• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा ७ लाख ५० हजार अबैध भारतीय आप्रवासीः अमेरिका जान नेपालको बाटो र नागरिकता प्रयोग !

  •  
  • २०८१ मंसिर १५, शनिबार १३:१५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकाको डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटीका अनुसार सेप्टेम्बरमा अन्त्य भएको अमेरिकी आर्थिक वर्ष २०२४ मा एक हजारभन्दा बढी भारतीय नागरिकलाई चार्टर्ड र व्यावसायिक उडानबाट डिपोर्ट गरिएको छ । गएका वर्षहरूमा भारतीय नागरिकलाई अमेरिकाबाट निष्कासन गर्नुपर्ने अवस्था बढ्दै गएको र अवैध रूपमा अमेरिका पसेका भारतीयहरू फेला पर्ने गरेको होमल्याण्ड सेक्यूरिटीले जनाएको छ । अमेरिकामा भारतीयहरु मेक्सिको र क्यानडा बोर्डरबाट आउने गरेको देखिन्छ ।

    अमेरिकाबाट पछिल्लो समय भारतीय नागरिक फिर्ता पठाउने कार्यको तीव्र बढी रहेको बेला राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिले भारतीयहरूलाई पर्ने प्रभावबारे गम्भीर चासो बढ्दो छ । ट्रम्पले इतिहासको सबैभन्दा ठूलो सख्यामा आप्रवासीलाई देशनिकाला गर्ने प्रतिबद्धता जनाइसकेको बेला अक्टोबर २०२० यता मात्रै अमेरिकी सीमा सुरक्षा निकायले एक लाख ७० हजार भारतीय आप्रवासीलाई अमेरिकाको उत्तरी र दक्षिणी सीमाबाट गिरफ्तार गरिसकेको तथ्यांक छ । प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकामा रहेका अबैध आप्रवासीहरुमध्ये मेक्सिको, एल साल्भाडोर पछि भारत रहेको संख्याले देखाउँछ । अमेरिकामा रहेका अबैध झण्डै एक करोड २० लाख भन्दा बढी आप्रबासीहरुमा सबैभन्दा बढी मेक्सिकोका ट दशमलव ९ मिलियन अर्थात ७० लाख, एल साल्भाडोरका ७ लाख ५० हजार र तेश्रोमा भारतीय ७ लाख २५ हजार रहेको तथ्यांक छ । त्यसपछि ग्वाटेमाला ६ लाख ७५ हजार र होन्डुरसका ५ लाख २५ हजार रहेको छन ।

    यो हेर्दा अमेरिकाको छिमेकी देशहरुबाट जुन मात्रामा अबैध आप्रवासी अमेरिका आएका छन त्यो तुलनामा भारतीयहरू पश्चिमी गोलार्धभन्दा बाहिरका देशहरूमध्ये सबैभन्दा ठूलोमध्येमा अमेरिकामा अबैध रुपमा बसोबास गर्दछन ।कतिपय भारतीयले अवैध रूपमा अमेरिका छिर्न एक लाख डलरसम्म खर्च गरेको बताइन्छ यस्ता आप्रवासीहरू तल्लो आर्थिक अवस्था भएको वर्गका होइनन् । तिनमा खास गरी शिक्षाको तहका कारण वा अङ्ग्रेजी भाषामा दक्षता नपुगेका कारण पर्यटक वा विद्यार्थी भिसा पाउन नसक्नेहरू छन् । त्यसैले उनीहरू अमेरिका पुग्न विभिन्न एजेन्सीहरूमा भर पर्छन् जसले एक लाख अमेरिकी डलरसम्म शुल्क लिएका हुन्छन् । अमेरिकी आप्रवासी अदालतको सन् २०२४ को तथ्याङ्कअनुसार ती अबैध आप्रबासीमध्ये धेरैजसो १८ देखि ३४ वर्ष उमेरका पुरुष हुने गरेका छन् ।

    भारतीयलाई मेक्सिको हुँदै अमेरिका पठाउने गिरोह नेपालमा पक्राउ परेपछि प्रहरीले दिएको सुचना अनुसार उनिहरुले नेपाली नागरिकतासमेत लिएर नेपालको बाटो प्रयोग गरेको देखिन्छ । भारतीय आप्रवासीहरू नेपालको बाटो प्रयोग गर्न र त्यस बाटोबाट एल साल्भडोर या निकारागुआ हुँदै मेक्सिकोबाट अमेरिका पुग्नलाई सजिलो ठन्ने गरेको पनि अनुसन्धानहरुले देखाएको छ ।

