• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालकै प्रतिष्ठत बूढानीलकण्ठ स्कुलमा ११९ जनालाई छात्रवृत्तिमा आवेदन खुल्यो, मासिक ५० हजारभन्दा बढी आम्दानी हुने अयोग्य !

  •  
  • २०८१ चैत्र १, शुक्रबार ०९:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालको सबैभन्दा प्रतिष्ठित स्कुल बूढानीलकण्ठ स्कुल, काठमाडौं तथा साझेदारी कार्यक्रम अन्तर्गको विद्यालयहरूमा आवासीय सुविधासहित छात्रवृत्तिमा अध्ययन गर्न आवेदन खुलेको छ। बूढानीलकण्ठ स्कुलमा ४२ जना अरू साझेदारी स्कुलहरूमा ७७ जनालाई कक्षा पाँचदेखि छात्रवृत्तिमा पढाउनका लागि आवेदन खुला गरिएको हो। बुढानीलकण्ठमा ४२ जनामध्ये पचास प्रतिशत छात्रा रहनेछन्। त्यस्तै लोपोन्मुख जातजातिबाट ४ जना, मुस्लिमबाट १ जना, मधेसीबाट ४ जना, जनजातिबाट ५ जना र पिछडिएको क्षेत्रबाट २ जना छानिनेछन्। कार्यन्वयन कुति हुन्छ त्यो त खोज्दै जाँदा थाहा होला तर मासिक ५० हजार वा सोभन्दा बढी आय हुने अभिभावक वा नेपाल सरकारको उपसचिव वा सोसरह र सोभन्दा माथिको पदमा कार्यरत कर्मचारीका छोराछोरी छात्रवृत्ति छनोट परीक्षामा सहभागी हुन नसक्ने पनि सूचनामा उल्लेख छ।

    खुला र आरक्षण गरी एक जिल्लाबाट एक जनाभन्दा बढी नहुनेगरी ४० जना विद्यार्थी परीक्षाबाट छनोट हुने सूचनामा उल्लेख छ। दुई जना भने विद्यालय रहेको बूढानीलकण्ठ नगरपालिकाकाबाट छनोट गरिनेछ। दुई जनामा एक छात्र र एक छात्रा छनोट हुनेछन्। त्यस्तै साझेदारी कार्यक्रम अन्तर्गतका साझेदारी स्कुलमा ७७ जनालाई छात्रवृत्ति दिइनेछ।
    धनकुटाको शीतलादेवी माध्यमिक विद्यालय, सर्लाहीको नवजीवन माध्यमिक विद्यालय, काठमाडौंको कुलेश्वर आवास माध्यमिक विद्यालय, कास्कीको जनता माध्यमिक विद्यालय र कैलालीको वीरेन्द्र विद्यामन्दिर माध्यमिक विद्यालय साझेदारी कार्यक्रमा सहभागी छन्। ती विद्यालयहरूमा छात्रवृत्तिमा पढ्नका लागि २६ जना छात्रा, दलिततर्फ ५ जना, मुस्लिमतर्फ ६ जना, जनजातितर्फ ९ जना, सहिद तथा द्वन्द्वपीडित परिवारका सन्तति र वैदेशिक रोजगारका क्रममा मृत्यु भएका परिवारबाट १ जना छनोट हुनेछन्। परीक्षामा सहभागी हुनका लागि चैत २७ गतेसम्म फाराम बुझाउनुपर्नेछ। फारामको दस्तुर एक सय रूपैयाँ तोकिएको छ। छात्रवृत्ति छनोट परीक्षाका लागि विभिन्न जिल्लाका २६ विद्यालय तोकिएको छ।

    बुढानीलकण्ठ स्कुलमा पारदर्शी र निस्पक्षको जति सुकै कुरा गरे पनि पछिल्ला दिनहरुमा पावर भएकाहरुले मात्रै पढ्न पाउँछन भन्ने मान बन्दै गएको आरोप लगाउनेहरु पनि प्रशस्त भेटिन्छन ।

    Post Views: 242
    प्रकाशित मिति: २०८१ चैत्र १, शुक्रबार ०९:१२
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !
    धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी
    परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिका र इरानबीच युद्धविराम, संसारभर खुसीयाली !

    • २. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ३. परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

    • ४. क्यानडामा नेपाली उत्पादनको निर्यात प्रर्वद्धन गर्न ब्रम्टनमा छलफल

    • ५. क्यानडामा गाडी दुर्घटनामा निधन भएका दुई विधार्थीको परिचय खुल्यो !

    चर्चित
    • १. बङ्गलादेशको एसियन युनिभर्सिटी फर वुमनको उपकुलपतिमा डा सङ्गीता रायमाझी

    • २. बैंककस्थित दूतावासले पठायो २०० भन्दा बढी मानव तस्करको नाम

    • ३. विश्वकप फुटबलको २३औं संस्करण शुक्रबारदेखि शुरु

    • ४. धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा सागर अधिकारी

    • ५. अमेरिका- ईरान युद्धविराम हुने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी, सबै हवाई आक्रमण रद्द !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.