अमेरिकामा बसोबास गर्ने १ सय २५ जना विदेशी भुमिमा जन्मिएका अमेरिकी नागरिकहरू अहिले अरबपति छन्, उनिहरुको सम्पनि एक विलियन डलरदेखि विश्वकैसबै भन्दा धनी ईलन मक्ससम्मका रहेका छन । जुन अहिलेसम्मकै उच्च संख्या हो । फोब्स डटकमका अनुसार उनीहरू ४१ वटा देशबाट अमेरिका आएका हुन्, तर उनीहरू अमेरिका भित्रै धनी बनेका हुन् । अमेरिका त्यस्तो भुमि हो जहाँ अवसर र मिहेनतले त्यो संभव भयो ।

“जब तपाईं त्यस्तो दमनकारी, सर्वसत्तावादी देशमा बाँच्नुहुन्छ जहाँ म हुर्किएँ, र तपाईंसँग पैसा हुँदैन, तब तपाईंलाई भविष्य हुने कुनै आभास हुँदैन, जीवन राम्रो हुनेछ भन्ने आशा पनि हराउँछ, अनि तपाईं सोच्नुहुन्छ—के अझै केही आशा बाँकी छ?“ ७९ वर्षीय अरबपति स्टिभन उदवार–हाजी भन्छन् । उनी सानो छँदा हंगेरीबाट न्यूयोर्क आएका थिए, १४ वर्षको उमेरमा म्यानह्याटनको गोदाममा घन्टाको ३० सेन्टमा बाकस प्याक गर्दै काम गर्थे, र पछि गएर उनले एयरप्लेन लिजिङ उद्योगको सुरुवात गरे ।
“जब तपाईं त्यस्तो अवस्थाबाट बाहिर निस्केर अमेरिका आउनुहुन्छ, तपाईंको मूल्य प्रणाली यहाँ जन्मिएका मानिसहरूसँग बिलकुलै फरक हुन्छ । किनभने उनीहरू त आफ्नो परिवेश, सुविधा, स्वतन्त्रता र भौतिक कुरासँग अभ्यस्त भइसकेका हुन्छन्,“ उदवार–हाजी भन्छन्। “त्यसैले तपाईं फरक ठाउँबाट सुरु गर्नुहुन्छ—जहाँ तपाईं मूल्य सिर्जना गर्ने कुराको कदर गर्नुहुन्छ, तपाईंलाई सहयोग गर्ने मानिसहरूको कदर गर्नुहुन्छ, र तपाईं लक्ष्य निर्धारण गर्न झन प्रेरित हुनुहुन्छ । किनभने तपाईं जतिसक्दो चाँडो आफ्नो विगत र इतिहासबाट टाढा जान चाहनुहुन्छ । प्रेरणा स्तर नै यहाँ जन्मिएका व्यक्तिहरूसँग तुलना गर्दा पूर्ण रूपमा फरक हुन्छ ।“
उदवार–हाजी ती १२५ विदेशी जन्मिएका अमेरिकी अरबपतिहरूमध्ये एक हुन्, जो अहिले अमेरिकामा बसोबास गर्छन । यो संख्या २०२२ मा ९२ थियो, जुनभन्दा एक तिहाइभन्दा बढीले वृद्धि भएको हो । यी १२५ अरबपति आप्रवासीहरू विश्वका ४१ देशबाट अमेरिका आएका हुन र अमेरिकाका झण्डै ९०० अरबपतिहरूमध्ये १४% हिस्सा ओगटेका छन् । यी अमेरिकी आप्रवासीहरूको संयुक्त सम्पत्ति हालसम्मकै उच्च १.३ ट्रिलियन हो, जसले अमेरिकाको कुल ७.२ ट्रिलियन अरबपति सम्पत्तिको १८% हिस्सा ओगटेको छ ।
