• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

अमेरिकामा कस्ता व्यक्तिको नागरिकता खोसिन सक्छ ? के हो डिनेचुरलाईजेसन ?

  •  खबरमाला संवाददाता
  • २०८२ असार २२, आईतवार ०८:५२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    अपराध नियन्त्रण गर्ने भन्दै ट्रम्प प्रशासनको निर्देशनमा न्याय विभागले नागरिकता खारेजीलाई उच्च प्राथमिकता दिन आदेश जारी गरेको छ । कानुनत नागरिकता खारेजी अर्को देशबाट अमेरिका आएर नागरिकता लिनेहरुको मात्रै संभव छ यहि जन्मेर नागरिक भएकाहरुको कुनै पनि कानुनले नागरिकता खारेजी गर्न सक्दैन । आप्रवासनलाई कडाई गर्ने क्रममा ट्रम्प प्रशासनको आदेशमा अमेरिकी न्याय विभागले एक परिपत्र जारी गर्दै देशभरका संघीय अभियोजकहरूलाई नागरिकता खारेजी प्रक्रिया प्राथमिकताका साथ र अधिकतम रूपमा अघि बढाउन निर्देशन दिएको छ । यो पहल ट्रम्प प्रशासनको अपराध नियन्त्रण अभियानको हिस्सा भनिएको छ ।
    सहायक महान्यायाधिवक्ता ब्रेट शुमेटद्वारा जुन ११ तारिकका दिन जारी गरिएको ज्ञापनमा भनिएको छ कि राष्ट्रिय सुरक्षामा सम्भावित खतरा पु¥याउने, विशेषगरी आतंकवाद, जासुसी, वा संवेदनशील वस्तु, प्रविधि वा जानकारीको अवैध निर्यातसँग सम्बन्धित व्यक्तिहरू विरुद्धका मुद्दाहरूलाई प्रमुख प्राथमिकतामा राखेर त्यस्ता व्यक्तिहरुको नागरिकता खारेजीसम्म गर्ने उल्लेख छ ।

    सहायक महान्याधिवक्ता शुमेट “नागरिकता खारेजीका फाइदाहरूमा यस्ता व्यक्तिहरूको नागरिकता रद्द गर्ने सरकारको क्षमता समावेश हुन्छ, जसले युद्ध अपराध, गैर–न्यायिक हत्या, वा अन्य गम्भीर मानव अधिकार उल्लंघन गरेका छन, प्राकृतिकृत अपराधीहरू, ग्याङ सदस्यहरू, वा अन्य कुनै व्यक्तिहरू जसले अमेरिकालाई दीर्घकालीन खतरा पु¥याउँछन्, उनीहरूलाई हटाउन; र दोषी आतंकवादीहरूलाई अमेरिकी भूमिमा फर्कन वा अमेरिकी राहदानी प्रयोग गरी अन्तर्राष्ट्रिय यात्रा गर्नबाट रोक्न सकिन्छ ।“ ले लेखेका छन् । शुमेटद्धारा जुन ११ तारिखमा जारी गरेको निर्देशिकामा थप उल्लेख गरेका छन् “यदि कुनै व्यक्तिले ’अवैध रूपमा नागरिकता प्राप्त गरेको’ वा ’महत्वपूर्ण तथ्य लुकाएर वा जानाजान गलत विवरण दिएको’ प्रमाणित भएमा, न्याय विभागले ती व्यक्तिको नागरिकता खारेज गर्न नागरिक प्रक्रिया सुरू गर्न सक्छ ।“

    न्यायविभागद्धारा जारी गरिएको पत्रः
    यदि कुनै व्यक्तिले अवैध रूपमा अमेरिकी नागरिकता प्राप्त गरेको वा महत्वपूर्ण तथ्य लुकाएर वा जानाजान गलत विवरण दिएर नागरिकता प्राप्त गरेको पाइएमा, अमेरिकी न्याय विभागले सो व्यक्तिको नागरिकता रद्द गर्न नागरिक मुद्दा दायर गर्न सक्छ । नागरिकता खारेजीको मुख्य आधार यसप्रकार छन ।
    युद्ध अपराध, न्यायबाहेक हत्या, वा अन्य गम्भीर मानव अधिकार उल्लंघनमा संलग्न व्यक्तिहरूको नागरिकता खारेज गर्न सकिने;
    अपराधमा दोषी ठहरिएका, ग्याङ्ग सदस्य, वा अन्य कुनै खतरनाक व्यक्तिहरू (जसले अमेरिका लागि दीर्घकालीन खतरा पु¥याउँछन) लाई हटाउन सकिने;
    आतंकवादी गतिविधिमा दोषी ठहरिएकाहरूलाई पुनः अमेरिकी भूमिमा फर्कन वा अमेरिकी राहदानी प्रयोग गरी अन्तर्राष्ट्रिय रूपमा यात्रा गर्न रोक लगाउन सकिने ।
    मूल तहमा, यसले अमेरिकी नागरिकता प्रदान गर्ने कार्यक्रमको समग्र अखण्डता र विश्वसनीयता कायम गर्न सहयोग पु¥याउँछ — विशेष गरी उनीहरूको नागरिकता खारेज गरेर, जसले ठगी, झूठा जानकारी, वा महत्वपूर्ण तथ्य लुकाएर नागरिकता प्राप्त गरेका छन् ।
    यसरी, नागरिकता खारेजीको प्राथमिकता दिएर, सरकारले न्यायसंगत र वैध प्रक्रियामार्फत प्राप्त नागरिकताको सम्मान र रक्षा गर्ने कार्य गर्दछ ।
    नागरिक विभागले सबै वैधानिक र प्रमाणद्वारा समर्थित अवस्थामा नागरिकता खारेजी प्रक्रिया प्राथमिकताका साथ र अधिकतम रूपमा अघि बढाउनेछ ।