    अमेरिकाको उत्तरमा रहेको क्यानडाको सीमा भारतीयहरूका लागि तुलनात्मक रूपमा सजिलो भएको सोही अनुसन्धानले देखाउँछ । भारतीयहरुले क्यानडामा पर्यटक भिसाका लागि आवेदन दिएको ७६ दिनमा भिसा पाउनेछन भने जबकि अमेरिकी भिसाका लागि १ वर्षभन्दा बढी समय कुर्नुपर्ने अवस्था छ । त्यसैले पनि क्यानडा आएर अमेरिका छिर्नेहरु पनि भारतीइ ठुलो सख्यामा छन । भारतबाट सबैभन्दा बढी गुजरात, पन्जाब र छिमेकी हरियाणाबाट हुने गरेको पाइयो । त्यहाँबाट मानिसहरू आप्रवसानमा जाने लामो परम्परा नै बनेको भारतीय सन्चार माध्यमहरुले जनाइएको छ ।

    भारतमा पृथक्तावादी खालिस्तान आन्दोलनका कारण पनि यो क्षेत्रमा तनाव बढिरहेको छ । खालिस्तान आन्दोलन शिखका लागि स्वतन्त्र गृहराज्य स्थापना गर्न चाहन्छ । यसले गर्दा भारतमा रहेका शिखहरूमा अधिकारी वा राजनीतिकर्मीको गलत निसानामा परिने हो कि भन्ने त्रास छ । त्यस्तो त्रास सही भए पनि नभए पनि अमेरिकामा शरणार्थी बन्न सजिलो हुने भन्दै उनिहरु अमेरिका आउने सख्या बढेको हो । यूनिभर्सिटी अफ भर्मन्टमा आप्रवासन तथा सहरी अध्ययनका जानकार पाब्लो बोसका अनुसार भारतीयहरू अमेरिकामा उपलब्ध आर्थिक अवसर र त्यसमा पनि खास गरी “न्यूयोर्क र बोस्टनजस्ता ठूला अर्थतन्त्र भएका सहरका ठाउँका अनौपचारिक अर्थतन्त्रमा छिर्न सक्ने क्षमताका कारण ठूलो सङख्यामा अमेरिका छिर्न चाहेको देखिाउँछ । जसरी अमेरिकी उत्तर सीमा क्यनडाबाट भारतीयहरु अमेरिका छिरेका थिए राष्ट्रपतिमा ट्रम्पको विजयी भएपछि त्यो आपैबासी समुह अमेरिकाबाट फेरी क्यानडा छिर्न थालेको भन्दै क्यानडा सरकारले सीमामा कडाई शुरु गर्न थालेको छ । एक अनुसन्धानका अनुसार सन् २०२३ मा क्यानडाबाट अमेरिका छिर्न खोज्ने भारतीयहरुको सख्या १४ हजार रहेको देखाइएको छ । त्यो संख्या बढेर सन् २०२४ को अक्टोवरसम्ममा प्रतिघण्टा १० जनाका दरले अर्थात ४३ हजार ७ सय ६४ जना पक्राउ परेको उल्लेख छ ।

    Post Views: 281
    प्रकाशित मिति: २०८१ मंसिर १५, शनिबार १३:१५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज
    दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !
    अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका, अष्ट्रेलिया, क्यानडाको नागरिकता लिएका १९ डाक्टरको लाइसेन्स खारेज

    • २. दर्जन दुतावास, केहि वैतनिक र आधा भन्दाबढी अवैतनिक वाणिज्यदुत हटाउने परराष्ट्रको तयारी !

    • ३. अमेरिकीमा ३ नेपाली बेपत्ता, खोजीमा जुट्यो अमेरिकास्थित नेपाली दुतावास

    • ४. एनआरएनएद्धारा प्रस्तावित विधेयकमा व्यापक संशोधन गर्न माग

    • ५. ट्रम्पका विशेष दूत सर्जियो गोर काठमाडौंमा

    चर्चित
    • १. राहदानी ऐन संशोधन मस्यौदा तयारः अब पाँच प्रकारका राहादानी जारी हुने !

    • २. अमेरिकामा कस्ता आप्रवासीको नागरिकता खारेज हुन्छ ? ३ सय नागरिकता खारेजीको तयारीपछि त्रासमा आप्रवासी !

    • ३. सम्पत्ति जाँचबुझ आयोगले प्रभावशाली व्यक्तिहरूको विदेशमा रहेका वा पुर्याइएका सम्पति छानवीन गर्ने !

    • ४. अमेरिकाद्धारा नेपाललाई छ वटा हेलिकप्टर अनुदान दिने प्रस्तावमा नेपालद्धारा एउटा ठुलो विमान दिन माग !

    • ५. संसारमा नभएको दुर्लभ प्रक्रिया “प्रतिस्पर्धा”बाट राजदूत चयन गर्ने अभ्यास किन ?

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.