• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

धादिङको नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ गाउँपालिका देशभरीकै उत्कृष्ठ घोषित

  •  
  • २०८१ भाद्र ७, शुक्रबार ०७:११ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपाल सरकारको मुल्यांकनका आधारमा नगरपालिकातर्फ धादिङको  नीलकण्ठ नगरपालिका र गाउँपालिकातर्फ पनि धादिडकै बेनीघाट रोराङ गाउँपालिका प्रथम भएका छन । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजे तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयको आधारमा देशभरीबाट गरिएको छनौटमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकनमा धादिङको नीलकण्ठ नगरपालिका देशभरीको उत्कृष्ट घोषित भएको हो । बुधबार दिउँसो मन्त्रालयमा आयोजित कार्यक्रममा नीलकण्ठ नगरपालिकालाई देशभरीमध्येबाट उत्कृष्ठ घोषित गरिएको हो। मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार मन्त्रालयले देशभरीका ७ सय ५३ वटै स्थानीय सरकारको संस्थागत क्षमता मूल्यांकन गरेको थियो।

    सोहीअनुसार नीलकण्ठ उत्कृष्ट, रूपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो र चितवनको रत्ननगर नगरपालिका तेस्रो भएको प्रवक्ता पराजुलीले बताए।
    गाउँपालिकाहरूमध्ये धादिङकै बेनीघाट रोराङ गाउँपालिका उत्कृष्ट भएको छ। दोस्रोमा गुल्मीको रुरूक्षेत्र गाउँपालिका र सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका तेस्रो भएको छ। ‘सबै स्थानीय तहको मूल्यांकन गरिएको हो। पछि गाउँपालिकाको को भयो भन्ने छुट्ट्याइएको हो,’ प्रवक्ता पराजुलीले बताएका छन । मन्त्रालयले स्थानीय सरकारको क्षमता मूल्यांकनका लागि १० क्षेत्र र सूचक तोकेको थियो।

    शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजे तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय गरी १० वटा क्षेत्र र त्यसमा फरक फरक पूर्णांक तोकिएको थियो। त्यसमा सबै महानगरको मूल्यांकन भए‍पनि कुनैपनि महानगर नपरेको प्रवक्ता पराजुलीले जानकारी दिए। उत्कृष्ठ हुने स्थानीय तहका प्रतिनिधिहरूलाई सम्मानपत्र प्रदान गरिएको उनले बताए। तोकिएको सय नम्बरमा नीलकण्ठले ९२ दशमलव ५ अंक ल्याएर उत्कष्ठ भएको हो भने गाउँपालिकातर्फ रोराड गाउपालिकाले ७८ दशमलव २५ अंक ल्याएर देशभरबाट पहलो स्थान प्राप्त गरेको हो । नीलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगानाले लगातार दोश्रो कार्यकाल नेतृत्व गर्दै गर्दा विकास निर्माण , पुर्वाधार निर्माणमा उल्लेख्य विकास भएको छ । ढुंगाना नगरपालिका महासंघका केन्द्रिय अध्यक्ष हुन ।

     

    Post Views: 160
    प्रकाशित मिति: २०८१ भाद्र ७, शुक्रबार ०७:११
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    Advertisement
    ताजा अपडेट
    • १. इजरायलले माग्यो २३ सय नेपाली साढे ३ लाख तलब , यस्तो छ छनौटका लागि योग्यता !

    • २. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • ३. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ४. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    चर्चित
    • १. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • २. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ३. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ४. अमेरिकी नागरिक विदेशी राजनीतिक दलसँग आबद्ध हुँदा लाग्ने ‘फारा’ कानुन के हो ?

    • ५. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.