• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकी संसदबाट व्यापक खर्च कटौति गर्ने विधेयक पारित

  •  खबरमाला संवाददाता
  • २०८२ जेष्ठ १०, शुक्रबार ०७:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ‘द वान व्युटीफुल बील’ नाम दिइएको करहरुको नयाँ व्यबस्था संबन्धि विधेयक अमेरिकी संसदको समितिबाट एक झिनो मतले पारित भएको छ । एक हजार पेजभन्दा बढीको यो विधेयक रिपब्लिकनको बहुमत रहेको कंग्रेसबाट निश्चित रुपमा पारित हुनेछ । तर सबैभन्दा नयाँ र नौलो चाँही अमेरिकाबाट रेमिट्यान्सको माध्यमबाट बैंक, मनी ट्रान्सफर मार्फत बाहिर पठाउने डलरमा कर प्रस्ताव गरिएको छ । जसबाट अमेरिकामा अर्वो डलरको बचत हुने भनिएको छ । अमेरिकी नागरिकालागि भने त्यो रकम बापत कर छुट पाउनेछन ।

    अमेरिकी प्रतिनिधिसभाका रिपब्लिकनहरूले राष्ट्रपति ट्रम्पका कर नीतिहरूलाई अघि बढाउने, मेडिकेड र फूड स्टाम्प (खाद्य सहायता) मा उल्लेखनीय खर्च कटौती गर्ने, लगायत थुप्रै दलगत प्रस्तावहरू समेटिएको एक ठूलो विधेयक पारित गरेको छ । यस विधेयकलाई अमेरिकामा खासगरी राष्ट्रपति ट्रम्पको कार्यकालका लागि महत्वपुर्ण रुपमा हेरिएको थियो । यस विधेयक पास भएपछि अब सिनेटबाट पनि पास हुनुपर्नेछ । यो सिनेटबाट पनि पास भएमा राष्ट्रपति ट्रम्पका लागि यो निकै ठुलो राजनीतिक जित हुनेछ र उनले आफ्नो चुनावी एजेण्डामा उठाएका उल्लेखनीय विषय समेटिनेछ ।

    १००० पृष्ठभन्दा लामो यो विधेयक रिपब्लिकन नेताहरूले गोपका मध्यमार्गी र कडा धारणा राख्ने सांसदहरूलाई सन्तुष्ट पार्न रातभरमै संशोधन गरेका थिए । यसमा ट्रिलियन डलरको प्रस्तावित कर कटौती र आगामी दशकमा १ ट्रिलियन डलरभन्दा बढीको खर्च कटौती योजना समावेश गरिएको छ ।

    प्रतिनिधि सभाबाट साप भए पनि सिनेटसँगको टकरावको नयाँ चरण सुरू गरेको छ । केही कट्टरपन्थी कन्भरभेटिभ (रूढिवादी) सांसदहरूले प्रस्तावित ४४ ट्रिलियनले ऋण सीमा बढाउने योजना प्रति असन्तुष्टि जनाएका छन् र उक्त विधेयकलाई साना साना टुक्रामा विभाजित गर्न माग गरिरहेका छन् ।

    मेमोरियल डे अघि विधेयक पास गर्ने आफूले तोकेको समयसीमा नजिकिँदै गर्दा, राष्ट्रपति ट्रम्पले मंगलबार क्यापिटल भ्रमण गरी आफ्नै पार्टीलाई पंक्तिबद्ध हुन दवाब दिएका थिए, र योजनाको आलोचना गर्ने सांसदहरूलाई लक्षित गर्दै आक्रोश पोखेका थिए ।

    ट्रम्पको भ्रमणपछिका केही दिनमा केही मध्यमार्गी रिपब्लिकनहरूले आफ्नो विरोध नरम पार्न थालेका थिए । पार्टी नेतृत्वले उच्च करको ब्लू स्टेटहरूबाट आएका रिपब्लिकन सांसदहरूसँग सम्झौता गर्दै कटौती सीमा बढाउने प्रस्ताव राखेपछि उनीहरू आफ्ना क्षेत्रका बासिन्दाहरूका लागि थप कर छुट सुनिश्चित गर्न सहमत भएका थिए । रिपब्लिकन पार्टीका सबै धारका सांसदहरूले यो विधेयक पारित गराउन ट्रम्पले निर्णायक भूमिका खेलेको स्वीकार गरेका छन् । मंगलबार क्यापिटलमा पुगेका ट्रम्पले आफ्नो पार्टीलाई विधेयकको पक्षमा उभिन दबाब दिएका थिए ।

    विधेयकको केन्द्रीय अंश ट्रम्पको २०१७ को कर कटौतीलाई विस्तार गरिएको छ साथै टिप्स र ओभरटाइममा लाग्ने करहरू हटाउने प्रस्तावहरूको लागतले आगामी दशकमा अमेरिकी बजेट घाटामा ट्रिलियनौं डलर थप्ने अनुमान गरिएको छ । विधेयकमा सामाजिक सुरक्षा जाल कार्यक्रमहरूमा व्यापक कटौती पनि समावेश गरिएको छ जसमा यी कटौतीबाट झन्डै १ ट्रिलियन जति बचत हुने अनुमान गरिएको छ । संघीय बजेट विश्लेषकहरूको अनुमान अनुसार, संशोधनहरू नसमेटिएको अवस्थामा पनि यो विधेयकले २ ट्रिलियनभन्दा बढी घाटा बढाउनेछ । व्हाइट हाउसले भने विधेयकले घाटा नबढाउने दाबी गरेको छ ।

    Post Views: 260
    प्रकाशित मिति: २०८२ जेष्ठ १०, शुक्रबार ०७:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि
    मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन
    प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानको सर्त अस्वीकार, इन्धनको मूल्यमा वृद्धि

    • २. मध्यपुर्वको संकटको कारण नेपालमा रेमिट्यान्स घट्ने, रोजगारीमा संकट आउने प्रतिवेदन

    • ३. प्रधानन्यायधिष छान्न सरकारले देखाएको तथ्यांक गलत, पहिलो नम्बरमा न्यायधिष फुयाल !

    • ४. बालेन सरकारको एकपछि अर्को निर्णयले जन्माएको गंभीर आशंका !

    • ५. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    चर्चित
    • १. परराष्ट्रद्धारा अमेरिकाका ४ सहित १५ जना नेपाली अबैतनिक महावाणिज्यदुत हटाइए, विदेशी सबै कायम

    • २. ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’: सपना प्रधान मल्ल, कायममुकायम प्रधानन्यायाधीश

    • ३. भारतीय विदेश सचिव विक्रम मिस्रीको काठमाडौँ भ्रमण स्थगित किन भयो ?

    • ४. एक हजार आठ सयभन्दा बढी अव्यवस्थित बसोबासीलाई पुर्जा दिइने

    • ५. म बालेनको कामको समर्थक हुँ तर सर्वोच्च अदालतमा गलत अभ्यास शुरु भयोः पुर्वन्यायधिष बलराम केसी

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.