• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

विनाभिषा आउनेका लागि “अमेरिकी सपना”मा लागेको पर्खालः अमेरिका–मेक्सिको र क्यानडा सीमाको रोचक तथ्यहरु !

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण १, बुधबार ०५:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    विना भिषा सिमाबाट अमेरिका छिर्ने आप्रबासीको सपना अब सपनामा नै सीमित हुने देखिन्छ । अमेरिकी सरकारले बढ्दो सुरक्षा चुनौतिका कारण भन्दै शुरु गरेको अमेरिका–मेक्सिको र क्यानडाको सिमालाई व्यवस्थापन गर्ने कार्यसंगै विना भिषा अमेरिकी भुमिमा प्रबेश गर्ने कार्य अब असंभव बन्दै गएको छ । कुनै माध्यमबाट अमेरिका प्रबेश गरे पनि अमेरिकी भुमिमा कानुनी हैसियत पाउन झन कठिन हुने पछिल्लो समय राष्ट्रपटि ट्रम्पद्धारा हस्ताक्षरित बीग बीलको कारण असंभव हुने अवस्था छ ।
    खास गरी अमेरिका मेक्सिको सीमाको कुल लम्बाइ करिब १ हजार ९ सय ५४ माइल छ । सेप्टेम्बर २०२३ सम्ममा जम्मा ७ सय ४१ माइल सीमा पर्खाल बनाइएको थियो । जसमा पैदलयात्रु रोक्ने र सवारी रोक्ने दुवै प्रकारका अवरोधका रुपमा बनाइएको हो । मेक्सिको सिमाबाट अमेरिका हिडेर आउने अबैध आप्रवासीलाई रोक्न यो पर्खालका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यस बर्षको बहु चर्चित बीग ब्यूटिफुल बीलमा ठुलो रकम छुट्याएका छन । त्यो सिमामा पहिले खासै पर्खाल थिएन, जति बेला राष्ट्रपतिमा ट्रम्पले जिते सन् २०१७ मा त्यसबेलादेखि यो पर्खालको बढी नै चर्चा हुन थाल्यो । हुन पनि बर्षेनी यो सिमाबाट दशौ लाख मानिस अमेरिकी भुमिमा विना भिषा प्रवेश गर्दथे ।

    सो सिमामा पैदलयात्रु हिड्न मिल्ने गरी पर्खाल ६३६ माइल लामो डिजायन छ । जसले मानिसलाई पैदल सीमा पार गर्न रोक्न डिजाइन गरिएको हो । सवारी पर्खाल १०५ माइल छ र जसले सवारीसाधनलाई रोक्छ, तर मानिसले सजिलै पार गर्न सक्छन् । पुराना सवारी पर्खालको प्रतिस्थापन गर्न १९५ माइललाई अग्लो पर्खालले प्रतिस्थापन गरिएको छ । त्यसपछि सजिलै अमेरिका छिर्न कठिन भएको बताइएको छ ।


    अघिल्लो बाइडेन प्रशासनले (अक्टोबर २०२३) मा आप्रवासीहरूको बढ्दो आवागमनलाई कारण देखाउँदै २० माइल पर्खाल निर्माण पुनः सुरु गरेको बताइएको छ । टेक्सास पर्खाल परियोजना (जुलाई २०२४) अनुसार टेक्सासका गभर्नर ग्रेग एबटले सुरु गरेको पर्खाल परियोजना ३० वर्ष लाग्ने र २० अर्ब डलर खर्च हुने बताइएको छ, किनभने पर्खाल निर्माणका लागि जमिन अधिग्रहणमा कठिनाइ काम भनिएको छ ।

    जुलाईमा २०२५ अमेरिकी कङ्ग्रेसले सीमा पर्खाल पूर्ण बनाउन ४६.५ अर्ब डलरको बजेट पारित गरेको छ । जसले सिमाबाट अमेरिका छिर्न पुर्णत बन्द हुनेछ । जनवरी २० मा राष्ट्रपति ट्रम्पले सत्ता लिएपछि फेब्रुअरीबाट एल पासो क्षेत्रमा सिमा पर्खाल निर्माण पुनः सुरु गरिएको छ ।


    जुन २०२५ बाट होमल्याण्ड सेक्युरिटी विभागले एरिजोना र न्यू मेक्सिकोमा ३६ माइल नयाँ पर्खाल छिटो निर्माण गर्न कानुनी छुट पाएपछि पर्खालनिर्माण कार्य द्रुत गतिमा अगाडी बढेको छ । हालसम्म अमेरिकाले करिब ८ सय ३७ माइल जति सीमा पर्खाल बनाइसकेको वा निर्माण गरिरहेको छ जुन करिब ४३% कुल सिमा पर्खालको भाग हो ।
    जब राष्ट्रपति ट्रम्पले बीग बीलमा हस्ताक्षर गरे ४६.५५ अर्ब भौतिक निर्माणका लागि जस्तै क्यामेरा, बत्ती, सेन्सर आदिको निर्माण, जडान वा सुधारका लागि बजेट छुट्याइएको छ । जुन कार्य अमेरिका–मेक्सिको र अमेरिका–क्यानाडा सीमाका पैदल यात्रा गर्दै अमेरिका प्रवेश गर्ने सिमामा निर्माण गरिनेछ ।

    ह्वाइट हाउसले जनाएअनुसार यो बजेटले ७०१ माइल प्राथमिक पर्खाल, ९०० माइल नदी अवरोध क्षेत्र, ६२९ माइल सेकेन्डरी पर्खाल बनाउन, १४१ माइल सवारी र पैदल अवरोध हटाउन केन्द्रित हुनेछ ।

