• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अब गाउँपालिकालाई सवारी कर नउठाउन गृह मन्त्रालयको आदेश

  •  
  • २०८१ कार्तिक १७, शनिबार ११:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यातायात व्यवसायीबाट पालिकाहरुले गैरकानुनी रुपमा सडकमा कर उठाइरहेको गुनासो आएपछि त्यस्ता गैरकानुनी गतिविधि रोक्न गृह मन्त्रालयले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले यही कात्तिक दोस्रो साता देशभरका ७७ वटै प्रशासन कार्यालयलाई जानकारी पत्र पठाउँदै उक्त निर्देशन दिएको हो ।

    ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय (यातायात व्यवस्था शाखा)को यही कात्तिक ११ गतेको पत्रबाट राष्ट्रिय राजमार्ग/सहायक राजमार्गमा स्थानीय सरकारहरुले विभिन्न किसिमका करहरु उठाउने सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ मंसिर १७ मा निर्णय भई कार्यान्वयनका लागि अर्थ मन्त्रालयबाट तयार भएको कार्ययोजनासहित सम्बन्धित निकायमा पत्राचार भएपश्चात उक्त कार्य रोकिएको सन्दर्भमा हाल विभिन्न स्थानीय सरकारहरुले कर उठाइरहेकोले उक्त कार्य रोक्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय/निकायहरुमा निर्देशन गरिदिनु हुन भनी लेखी आएको हुँदा आवश्यक समन्वयका लागि अनुरोध छ,’ गृह मन्त्रालयले भनेको छ

    यसअघि यातायात व्यवसायीहरुले अवैध रुपमा कर लिएको भनेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर कर उठाउने कार्य रोक्न ध्यानाकर्षण गराएका थिए ।

    नेपाल यायातायत व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यही कात्तिक ८ गते यातायात मन्त्रालयलाई स्थानइि सरकारबाट पटके कर उठाइरहेको सन्दर्भमा त्यसलाई रोक्न ध्यानाकर्षण पत्र बुझाएको बताए । सोही पत्रका आधारमा मन्त्रालयले यही कात्तिक ११ गते गृहमन्त्रालयलाई पत्राचार गरेकोमा कात्तिक १२ गते गृहमन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरु पत्राचार गरेको हो ।

    सिटौलाले देशका विभिन्न पालिकाहरुले सरकारले रोकेको कर उठाउने कार्य पालिकाहरुले जारी राखेको पाइएपछि उक्त कार्य रोक्न माग भएअनुसार गृहबाट आवश्यक निर्देशन गएकाले रोकिने आशा रहेको बताए ।

    ०७५ सालको मन्त्रिपरिषद बैठकले कर उठाउने कार्य रोक्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले कार्य योजना बनाएर लागू पनि गरिसकेको छ ।

    Post Views: 182
    प्रकाशित मिति: २०८१ कार्तिक १७, शनिबार ११:०८
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?
    सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी
    कंगोमा नेपाल प्रवर्द्धन साँझ
    Advertisement
    ताजा अपडेट
    • १. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • २. सरकारी कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी

    • ३. कंगोमा नेपाल प्रवर्द्धन साँझ

    • ४. अमेरिका ईरान युद्ध अन्त्य हुने अपेक्षाले कच्चा तेलको भाउ घट्‍यो

    • ५. एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने

    चर्चित
    • १. अमेरिकाको नर्थ क्यारोलिनाका सिनेटर ग्यारेट नेपाल भ्रमण गर्न ईच्छुक !

    • २. नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत अमेरिकी कुटनीतिज्ञ माईक हार्करद्धारा सगरमाथाको सफल आरोहण

    • ३. अमेरिकामा विदेशी विधार्थी घट्दा अर्थतन्त्रमा एक बिलियन डलर र २५ हजार रोजगारी गुमायो !

    • ४. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • ५. अमेरिका जान हिडेका हजारौ आप्रवासी किन मेक्सिकोमै रोकिए ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.