अमेरिकाका र विश्वका १० जना सबैभन्दा धनी व्यक्तिहरूमध्ये तीन जना आप्रवासी हुन्, जसमा विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मक्स पनि समावेश छन् । ५४ वर्षीय एलन मस्क, जो दक्षिण अफ्रिकामा जन्मिएका थिए र कलेज पढ्न क्यानडामार्फत अमेरिका आएका थिए, हाल अनुमानित रूपमा ३९३.१ अर्ब डलर सम्पत्तिका मालिक छन् ।
दोस्रो सबैभन्दा धनी आप्रवासी हुन् गुगलका सहसंस्थापक सर्गेई ब्रिन, ५१ वर्षका, जसको अनुमानित सम्पत्ति १३९.७ अर्ब डलर छ । ब्रिनको परिवार जब उनी ६ वर्षका थिए, तब उनीहरू रुसबाट अमेरिका आएका थिए त्यहाँ भोगेको यहूदी विरोधी व्यवहारबाट बच्नका लागि आएको बताइएको छ ।
अमेरिकाका तेस्रो सबैभन्दा धनी आप्रवासी हुन् एनभिडिया (एनभिआइडिआईए) का सहसंस्थापक तथा जेनसन हुआङ, ६२ वर्षीय । उनी ताइवानमा जन्मिएका थिए र बाल्यकालमा आफ्नो परिवारसँग थाइल्याण्ड सरे । जब हुआङ ९ वर्षका थिए, तब थाइल्याण्डमा व्याप्त सामाजिक अशान्तिबाट बच्न उनका अभिभावकले उनलाई र उनका दाजुलाई अमेरिका पठाए । अहिले उनि १३७.९ अर्ब सम्पत्तिका मालिक छन । हुआङ ताइवानबाट आएका ११ जना अरबपति आप्रवासीहरूमध्ये एक हुन । यो संख्या २०२२ मा ४ मात्र थियो । यसले ताइवानलाई इजरायलसँग बराबरीमा ल्याएको छ, फोब्र्सको २०२५ सूचीमा दोस्रो सबैभन्दा धेरै अरबपति आप्रवासी दिने देशका रूपमा । साथै, ताइवानले सबैभन्दा ठूलो वृद्धिदर देखाएको छ ।
ताइवानबाट नयाँ अनुहारहरूमध्ये एक हुन् हुआङका सम्धिनी र चिप उत्पादनमा प्रतिस्पर्धी, लिसा सु, ५५ वर्षकी । उनी १७ जना महिला अरबपति आप्रवासीहरूमध्ये एक हुन २०२२ मा यो संख्या १० मात्र थियो ।
सूचीमा नयाँ प्रवेश गर्ने अर्को महिला हुन् ईरानमा जन्मिएकी माकी जानागानेह । “आप्रवासी हुनु भनेको उत्कृष्ट अवसरको खोजी गर्नु हो, नयाँ परिवेशमा ढल्न जान्नु हो, तर आफ्ना मूल मूल्यहरूप्रति दृढ रहनु पनि हो,” भन्छिन् ५४ वर्षीया जानागानेह , । जो सन् २००२ मा युरोपमा कम्पनीको सञ्चालन सम्हालिसकेपछि अमेरिकी कम्पनीमा काम गर्न आएकी थिइन् । अहिले उनी एक बायोटेक कम्पनीकी भिपी हुन्, जसको स्टक गत वर्षमा झण्डै २००% ले बढेको थियो । यस कम्पनीको उदीयमान फोक्सोको क्यान्सर औषधि विकासका कारण जानागानेह अरबपति सूचीमा परेकी हुन् ।