    उता पछिल्ला बर्षहरुमा क्यानडाबाट अमेरिका छिर्नेको सख्या पनि उल्लेख्य बृद्धि भएपछि अमेरिका क्यानडा बोर्डर पनि सिल गरिएको छ । पछिल्लो बाईडन प्रशासनको चार बर्षे अबधिमा क्यानडाबाट अमेरिका अबैध रुपमा छिर्नेको सख्या दशौ गुणाले बृद्धि भएको एक तथ्यांकले देखाएको छ । खासमा अमेरिका–क्यानडा सीमासंसारकै लामो अन्तराष्ट्रिय सिमा हो । अमेरिका–क्यानडा सीमा संसारकै सबैभन्दा लामो अन्तर्राष्ट्रिय सिमा हो, जसको लम्बाइ करिब ५,५२५ माइल अर्थात (८,८९१ किलोमिटर) लामो छ ।

    क्यानडा र अलास्का राज्यबीचको सीमा ८ हजारभन्दा बढी सीमा चिन्ह बिन्दुहरू रहेका छन । यसले सिमी क्षेत्रमा २० फिट चौडाइको मार्ग पनि कायम राख्छ । जसमा सीमा जंगल, पहाड, सहर र जंगल क्षेत्रहरु पर्दछ । ग्रेट लेक्स, अटलान्टिक, र प्यासिफिक महासागरका भागहरू पनि यस सीमामा पर्छन् । यो सीमा पूर्ण रूपमा विवादरहित मानिन्छ । सन् १७८३ को ट्रिटी अफ पेरिसबाट पहिलोपटक यो सीमा स्थापित गरिएको ईतिहास छ । पछि विभिन्न सन्धि र सम्झौताहरूमार्फत यसमा केही परिमार्जन गरिएको पाईन्छ ।

    यो सिमाबाट पछिल्लो चारबर्षमा सन २०२१ मा २७ हजार, २२ मा एक लाख ९ हजार, २३ मा एक लाख ९० हजार र २४ मा २ लाख मानिस अबैध रुपमा क्यानडाबाट अमेरिका प्रबेश गरेको तथ्यांक छ । त्यसैले वर्तमान राष्ट्रपति ट्रम्पले सिमा व्यवस्थापन शुरु गरेका हुन । यो सिमाबाट सबैभन्दा बढी भारतीयहरु अमेरिका छिरेको बताइएको छ । क्यनडामा खुलेका भारतीय मुलका व्यापारीले अमेरिका छिराउने भन्दै व्यापक मानव तस्करी गरेको घटनाले भारत क्यानडाको कुटनीतिक चासो नै बनेको थियो । त्यसैले विस्तारै अब विना भिषा अमेरिका आउने अमेरिकी सपना सपनामा नै सिमिति हुँदै जाने निश्चित छ त्यसैले दलालको भुलभुलैयामा पर्नु पहिले ख्याल गर्नु जरुरी छ । अमेरिकी सुरक्षा नीतिमा चुनौति र बढी रहेको अपराधका मुख्य कारणहरु सिमाबाट अमेरिका छिरेका लाखौ अबैध आप्रवासीहरु नै हुन । जहाँबाट दुखी पीडित धेरै प्रबेश गरेहोलान तर हजारौ अपराधिक पृष्ठभुमिका, अपराध कर्म गरेकाहरु, चोरी ठगीमा परेकाहरु छन । उनिहरु अबैध बाटोबाट अमेरिका आएर त्यहि कर्म जारी राखेपछि सुरक्षा चुनौति हुनु स्वाभाविक पनि हो त्यसलाई नियन्त्रण गर्नु अमेरिकी सरकारको प्रमुख दायित्व हो । विभिन्न अन्तराष्ट्रिय सन्चारमाध्यमको तथ्यांकहरुमा आधारित

    Post Views: 356
    प्रकाशित मिति: २०८२ श्रावण १, बुधबार ०५:३५
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार
    अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित
    अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज
    Advertisement
    ताजा अपडेट
    • १. इरान–अमेरिका युद्धविराम थप ६० दिन विस्तार

    • २. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ३. अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावाससहित र ६ कुटनीतिक नियोगहरु खारेज

    • ४. क्यानडा सरकारद्धारा मे २९ लाई नेपाल हेरिटेज डे मनाउने घोषणा

    • ५. अमेरिकामा डा. चन्द्र गिरीको उपन्यास “डंकी : सपनाको कालबाटो” को आवरण सार्वजनिक

    चर्चित
    • १. अमेरिकामा ग्रीनकार्ड लिन चाहनेले आफ्नै देश फर्केर आवेदन दिनुपर्ने

    • २. अन्नपुर्ण मिडियाका महाप्रबन्धक बस्नेत सफोल्क काउन्टी अमेरिकाद्धारा सम्मानित

    • ३. मानव अधिकार आयोगको प्रतिवेदनलाई किन दिइन्छ अन्तर्राष्ट्रिय मान्यता ?

    • ४. प्रधानमन्त्रिद्धारा युरोपेली संघ गैरआवासीय राजदूतसंग भेटघाट हुँदै, पार्टी सभापति लामीछानेको भारत भ्रमणबारे सरकार बेखबर ?

    • ५. १ अर्ब २० करोड मानिस मानसिक रोगीः अध्ययन

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.