• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

राष्ट्रपति डोनाल्ड ट्रम्पको होटलमा टेस्ला साइबरट्रक आक्रमण

  •  
  • २०८१ पुष १८, बिहीबार ०५:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेभाडामा रहेको लस भेगासस्थित ट्रम्प होटल बाहिर टेस्ला साइबरट्रक विस्फोटको घटना अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार एउटा साइबरट्रक होटलको सिसाको प्रवेशद्वार नजिक पार्क गरिएको थियो। त्यसपछि ट्रकबाट धुवा आउन थाल्यो र विस्फोट भयो । यस घटनामा चालकको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । प्रहरीले घाइतेहरूको नाम नखुलाए पनि सबैको चोट सामान्य रहेको बताएको छ ।

    टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले एक्स (पूर्वमा ट्विटर) मा लेखेका छन्, “यो विस्फोट साइबरट्रकको बेडमा राखिएको ठूलो पटका वा बमका कारण भएको हो र यो साइबरट्रकसँग सम्बन्धित नभएको बताएका छन । विस्फोट स्थानीय समय अनुसार बिहान भएको थियो । यो घटनाभन्दा केही घण्टा अघि न्यु अर्लियन्स, लुइजियानामा नयाँ वर्षको दिन एउटा ट्रकले भीडमा हानेर १५ जनाको मृत्यु भएको थियो । प्रहरीले विस्फोट पटका वा बमका कारण भएको पुष्टि गर्न सकेको छैन । तर, घटनाको अनुसन्धानमा संलग्न दुई स्रोतले सीबीएस न्युजलाई बताएका छन् कि अनुसन्धानकर्ताहरू पटका नै जिम्मेवार हुन सक्ने सम्भावना अध्ययन गरिरहेका छन् । लस भेगास प्रहरी विभागका शेरिफ केभिन म्याकमहिलले लुइजियानाको घटनासँग सम्बन्धित रहेको सम्भावनालाई ध्यानमा राखेर सावधानी अपनाइरहेको बताए ।

    उक्त होटल आंशिक रूपमा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पको कम्पनीको स्वामित्वमा छ । ट्रम्पका छोरा एरिक ट्रम्पले एक्समा लेखेका छन्, “ट्रम्प लस भेगासको पोर्ट कोचेरमा एउटा विद्युतीय सवारी साधनमा आगलागी भएको रिपोर्ट आएको छ ।“ “हाम्रा अतिथि र कर्मचारीहरूको सुरक्षा हाम्रो प्राथमिकता हो । लस भेगास दमकल विभाग र स्थानीय प्रहरीको द्रुत प्रतिक्रियाका लागि हामी हृदयदेखि आभारी छौं,“ उनले भनेका छन । ह्वाइट हाउसले राष्ट्रपति जो बाइडनलाई यस घटनाबारे जानकारी दिइसकेको र संघीय सहयोग आवश्यक परेमा उपलब्ध गराउने बताएको छ । सामाजिक सञ्जालमा प्रसारित घटनाका भिडियोहरूमा ट्रम्प होटलको प्रवेशद्वारमा रहेको साइबरट्रकमा आगलागी भएको देखिन्छ । ट्रम्प होटलमा करिब १ हजार ३०० सुइटहरू सहित ६४ तलाका भवनहरू रहेको छ । ट्रम्पले हालै एलन मस्कलाई आफ्नो राष्ट्रपति सल्लाहकार आयोग, सरकार दक्षता विभागको सह–नेतृत्वका लागि चयन गरेका थिए । चुनाव प्रचारको क्रममा दुवैबीच निकटता बढेपछि यो निर्णय गरिएको हो ।

    Post Views: 155
    प्रकाशित मिति: २०८१ पुष १८, बिहीबार ०५:२५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास
    कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका-इरानबीच अप्रिल २१ अघि नै सहमति जुटाउने प्रयास

    • २. कसरी अमेरिकामा “खराबमध्येका अति खराब” सुचिमा परे यी सात नेपालीहरु ?

    • ३. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ४. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ५. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ४. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.