राष्ट्रिय स्वतन्त्र पार्टीका कारबाहीमा परेका महामन्त्रि तथा प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी सभापति रवि लामीछानेले आफुलाई प्रधानमन्त्रि बनाए भारतले भनेको जे पनि मान्न तयार रहेको खुलासा गरेका छन । नेपालबाट हिमालयन टिभिबाट प्रसारण हुने चर्चित टेलीभिजन टक शो शोमा ढकालले रवि लामीछाने पहिलो पटक उपप्रधान तथा गृहमन्त्रि भएपछि दोश्रो पटक हुने बेला भारतसंग सम्बन्ध बढाएर प्रधानमन्त्रि हुन चाहेको खुलासा गरेका हुन । पत्रकार टिकाराम यात्रीसंगको अन्र्तवार्तामा डा ढकालले भनेका छन । जब मलाई सभापतिले नै यस्ता कुरा गरे त्यसपछि आफुलाई शंका पैदा भएकोले सजक बन्दै गएको बताएका छन । सभापतिले आफुलाई निर्देशन दिदै मलाई प्रधानमन्त्रि बनाउने हो भने आफु जे भने पनि मान्न तयार छु ल वातावरण बनाउन भनेर आफुलाई निर्देशन नै दिएको दावी गरेका छन । अन्र्तर्वार्ताको ९ मिनेटमा त्यो खुलाए…

त्यति मात्र होईन लामीछाने दोश्रो पटक उपप्रधानतथा गहमन्त्रि भएको दोश्रो हप्ता भारतीय राजदुतसंग एक होटलमा भेटघाट भएको बताएका छन । त्यहि शिलशिलमा भारतीय राजदुतलाई कुनै होटलमा सभापतिसहित उपसभापति डा स्वार्णिम वाग्ले, डिपी अर्याल र आफु भेट्न गएको बताएका छन । अन्र्तवार्ताको १२ मिनेट …. राजदुत भेटेको र डा स्वर्णीम वाग्लेले भारतीय राजदुत भेटेपछि भनेको कुरा उल्लेख छ ।
सो भेटमा के के भयो खुलाएनन तर भेट पछि उपसभापति डा स्वार्णिम वाग्लेले भने रविजीलाई प्रधानमन्त्रि बनाउनका लागि भारतलाई नेपाल सिक्किम वा भुटान जस्तो स्वरुपमा बस्न तयार छु भनेर भन्यो भने मानी हाल्छन नी यस्तो प्रस्ताव लिएर जाउ प्रस्ताव गरेको खुलासा गरे । ढकालले त्यसपछि सभापति र उपसभापति दुवैप्रति आफ्नो श्रद्धा घटेर गएको र सजक हुँदै कार्य गर्न थालेको बताए ।
डा ढकालले यतिसम्म भनेका छन की आफुले यी कुराहरु आरोपका लागि नभएर आफ्नै आँखा अगाडी भएकोले जस्तो सुकै टेष्ट गर्न तयार रहेको दावी गरे । सभापति रवि र उपसभापति डा वाग्ले रविलाई प्रभानमन्त्रि बनाउने सन्र्दभमा भारतीय जस्तो सुकै सर्त मान्न तयार थिए र अझै छन । त्यो कुरा आफुलाई मात्रै नभएर पार्टीका केहि अन्यलाई पनि थाहा भएको उनको दावी छ । त्यसबीच रवि र डा स्वर्णिमले भरातीय शक्ति केन्द्रहरुसंग पटक पटक भेटेको दावी गरेका छन । सो अन्र्तवार्तामा पार्टीभित्रको आन्तरिक र सासद कसरी कसलाई बनाइयोसम्मका खुलासा गरेका छन ।
यो आरोप वा तथ्य जे भएपनि कुटनीतिक संवेदनशिलताका कारण हामीले अन्र्तवार्तालाई जस्ताको तस्तै साभार गरेका छों । सम्पादक
सो टिभीमा प्रशारित अन्र्तवार्ता हेर्न तलको लिंकमा जानु होला ।




