राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल सम्हाल्नु पहिले नै टेक्सासमा अबैध आप्रवासीलाई पक्राउ गरेर थुन्न ठुलो क्षमताको हिरासत बनाउन टेक्सास राज्यले १४ सय एकड जग्गा उपलब्ध गराएको छ । टेक्सासका सरकारी अधिकारीहरूले राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पलाई कागजातविहीन आप्रवासीहरूका लागि हिरासत निर्माण गर्न अमेरिका–मेक्सिको सीमामा १४ सय एकड जमिन दिने प्रस्ताव गरेका हुन । टेक्सास जनरल ल्यान्ड अफिसले “राष्ट्रको इतिहासमा सबैभन्दा ठूलो हिंसात्मक अपराधीहरूको निर्वासन, प्रशोधन, नजरबन्द र समन्वय“ को लागि सुविधाहरू निर्माण गर्न प्रयोग हुने जग्गा उपलब्ध गराउन सकिने जनाएको हो । ट्रम्पले बारम्बार लाखौं गैरकागजातविहीन आप्रवासीहरूलाई निर्वासन गर्ने र यस कार्यमा मद्दत गर्न नेशनल गार्डलाई परिचालन गर्ने वाचा गरेपछि टेक्सासले राष्ट्रपतिको अभियानलाई सघाउने जनाउँदै पहिलो चरणमा जग्गा उपलब्ध गराएको हो ।

राष्ट्रपति ट्रम्पले योजना बनाए जस्तो त्यति सजिलै उनको योजनाले ठूलो आर्थिक खर्च गर्न तत्काल कानूनी चुनौतीहरूको सामना गर्ने सम्भावना पनि छ । बिबिसि समाचारमा जनाए अनुसार टेक्सासमा खरिद गरिएको सो जग्गाका मलिक वा छिमेकीले ट्रम्प निवास फ्लोरिडाको मार–ए–लागो एस्टेटमा पठाइएको पत्रमा हालै खरिद गरिएको जग्गाको मालिकले त्यहाँ सिमानामा पर्खाल बनाउन अनुमति दिन अस्वीकार गरेको र “कानून प्रवर्तनलाई सक्रिय रूपमा अवरुद्ध“ गरेको उल्लेख छ ।
एता टेक्सासका सरकारी अधिकारीले भने त्यहाँ सजिलैसँग हिरासत केन्द्र राख्न कसैले रोक्न नसक्ने जनाएका छन । टेक्सासले जमिन उपलब्ध गराए पनि अन्य तीन दक्षिणी सीमावर्ती राज्यहरू – क्यालिफोर्निया, एरिजोना र न्यू मेक्सिकोका डेमोक्र्याटिक गभर्नरहरूले सामूहिक निर्वासनलाई सहयोग नगर्ने बताई सकेका छन । ट्रम्पले नियूक्त गरेका आगमन “सीमा जार“ टम होमनले हाल प्रयोगमा रहेका सुविधाहरू भन्सार र सीमा गस्तीले छोटो समयका लागि कागजातविहीन आप्रवासीहरूलाई बसाउन प्रयोग गर्ने शिविर–जस्तो सुविधाहरूदेखि लिएर अध्यागमन र भन्सार प्रवर्तन पक्की घर निर्माण गर्ने बताएका छन । उनले काउन्टी र राज्य जेलहरू पनि प्रयोग गरिने स्थानीय क्षेत्राधिकारहरूले अध्यागमन अधिकारीहरूबाट क्षतिपूर्ति प्राप्त गर्ने बताएका छन ।
त्यसैगरी ट्रम्पका अध्यागमन सल्लाहाकार स्टीफन मिलरले ट्रम्प प्रशासनले सामूहिक निर्वासन को लागि स्टेजिंग केन्द्रहरुको रूपमा सेवा गर्नको लागी विशाल होल्डिंग सुविधाहरु निर्माण गर्ने बताएका छन जु अस्थायी खालको हुनेछ । मिलरले मेक्सिकोसँगको टेक्सासको सिमाना नजिकै खुला जमिनमा सुविधा हरू निर्माण गरिने बताउँदै आएका छन । सीमा सुरक्षाका लागि वर्तमान राष्ट्रपति जो बिडेनले हस्ताक्षर गरेको २०२४ खर्च बिल आइईसिलाई कुनै पनि दिन ४१ हजार ५०० भन्दा बढी घर बनाउन चार मिलियन विनियोजन गरेका थिए ।
photo by BBC