“व्यापारमा पनि त्यही कुरा लागु हुन्छ—सधैं सतर्क रहनुपर्छ, निरन्तर विकसित हुनुपर्छ, र कुनै पनि चुनौतीमा टिक्न सक्ने जुझारु क्षमता हुनु पर्छ । यही सोचले नै मेरो सफलता बनाएको हो,” उनले फेब्सलाई बताएकी छिन । त्यसैगरी भारतबाट थपिएका छन ५ नयाँ आप्रवासी अरबपति । फोब्र्सको २०२५ को सूचीमा भारतले दोस्रो धेरै (५ जना) नयाँ आप्रवासी अरबपति थपेको छ र अब भारतमा जन्मिएर अमेरिकामा व्यापार गरेका १२ जना अरबपति आप्रवासी छन ।
भारतबाट आएका नयाँ अनुहारहरूमा सुन्दर पिचाई, सत्या नडेला (५७ वर्ष) र निकेश अरोरा (५७ वर्ष) रहेका छन । अमेरिकाको तीन–कम्मा क्लब (अरबपतिहरू) मध्ये एक चौथाइभन्दा धेरैले सम्पत्ति उत्तराधिकारमा पाएका हुन्, तर आप्रवासी अरबपतिहरूमध्ये ९३% स्वनिर्मित छन् । यी मध्ये करिब दुई–तिहाइले सम्पत्ति प्रविधि वा वित्तीय क्षेत्रमा स्थान बनाएका छन । जहाँ क्रमशः ५३ जना र २८ जना आप्रवासी अरबपति बनेका छन् ।
इजरायलमा जन्मिएका भेन्चर पुँजी लगानीकर्ता, ओरेन जीव (६० वर्ष), यी सफल स्व–निर्मित आप्रवासीहरूमध्ये एक हुन् । “मेरो सफलताको मूल कारणमध्ये एउटा यो हो कि मेरो फरक पृष्ठभूमिका कारण, म बाँकी धेरै भेन्चर क्यापिटालिस्ट भन्दा फरक ढंगले सोच्न र काम गर्न सक्षम भएँ,“ ओरेन जीव बताउँछन । उनी सन् २००२ मा अमेरिका आएका थिए र अडियोबुक सेवा, शैक्षिक प्रविधि कम्पनी, र मालसामान ढुवानी इकाई जस्ता कम्पनीहरूमा प्रारम्भिक लगानी गरेका थिए । “म विश्वास गर्छु, म धाराको विपरीत सोच्ने हुन सजिलो मान्थें—र भेन्चर क्यापिटलमा यो ठूलो फाइदा हुन सक्छ भन्दै त्यतैतिर लागे ।
अचम्मको कुरा होइन—धेरै आप्रवासीहरू अमेरिका पढ्न आए र कहिल्यै फर्किएनन्, जसमा एलन मस्क र ६५ वर्षीय साइबर सुरक्षा उद्योगपति जय चौधरी पनि पर्छन् । चौधरी सन् १९८० मा भारतबाट पहिलोपटक विमान चढेर अमेरिका आएका थिए, जब उनी स्नातकोत्तर अध्ययन गर्न आएका थिए ।
ज्याक्सनभिल जगुआर्स फुटबल टोलीका मालिक शाहिद खान, ७४ वर्षका, १६ वर्षको उमेरमा अमेरिका आएका थिए, र परिवारको अधिकांश बचत खर्च गरी अध्ययन गर्न एक–तर्फी टिकट लिएर आएका थिए ।
अमेरिका आएको २४ घन्टाभित्रै उनले “अमेरिकन ड्रीम“ को एक झलक पाए—४१.२० प्रति घण्टा भाडा थाली धुने काम पाए, जुन उनको भनाइ अनुसार “घर फर्किए ९९% मानिसले त्यो भन्दा कम कमाउँथे“।
“त्यो दिनदेखि मैले कदर गर्न जानें, नम्रता र आत्मबल महसुस गर्न थालेँ, जुन मैले पहिले कहिल्यै अनुभूत गरेको थिइनँ,” भन्छन् खान, । जो गाडीका पाट्र्स बनाउने कम्पनीका संस्थापक हुन् । उनले आफ्नो पुरानो विश्वविद्यालयलाई करीब ३० मिलियन दान गरिसकेका छन् ।