     

    के हो डिनेचुरलाइजेसन?
    अन्य देशमा जन्मेका तर अमेरिका आएपछि अमेरिकामा नागरिकता लिने व्यक्तिहरुलाई नेचुरलाइज्ड सिटिजन भनिन्छ । अनि त्यस्ता नागरिकहरुको नागरिकता खोस्ने कामलाई डिनेचुरलाइजेसन भनिन्छ । १९४० र ५० को शुरुवातमा मकार्थी एरामा यसको ब्यापक प्रयोग गरिएको थियो भने यो प्रक्रिया अमेरिकामा निरन्तर भै नै रहेको थियो । अमेरिकामा करिव २५ मिलियन बिदेशी नागरिकहरु नेचुरलाइज्ड नागरिक छन् ।
    यो प्रक्रिया बिसेष गरी गम्भीर अपराधमा संलग्न आप्रबासी नागरिकहरु माथि गरिन्छ । नागरिकताको निबेदनमा आफु नाजी वा कम्युनिस्ट पार्टीको सदस्य रहेर पनि झुटो बोलेर “म नाजी वा कम्युनिस्ट पार्टी“ को सदस्य होइन भनेर नागरिकता लिएकाहरुलाई डिनेचुरलाइज्ड गरेर उनीहरुकै देश फर्काउने गरिएको थियो । तर यो खास प्राथमिकतामा थिएन ।

    तर हालसालै अमेरिकाको कानुन मन्त्रालयले यसलाई कडाइसाथ लागु गर्ने मेमो सार्बजनिक भएको छ । आपराधिक पृष्ठभूमि भएका, निबेदन दिंदा विवरण लुकाएका वा फरक दिएका, नाजी वा कम्युनिस्ट पार्टीको सदस्य भएर पनि होइन भनी झुटो बोलेर नागरिकता लिएकाहरु माथि अब प्राथमिकतासाथ छानबिन गरिने र डिनेचुरलाइज गरिने भएको छ ।

    यो कामलाई सजिलो पार्न डिनेचुरलाइज्ड प्रक्रियालाई क्रिमिनल होइन सिभिल मुद्धाको रुपमा प्रस्तुत गरिनेछ जसले गर्दा प्रतिबादिले कानुनी सहायता पाउने छैनन् र दोषी प्रमाणित गर्ने आधार पनि अभियोजनकर्ताहरुलाई सजिलो हुनेछ ।
    तर अहिले यसको दायरा अझै फराकिलो बनाइएको छ । मेडिकेड फ्रड, आर्थिक फ्रड, मेडिकेयर फ्रड गर्नेहरु, झुटो विवरण पेश गरी अमेरिकामा सरकारी सुबिधा लिनेहरु पनि समाबिस्ट हुनेछन । यसरी डिनेचुरलाइज हुनेहरुका परिवारका सदस्यहरु पनि यहि भुङ्ग्रोमा पर्नेछन् ।

    Post Views: 411
    प्रकाशित मिति: २०८२ असार २२, आईतवार ०८:५२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी
    अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?
    यसरी हुनसक्छ युवा व्यवस्थापन
    Advertisement
    ताजा अपडेट
    • १. बाढीपहिरोबाट भएको क्षतिमा ३ अर्ब ७८ लाखको बीमा दाबी

    • २. अबैध आप्रबासन रोक्न युरोपको २९ देशमा डिजिटल सीमा व्यवस्थापन प्रणाली लागूः के हो डिजिटल सीमा व्यवस्थापन प्रणाली ?

    • ३. यसरी हुनसक्छ युवा व्यवस्थापन

    • ४. क्यानडामा अन्तराष्ट्रिय विधार्थीमाथी कडाई, भारतीय विधार्थीको भिषामा उच्च गिरावट

    • ५. न्यूयोर्क मेयरमा माम्दानीको विजयपछि आप्रवासीलाई आईसको त्रास

    चर्चित
    • १. भोजपुर र सङ्खुवासभालाई जोड्ने अरूण नदीको लम्सुवाघाट पक्की पुल १५ वर्षसम्म किन बनेन ?

    • २. विदेशमा रहेका ७० लाख नेपाली मतदानबाट बन्चित गर्ने की मतदानको अधिकार दिने ?

    • ३. अमेरिकाको टेक्सासबाट चार दिनदेखि नेपाली विद्यार्थी वेपत्ता

    • ४. दैनिक एक हजार थान राहदानी उपलब्ध गराइने

    • ५. नेपाल फर्किन टिकट काटेका ११ राजदुतहरु सर्वोच्चको आदेशपछि रोकिए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.