• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

किन राजदूत बन्न अस्वीकार गरे सुशील प्याकुरेलले ?

  •  
  • २०८१ असार १०, सोमबार ०२:२० प्रकाशित
    • अ-
    • अ
    • अ+

    मानव अधिकारकर्मी सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि नेपाली राजदूत बन्न अस्वीकार गरेका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकले ८ देशका लागि राजदूत सिफारिस गरेको थियो । जसमा प्याकुरेललाई दक्षिण कोरियाका लागि प्रस्ताव गरिएको छ । तर उनले आफ्नो सिफारिस फिर्ता लिन आग्रह गर्दै आइतबार प्रधानमन्त्री कार्यालयमा निवेदन दर्ता गरेका छन् ।

    राजदूत सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्रिपरिषद् सचिवालयबाट कुनै सम्पर्क वा संकेत नदिएको उनले बताएका छन् । ‘राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुृअघि सम्बन्धित व्यक्तिको पृष्ठभूमि, कार्यक्षमता, रुचि, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थितिसम्बन्धी ज्ञानका विषयमा पूर्व परामर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु,’ उनको वक्तव्यमा भनिएको छ ।

    उनले दक्षिण कोरियाका लागि राजदूत पदमा गरेको सिफारिस फिर्ता लिन अनुरोध गर्दै प्रधानमन्त्री कार्यालयमा पत्र नै दर्ता गराएका छन् । मानव अधिकारको क्षेत्रमा क्रियाशील प्याकुरेल तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको विज्ञ सल्लाहकार थिए । तर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि राजीनामा दिएका थिए । प्याकुरेलले यसअघि पनि राजदूत बन्न अस्वीकार गरेका थिए । उनलाई २०५१ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले डेनमार्कका लागि राजदूत बन्न प्रस्ताव गरेका थिए । तर राजदूत बन्नु आफ्नो विज्ञता क्षेत्र बाहिरको कुरा भएको भन्दै राजदूत प्रस्ताव अस्वीकार गरेका थिए ।

    किन अस्वीकार गरे ?

    हेर्दा सतहीमा उनले आफ्नो विज्ञता नभएको बताए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ दिन अघि सरकारको नाममा दुईवटा निर्देशन जारी गरेको थियो । निर्देशनमा प्रष्टसंग भनिएको छ कि आगामी दिनमा सरकारले गर्ने हरेक नियूक्तिमा गैरसरकारी संस्थामा कार्यरत भएका र विदेशी पिआर लिएकाहरुलाई नियूक्ति नदिनु । सरकारी, सार्वजनिक कार्यालय, समिति तथा संस्थानमा नियुक्ति दिँदा त्यसमा गैरसरकारी संस्थाको कार्यकारी पदमा बसेका व्यक्तिले स्थान नपाउने व्यवस्था गर्न सरकारलाई अख्तियारको अनुरोध गरयो । अघिल्लो साता निर्णय गरेर अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र पठायो । अख्तियारको पत्रबमोजिम मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, निकाय, प्रदेश र स्थानीय तहसमेतमा पत्राचार पनि गरयो तर आफैले दिएको निर्देशन आफैले लत्यायो र सरकारले अख्तियारको निर्देशन पछिको पहिलो नियूक्ति ८ राजदुत नियूक्ति मा नै अवज्ञा गर्यो भन्दै प्रश्न उठे पछि उनले अस्वीकार गरेको हुन सक्दछ । स्मरणीय रहोस उनि विभिन्न गैससहरुसंग मिलेर मानव अधिकारको क्षेत्रमा वकालत गदै आएका छन ।

    Post Views: 173
    प्रकाशित मिति: २०८१ असार १०, सोमबार ०२:२०
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.