• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली पठाउने ट्रम्पको घोषणा

  •  खबरमाला संवाददाता
  • २०८२ असार ३१, मंगलवार ०८:४६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    युद्धविरामका लागि निरन्तर पहल गरिरहँदा पनि युक्रेनमा मस्कोले आक्रमण नरोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी समकक्षी भ्लादिमिर पुटिनप्रति असन्तुष्ट देखिएका छन् ।जसका कारण ट्रम्पले आइतबार युक्रेनलाई ‘प्याट्रियट एयर डिफेन्स सिस्टम’ पठाउने घोषणासँगै रुसमाथि नयाँ प्रतिबन्ध लगाउने संकेत गरेका छन् ।

    ‘हामी प्याट्रियट पठाउने छौं, जसको उनीहरूलाई अत्यन्त आवश्यक छ,’ यसबाहेक युक्रेनलाई अरू कति हतियार पठाउने भन्ने स्पष्ट नगरीकनै ट्रम्पले आइतबार भनेका हुन् । ‘मैले अझै संख्यामा सहमति गरेको छैन तर उनीहरूका लागि सुरक्षा आवश्यक छ,’ ट्रम्पले न्युजर्सीमा आयोजित फिफा क्लब विश्वकप फाइनलपछि पत्रका रलाई भनेका हुन् । ट्रम्पले सोमबार वासिङ्टनमा नाटो महासचिव मार्क रुटसँग कूटनीतिक भेट गर्नुअघि यस्तो घोषणा गरेका हुन् । यसै साता अमेरिकी विशेषदूतले पनि युक्रेनको भ्रमण गरेपछि ट्रम्पले युक्रेनलाई हतियार दिने बताएका हुन् ।

    रुस–युक्रेन लडाइँ तीन वर्षदेखि चलिरहेको छ । युद्धविरामका लागि पहल भइरहँदा एकअर्काप्रतिको आक्रमण झन् तीव्र हुँदै गएपछि वार्ताको वातावरण बिथोलिँदै गएको छ । ह्वाइट हाउसले यसअघि किएभलाई हतियार वितरण रोक्ने घोषणा गरेको थियो । तर आफ्नै घोषणालाई खारेज गर्दै ट्रम्पले नयाँ सम्झौता गरेका हुन् । नयाँ सम्झौतामा वासिङ्टनले किएभमा पठाउने केही हतियारका लागि नाटोले अमेरिकालाई भुक्तानी गर्ने उल्लेख छ । ‘हामी मूलतः तिनीहरूलाई विभिन्न अत्याधुनिक सैन्य सामग्री पठाउने छौं, त्यसको बदलामा नाटोले हामीलाई शतप्रतिशत भुक्तानी गर्नेछ,’ ट्रम्पले भने, ‘यो हाम्रा लागि व्यापार हुनेछ ।’

    त्यसो त ट्रम्पले पछिल्लो समय आफू पुटिनप्रति ‘निराश’ भएको दोहोर्‍याउँदै आएका छन् । ‘पुटिनले साँच्चै धेरै जनालाई चकित पारेका छन्, उनी दिनभर मीठो बोल्छन् अनि साँझ परेपछि सबैलाई बम हान्छन्,’ पुटिनप्रति असन्तुष्टि पोख्दै ट्रम्पले आइतबार भनेका थिए । गत साता पनि ट्रम्पले पुटिनलाई युक्रेनसँगको युद्ध सम्बन्धमा वासिङ्टनमा ‘मूर्खतापूर्ण’ कुरा गरेको आरोप लगाएका थिए । उता, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसै साताको सुरुवातमा युक्रेन ‘नयाँ प्याट्रियट प्रणाली र तिनीहरूका लागि आवश्यक पर्ने मिसाइलहरूका लागि बहुस्तरीय सम्झौता गर्ने गरी नजिक पुगेको’ बताएका थिए ।

    गत जनवरीमा राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्केपछि ट्रम्पले युरोपेली सहयोगीहरूको भावनाविपरीत रुसका लागि लगाइएका प्रतिबन्धहरू रोक्दै युद्ध अन्त्यका लागि रुसी नेतासँग काम गर्न सक्ने कुरामा जोड दिएका थिए । तर रुसले भने वासिङ्टन र किएभले प्रस्ताव गरेको युद्धविरामलाई बेवास्ता गर्दै निरन्तर हमला गर्दै आएको छ । जसले गर्दा ट्रम्पले अन्ततः रुसप्रति प्रतिबन्धहरू थप कडा गर्न आफू तयार रहेको आइतबार संकेत दिएका हुन् । रुसविरुद्ध कुनै प्रतिबन्धको घोषणा गर्न लागिएको हो भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले भनेका छन्, ‘भोलि के हुन्छ, हामी त्यहीअनुसार अघि बढ्छौं ।’ उनले नाटो महासचिव मार्क रुटसँगको भेटलाई महत्त्व दिँदै यसो भनेका हुन् ।