त्यसैगरी ६२ वर्षीय नुबार अफेयान पनि अमेरिका अध्ययनकै लागि आएका थिए । सन् १९७५ मा लेबनानी गृहयुद्ध बाट बाँच्न उनी आफ्नो परिवारसँग क्यानडाको मोन्ट्रियल भागेका थिए । पछि आएर उनले एमआईटीबाट बायोक्यामिकल इन्जिनियरिङमा पिएचडी गरे (सन् १९८७ मा) र पछि म्यासाचुसेट्स बसोबास गर्न थाले । जहाँ उनले कोभिड १९ खोप बनाउने कम्पनीको सह–स्थापना गरे र अहिले बोर्ड अध्यक्ष हुन् ।
सन् २०२५ को जुन महिनामा अफेयानलाई बोस्टनको जोन एफ. केनेडी राष्ट्रपति पुस्तकालयमा आयोजित नागरिकता समारोहमा नयाँ अमेरिकी नागरिकहरूसँग आफ्नो यात्रा र विचारहरू बाँड्न आमन्त्रण गरिएको थियो । उनले फोब्र्ससँग कुरा गर्दै अफेयान भन्छन्, “मैले नयाँ आप्रवासीहरूलाई जुन सल्लाह दिन्छु, त्यो उनीहरू मात्र होइन—तिनका पुर्खाहरू लामो समय अघि अमेरिका आएका अमेरिकीहरूका लागि पनि लागु हुन्छ ।” “किनभने, तपाईं आप्रवासी नभए पनि, तपाईंमा ‘आप्रवासी सोच’ हुन सक्छ,” अफेयानको विश्वास छ ।
“आप्रवासी सोच भन्ने कुरा मूलतः यस्तो हो—‘मलाई केही पनि जन्मसिद्ध रूपमा दिइएको होइन, म यसको हकदार होइन, मैले मेहनत गरेर आफैं त्यसलाई बनाउनु पर्छ,’” भन्छन् नुबार अफेयान । “आप्रवासी यात्रा प्रायः संघर्षले भरिएको हुन्छ, तर त्यस यात्राबाट प्राप्त हुने सहनशीलता एक ठूलो फाइदा हो । यदि तपाईंले त्यसलाई सही तरिकाले प्रयोग गर्न सक्नुभयो भने । तर तपाईं जतिसक्दो बढी अपेक्षा र माग गर्न थाल्नुहुन्छ, तपाईंको आप्रवासी सोच त्यति नै हराउँदै जान्छ, अनि त्यो फाइदासमेत खेर जान थाल्छ ।”
अफेयानका अनुसार, अमेरिका महान् हुनुको कारण यही आप्रवासी सोच नै हो । “मैले धेरै देशहरू र संस्कृतिहरू देखेको छु, तर अमेरिका जस्तो ‘आप्रवासीहरूको भूमि’ अरू कतै छैन,” उनी भन्छन् । “म सोच्छु, यो भावना जोगाउन अमेरिकामा हामीले सक्दो प्रयास गर्नुपर्छ ।” विदेशमा जन्मिएका अमेरिकी नागरिकहरू, जो अहिले संयुक्त राज्य अमेरिका भित्रै बसोबास गरिरहेका छन् ।
४६ जना गैरनागरिक अरबपतिहरू, जो अमेरिका बसोबास गरिरहेका छन् उदाहरणः एन्ड्रियास हल्भोर्सन, एडम न्यूम्यान हुन । १६ जना विदेशी जन्मिएका अमेरिकी नागरिकहरू, जो अहिले अमेरिका बाहिर बसोबास गरिरहेका छन् लेन ब्लाभाटनिक । विश्वप्रसिद्ध पत्रिका फोब्सको रिपोर्टको नेपाली भाषामा साभार गरिएको हो ।



