ । त्यसैले यस्तो पृथ्वीकै यस्तो स्थान लुम्बासुम्बा जुन संरक्षणका लागि महत्वपुर्ण रहेको छ भन्दै लियोनार्डोले नेपाल सरकार र सम्बन्धित पक्षलाई निर्माण प्रक्रिया रोकेर संरक्षण गर्न आग्रह गरेका छन ।

     


    वातावरणीय हिसावले नेपाल स्वर्गको टुक्रा हो । त्यसैले संसारमा वातावरणप्रेमीहरु नेपालको वातावरण संरक्षण गर्नुपर्नेमा निकै जोड दिन्छन । विश्वका ठुला ठुला वातावरणविद् होस वा संघ संस्थाहरु नेपालको वातावरणी विभिधता साथै जैविक विविधता देखेर मोहित हुन्छन । यहि बेला विश्वप्रसिद्ध अमेरिकी अभिनेता तथा फिल्म निर्माता लियोनार्डो विल्हेम डिक्याप्रियोले आफ्नो सामाजिक सन्जालमा नेपालको संरक्षणको मुद्दा किन उठाएका हुन । उनले एक पटक नेपाल भ्रमण गरी सकेका कारण पनि उनलाई नेपालको वातावरणीय विविधताले मनमोहक बनाएको थियो ।

    नेपालको वातावारण र जैविक विविधतामा उनको कति ठुलो चासो रहेछ भन्ने कुरा उनको यो भनाईबाट प्रष्ट हुन्छ । यदि असाध्यै दुर्लभ क्षेत्र मासेर विश्वकै महत्वपुर्ण जैविक विविधता मासेर कञ्चनजंघा संरक्षण क्षेत्रभरि हाइड्रो माफियाहरुले कसरी ध्वस्त बनाएका होलान भन्ने सामान्य अनुमान लगाउन सकिन्छ । कंचनजंघाको संरक्षण क्षेत्रभित्र तमोर, घुन्सा, याङ्मा, सिम्बुवा र काबेली नदीमा १३ वटा भन्दा बढी हाइड्रो निर्माण प्रक्रियामा छन् । जुन नेपालको यस्तो संरक्षणा क्षेत्र हो, जहाँ विश्वबाट हराउँदै गएका वन्यजन्तु र र्दुलभ वनस्पतिहरु पाईन्छ । त्यहि मात्रै होईन कि जातीय हिसावले लिम्बुहरुको उद्गम बसोवास क्षेत्रमा बन्न लागेका त्यस्ता निर्माणाधिन संरचनाले त्यहाँ पाईने कालो भालु, हाब्रे, कस्तुरी मृग, हिउँ चितुवालगायत वन्यजन्तु पलायन हुने संभावना हुन्छ ।

    संसारको आँखा परेको यस्तो संरक्षित क्षेत्रलाई सरकारले सरंक्षण गर्नुको साटो हाईडोपावर बनाउन अनुमति दिनु गंभीर विषय हो । स्थानीयको व्यापक विरोधका बावजुद पनि राजनीतिक र सरकारी कर्मचारीको संलग्नतामा भैरहेको हाईड्रोपावर र संरचना निर्माणलाई बेलैमा रोक्न सकेन भने अन्तर्राष्ट्रिय जगतमा नै नेपालको बदनामी हुने देखिन्छ । यस्ता दुर्लभ स्थानहरुको संरंक्षण गर्दै विश्व बजारमा पर्यटन प्रवद्र्धन गर्ने हो भने त्यसबाट एकातिर नेपालको वातावरण सरंक्षण हुने अर्कोतर्फ स्थानीय भाषा सस्कृतिको संरक्षण र मनग्गे आमदानी हुने निश्चित छ । लियोनाडो एक अमेरिकी अभिनेता र चलचित्र निर्माता हुन् । थुप्रै विश्वप्रशिद्ध अवार्ड जित्न सफल लियोनार्डो विश्वप्रख्यात फिल्म टाइटनिकका हिरो हुन । लियोनार्डो वातावरणको क्षेत्रमा काम गर्ने वातावरणप्रेमी पनि हुन ।

    लियोनार्डो बाघ संरक्षणमा नेपालले हासिल गरेको उपलब्धिलाई लिएर उनले देशको प्रशंसा गरेका छन् । एक पटक नेपाल भ्रमण गरेर बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्दै त्यहाँ बाघको तस्बिरसमेत खिचेका थिए । लियोनार्डोले जैविक विविधता संरक्षण, सागर र वन संरक्षण र जलवायु परिवर्तनको निकै सक्रिय छन । आफ्नै लियोनार्डो डिक्याप्रियो फाउन्डेसनले कमजोर पारिस्थितिक प्रणाली र प्रमुख प्रजातिहरूको संरक्षण गर्ने विश्वभरका ३५ भन्दा बढी नवीन संरक्षण परियोजनाहरूलाई सहयोग र समर्थन गर्दै आएका छन । उनको ईन्टाग्राममा ६१ दशमलव ८ मिलियन, फेसबुकमा १९ मिलियन र ट्वीटरमा पनि १८ दशमलव ९ मिलियन मानिसले फलो गरेका छन । पृथ्वीमा वातावरण जोगाएर मात्रै मानिसहरु जोगाउन सकिने भएकाले पहिले वातावरण जोगाउनुपर्नेमा जोड दिन्छन ।

    Post Views: 206
    प्रकाशित मिति: २०८१ असार ५, बुधबार ०५:४२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.