• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

क्यानडाले पढ्न आएका विधार्थीलाई शरणार्थी आवेदन अस्वीकार गर्ने

  •  
  • २०८१ पुष १६, मंगलवार ०८:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    क्यानडाको संघीय सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्यामा सीमा लगाएको लगभग एक वर्षपछि, झूटो विवरण पेश गरेर शरण खोजेर देशमा बस्न खोजिरहेका विद्यार्थीहरूलाई नियन्त्रण गर्न कदम चाल्न थालेको छ । क्याम्ब्रिजका सांसद ब्रायन मेले शरण प्रक्रिया उनीहरूको लागि सुरक्षित रहनुपर्छ जसलाई यसको आवश्यकता छ, र परम्परागत आप्रवासन प्रक्रियालाई छलेर यसलाई उपकरणको रूपमा प्रयोग गर्नु अस्वीकार्य भएको बताएका छन् । उनले पढ्न आएका विधार्थीहरु शरणका लागि अयोग्य रहेको समेत बताउँदै त्यस्तालाई शरण दिन नसकिने प्रष्ट पारेका छन ।
    सासंद मेले सरकार बेइमानीपूर्ण आप्रवासन सल्लाहकारहरूको बारेमा पनि जानकार रहेको र उनीहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई गलत सल्लाह वा जानकारी दिँदा शरण दाबीहरूको संख्या बढिरहेको बताए । देशभरका कलेजहरूले विद्यार्थी सीमाको प्रभाव महसुस गरिरहेका छन्, तर विशेष रूपमा केहि कलेजलाई यसले सबैभन्दा बढी असर गरेको छ ।
    इमिग्रेशन, रिफ्युजीज एन्ड सिटिजनसिप क्यानडाले प्रदान गरेको तथ्याङ्क अनुसार, कलेजमा शरण दाबीहरूको संख्या विद्यार्थी प्रतिबन्ध घोषणा र लागू गरिएको समयमा अत्यधिक वृद्धि भएको जनाएको छ । २०२१ यता, कनास्टोगा कलेजमा शरण दाबी गर्नेहरूको संख्या १ हजार एक सय प्रतिशतले बढेको छ । २०२१ मा जहाँ ५० दाबीहरू थिए, २०२४ को अक्टोबर ३१ सम्म ५५० पुगेको छ । २०२१ मा कलेजमा १२ हजार ८३० अध्ययन अनुमति पत्र स्वीकृत भएका थिए भने २०२४ मा यो संख्या घटेर ७ हजार ५४० मा झरेको तथ्यांकले देखाएपछि सरकारले छानवीन शुरु गरेको छ ।
    कनास्टोगा कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग काम गर्नका लागि समर्पित कर्मचारीहरू राखेको बताएको छ, जसले उनीहरूलाई कार्य अनुमति पत्रका लागि आवेदन गर्न र अन्य सरकारी प्रक्रियाहरूमा सहयोग गर्छन् । कलेजका सञ्चार व्यवस्थापक ब्रेन्डा बेरेच्कीले क्याम्ब्रिज टुडेलाई पठाएको इमेलमा, कलेजले विद्यार्थीहरूलाई भिसा समाप्त हुने डरमा शरणका लागि आवेदन दिन निर्देशन दिएको छैन भनी स्पष्ट पारेकी छन् ।

    Post Views: 169
    प्रकाशित मिति: २०८१ पुष १६, मंगलवार ०८:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्बिर सावर्जनिक
    दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ
    अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन
    Advertisement
    ताजा अपडेट
    • १. वासिङ्टन गोलीकाण्डका संदिग्ध आक्रमणकारीको तस्बिर सावर्जनिक

    • २. ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो

    • ३. दक्षिण–पूर्व एसियाबाट ६१२ नेपाली उद्धार, कम्बोडियामा नेपाली अपराध मुद्दामा पक्राउ

    • ४. अवसर र चुनौतीबीच युरोपतर्फ बढ्दो नेपाली आप्रवासन

    • ५. एनआरएन अधिकार संकुचित गर्ने प्रस्तावित विधेयकप्रति प्रवासी नेपालीको चिन्ता

    चर्चित
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ३. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ४. एकपछि अर्को उच्चस्तरीय कुटनीतिक भ्रमणको केन्द्र बन्दै नेपाल

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.