    आइतबार अमेरिकी सिनेटरहरूले ट्रम्पलाई रुसविरुद्ध प्रयोग गर्न कडा प्रतिबन्धहरू लगाउने द्विदलीय विधेयकमाथि जोड दिएका थिए । प्रतिबन्ध विधेयकले ट्रम्पलाई ‘पुटिनको अर्थतन्त्र र पुटिनको युद्ध मेसिनलाई समर्थन गर्ने सबै देशलाई निसाना बनाउन अनुमति दिनेछ,’ रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले सीबीएस न्युजलाई भनेका थिए, ‘यसले राष्ट्रपति ट्रम्पलाई रुसलाई सहयोग गर्ने कुनै पनि देशमा पाँच सय प्रतिशत कर लगाउने क्षमता दिनेछ,’ ग्राहमले भने । यसमा चीन, भारत वा ब्राजिलजस्ता रुसी सामानहरू खरिद गर्ने अर्थतन्त्रहरू समावेश हुन सक्छन् । राष्ट्रपति ट्रम्पका लागि यो युद्ध अन्त्य गर्न स्लेजह्यामरको हतियार रहेको पनि उनले बताए ।

    युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पनि ट्रम्पले प्रयोग गर्न सक्ने ‘स्लेजह्यामर’ प्रतिबन्धप्रति समर्थन गर्दै एक्समा एक पोस्ट गर्दै भनेका छन्, ‘निःसन्देह पनि यो प्रस्तावित विधेयक वास्तवमा शान्ति कायम गराउने उपयुक्त कूटनीति पहल हुन सक्छ र यसबाट सबैलाई लाभ नै मिल्नेछ ।’ ग्राहमसहित डेमोक्रेटिक सिनेटर रिचर्ड ब्लुमेन्थलले पनि सोमबार राति नाटोका महासचिव रुटसँग भेटघाट गर्ने तय भएको छ । ब्लुमेन्थलले युक्रेनको पहुँचका लागि युरोप र संयुक्त राज्य अमेरिकामा फ्रिज भएको रुसी सम्पत्तिहरू खोल्ने कानुनी रूपमा कठिन मुद्दाबारे पनि छलफल गर्ने बताउँदै भनेका छन्, ‘संयुक्त राज्य अमेरिकासँग भएको पाँच अर्ब डलर पनि पहुँच गर्न सकिन्छ र मलाई लाग्छ यो गर्ने समय आएको छ ।’

    Post Views: 285
    प्रकाशित मिति: २०८२ असार ३१, मंगलवार ०८:४६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने
    भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ
    प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !
    Advertisement
    ताजा अपडेट
    • १. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • २. भारतको अर्थतन्त्र खस्किएर बेलायतभन्दा पछाडि छैटौँ स्थानमा पुग्यो : आइएमएफ

    • ३. प्रवासमा एक हप्तामा दुई नेपालीको हृदयविदारक निधनः जसले नेपाली प्रवासीलाई झस्काईरहने छ !

    • ४. स्पेनमा पाँच लाख अबैध आप्रवासीलाई वैधता दिने !

    • ५. मानव अधिकार आयोगले भदौ २३ र २४ को आन्दोलनको प्रतिवेदन १६ बैशाखमा सरकारलाई बुझाउँदै

    चर्चित
    • १. अमेरिकी सहायक विदेशमन्त्रि कपुर सोमबारबाट नेपाल भ्रमणमा

    • २. टर्कीद्धारा नेपालमा दूतावास खोल्ने विषय भारतका लागि किन समस्या ?

    • ३. क्यानडा विदेशी विद्यार्थीका लागि आकर्षक गन्तव्य बन्दैः पढाई पुरा गरेपछि सजिलै पिआर पाउने

    • ४. संयुक्त राष्ट्रसङ्घ महासचिवको दौडमा को को हुन प्रतिस्पर्धी चारजना ?

    • ५. नेपाल-अमेरिका सम्बन्धमा भूकम्पीय धक्का

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.