• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी संसदबाट व्यापक खर्च कटौति गर्ने विधेयक पारित

  •  खबरमाला संवाददाता
  • २०८२ जेष्ठ १०, शुक्रबार ०७:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ‘द वान व्युटीफुल बील’ नाम दिइएको करहरुको नयाँ व्यबस्था संबन्धि विधेयक अमेरिकी संसदको समितिबाट एक झिनो मतले पारित भएको छ । एक हजार पेजभन्दा बढीको यो विधेयक रिपब्लिकनको बहुमत रहेको कंग्रेसबाट निश्चित रुपमा पारित हुनेछ । तर सबैभन्दा नयाँ र नौलो चाँही अमेरिकाबाट रेमिट्यान्सको माध्यमबाट बैंक, मनी ट्रान्सफर मार्फत बाहिर पठाउने डलरमा कर प्रस्ताव गरिएको छ । जसबाट अमेरिकामा अर्वो डलरको बचत हुने भनिएको छ । अमेरिकी नागरिकालागि भने त्यो रकम बापत कर छुट पाउनेछन ।

    अमेरिकी प्रतिनिधिसभाका रिपब्लिकनहरूले राष्ट्रपति ट्रम्पका कर नीतिहरूलाई अघि बढाउने, मेडिकेड र फूड स्टाम्प (खाद्य सहायता) मा उल्लेखनीय खर्च कटौती गर्ने, लगायत थुप्रै दलगत प्रस्तावहरू समेटिएको एक ठूलो विधेयक पारित गरेको छ । यस विधेयकलाई अमेरिकामा खासगरी राष्ट्रपति ट्रम्पको कार्यकालका लागि महत्वपुर्ण रुपमा हेरिएको थियो । यस विधेयक पास भएपछि अब सिनेटबाट पनि पास हुनुपर्नेछ । यो सिनेटबाट पनि पास भएमा राष्ट्रपति ट्रम्पका लागि यो निकै ठुलो राजनीतिक जित हुनेछ र उनले आफ्नो चुनावी एजेण्डामा उठाएका उल्लेखनीय विषय समेटिनेछ ।

    १००० पृष्ठभन्दा लामो यो विधेयक रिपब्लिकन नेताहरूले गोपका मध्यमार्गी र कडा धारणा राख्ने सांसदहरूलाई सन्तुष्ट पार्न रातभरमै संशोधन गरेका थिए । यसमा ट्रिलियन डलरको प्रस्तावित कर कटौती र आगामी दशकमा १ ट्रिलियन डलरभन्दा बढीको खर्च कटौती योजना समावेश गरिएको छ ।

    प्रतिनिधि सभाबाट साप भए पनि सिनेटसँगको टकरावको नयाँ चरण सुरू गरेको छ । केही कट्टरपन्थी कन्भरभेटिभ (रूढिवादी) सांसदहरूले प्रस्तावित ४४ ट्रिलियनले ऋण सीमा बढाउने योजना प्रति असन्तुष्टि जनाएका छन् र उक्त विधेयकलाई साना साना टुक्रामा विभाजित गर्न माग गरिरहेका छन् ।

    मेमोरियल डे अघि विधेयक पास गर्ने आफूले तोकेको समयसीमा नजिकिँदै गर्दा, राष्ट्रपति ट्रम्पले मंगलबार क्यापिटल भ्रमण गरी आफ्नै पार्टीलाई पंक्तिबद्ध हुन दवाब दिएका थिए, र योजनाको आलोचना गर्ने सांसदहरूलाई लक्षित गर्दै आक्रोश पोखेका थिए ।

    ट्रम्पको भ्रमणपछिका केही दिनमा केही मध्यमार्गी रिपब्लिकनहरूले आफ्नो विरोध नरम पार्न थालेका थिए । पार्टी नेतृत्वले उच्च करको ब्लू स्टेटहरूबाट आएका रिपब्लिकन सांसदहरूसँग सम्झौता गर्दै कटौती सीमा बढाउने प्रस्ताव राखेपछि उनीहरू आफ्ना क्षेत्रका बासिन्दाहरूका लागि थप कर छुट सुनिश्चित गर्न सहमत भएका थिए । रिपब्लिकन पार्टीका सबै धारका सांसदहरूले यो विधेयक पारित गराउन ट्रम्पले निर्णायक भूमिका खेलेको स्वीकार गरेका छन् । मंगलबार क्यापिटलमा पुगेका ट्रम्पले आफ्नो पार्टीलाई विधेयकको पक्षमा उभिन दबाब दिएका थिए ।

    विधेयकको केन्द्रीय अंश ट्रम्पको २०१७ को कर कटौतीलाई विस्तार गरिएको छ साथै टिप्स र ओभरटाइममा लाग्ने करहरू हटाउने प्रस्तावहरूको लागतले आगामी दशकमा अमेरिकी बजेट घाटामा ट्रिलियनौं डलर थप्ने अनुमान गरिएको छ । विधेयकमा सामाजिक सुरक्षा जाल कार्यक्रमहरूमा व्यापक कटौती पनि समावेश गरिएको छ जसमा यी कटौतीबाट झन्डै १ ट्रिलियन जति बचत हुने अनुमान गरिएको छ । संघीय बजेट विश्लेषकहरूको अनुमान अनुसार, संशोधनहरू नसमेटिएको अवस्थामा पनि यो विधेयकले २ ट्रिलियनभन्दा बढी घाटा बढाउनेछ । व्हाइट हाउसले भने विधेयकले घाटा नबढाउने दाबी गरेको छ ।

    Post Views: 200
    प्रकाशित मिति: २०८२ जेष्ठ १०, शुक्रबार ०७:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. अमेरिकी सरकार ४२ दिन लामो सटडाउन खुल्ने, सिनेटबाट पारित, संसदमा मतदान हुँदै

    • ४. फिर्ता भएका ११ राजदूतमध्ये चारजनाले दिए राजीनामा

    • ५. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.