• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

नेपालकै पुरानो टिभी च्यानल ईमेज च्यानल कामना प्रकासन समुहले किन्यो

  •  खबरमाला संवाददाता
  • २०८२ असार ३१, मंगलवार ०६:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानल कामना प्रशकासन समुहको प्रमुख दिरेकलाल श्रेष्ठले किनेर व्यवस्थापन हस्तान्तरण भएको छ । विगत २७ वर्षदेखि आरके मानन्धरको अध्यक्षतामा सञ्चालन हुँदै आएको ईमेज च्यानल टेलिभिजन २०८२ साल साउन १ गतेदेखि नयाँ व्यवस्थापन अन्तर्गत सञ्चालन हुने भएको छ । ईमेज च्यानल टेलिभिजनसँगै ईमेज एफएम ९७।९ र ईमेजखबर डट कम पनि नयाँ व्यवस्थापन अन्तर्गत नै सञ्चालन हुनेछन् ।

    नयाँ व्यवस्थापनको कार्यकारी अध्यक्षमा परिचित सञ्चार उद्यमी एवं कामना प्रकाशन गृहका प्रमुख कार्यकारी दिरेकलाल श्रेष्ठ रहनुभएको छ भने प्रबन्ध निर्देशकमा अर्का सञ्चार उद्यमी चेङ अग्रवाल रहनुभएको छ । नयाँ व्यवस्थापनले यस ईमेज च्यालन टेलिभिजनमा कार्यरत जगदीश खरेललाई समाचार प्रमुखको जिम्मेवारी समेत प्रदान गरेको छ ।

    लाजिम्पाटस्थित ईमेज च्यानलको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरले नयाँ व्यवस्थापनलाई जिम्मेवारी हस्तान्तरण गर्नुभयो । समारोहमा अध्यक्ष मानन्धरले युवा सञ्चार उद्यमीहरुको काँधमा जिम्मेवारी विसाउन पाउँदा आफूलाई सन्तोष लागेको बताउनुभयो ।
    सो अवसरमा कार्यकारी अध्यक्ष दिरेकलाल श्रेष्ठले ईमेज च्यालन टेलिभिजनको छविको ख्याल गर्दै कम्पनीलाई अघि बढाउने बताउनुभयो । आफूले नेपालको पुरानो प्रकाशन गृह कामना पब्लिकेसनबाट पत्रकारिता सिकेको उल्लेख गर्दै उहाँले आफ्नो डेढ दशकभन्दा बढी समयको छापा माध्यमको अनुभव र ईमेजको तीन दशकको गर्विलो ईतिहासलाई एकाकार गरेर नयाँ उचाईमा पुर्‍याउने अठोट व्यक्त गर्नुभयो ।

    त्यसैगरी नवनियुक्त समाचार प्रमुख जगदीश खरेलले टेलिभिजनका दर्शक नघटेको तर टेलिभिजन हेर्ने माध्यम फेरिएको बताउनुभयो । समाचार तथा समाचारजन्य सामाग्री सशक्त हुनुपर्ने भन्दै उहाँले टेलिभिजनलाई आजको प्रविधिसँग जोड्नुपर्नेमा जोड दिनुभयो ।

    व्यवस्थापन परिवर्तनसँगै अब छापा माध्यम पनि हामीसँग जोडिएको छ । २०४१ साल मंसिर १५ गतेदेखि निरन्तर सञ्चालनमा रहँदै आएको नेपालको पहिलो संस्थागत प्रकाशन गृह कामना प्रकाशन गृह अब हाम्रो भगिनी संस्थाको रुपमा जोडिएको छ । टेलिभिजन, रेडियो, अनलाइन र छापा गरी चार वटै माध्यमबाट अझ सशक्त र प्रभावकारी रुपमा प्रस्तुत हुने प्रतिवद्धता पनि नयाँ व्यवस्थापनले जनाएको छ ।

    Post Views: 453
    प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार ०६:१२
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी गायिका जेसिका काठमाडौँमा
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    • ५. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.