• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

सिलिकन भ्यालीमा बढ्दो असमानता, नौ जनाको सम्पत्ति १५% अर्थात ६८३.२ अर्ब डलर

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ८, बुधबार ०५:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    डलर अवैपतिहरुको स्वर्ग भनेर चिनिएको अमेरिकाको सिलिकन भ्यालीमा आर्थिक असमानतासम्बन्धि एक आश्र्चयजनक रिर्पोट सार्वजनिक भएको छ । सान होसे स्टेट युनिभर्सिटीको नयाँ अनुसन्धान अनुसार, जम्मा नौ घरधुरीले त्यस क्षेत्रको सम्पत्तिको १५% हिस्सा ओगटेको छ । त्यहाँका जम्मा ०.१% बासिन्दाले प्रविधि केन्द्रको ७१% सम्पत्ति ओगटेका छन् ।

    यी निष्कर्षहरू २०२५ को “सिलिकन भ्याली पेन इन्डेक्स“ बाट आएका हुन्, जुन सन् २०२० देखि सान होसे स्टेट युनिभर्सिटीको मानव अधिकार संस्थानले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको छ । यस प्रतिवेदनले सिलिकन भ्यालीमा रहेको “संरचनात्मक असमानता“ को मात्रात्मक मूल्याङ्कन गर्ने उद्देश्य राखेको छ, र “यो अवस्था“ लाई व्यक्तिगत तथा सामुदायिक पीडा वा कष्टका रूपमा मापन गरिएको छ ।

    यस वर्षको सूचकांकले देखाएको छ कि विगत एक दशकमा सिलिकन भ्यालीमा सम्पत्तिको खाडल संयुक्त राज्य अमेरिका भरको तुलनामा दोब्बरका दरले बढेको छ । सिलिकन भ्यालीका नौ सबैभन्दा धनी घरधुरीहरूले कुल ६८३.२ अर्ब डलर नियन्त्रणमा छ । जुन गत वर्षको तुलनामा १३६ अर्ब डलरले बढी हन आउँछ ।
    त्यसै समयमा, १ लाख १०,००० घरधुरीहरूले आफूसँग झण्डै कुनै सम्पत्ति नभएको वा एकदमै न्यून सम्पत्ति भएको रिपोर्ट गरेका छन् । सिलिकन भ्यालीमा जीवनयापनको लागत पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ । त्यहाँ भाडामा बस्नको लागि वार्षिक कमाइ कम्तीमा १ लाख ३६ हजार ५३२ हुनुपर्छ जुन अमेरिकाभरि सबैभन्दा उच्च हो ।
    उक्त प्रतिवेदनले सान होसेलाई “ महँगो“ शहरहरूको विश्व सूचीमा चौथो स्थानमा राखेको छ (हङकङ, सिड्नी र भ्यानकुभरपछि) । तर, विगत तीन वर्षमा सिलिकन भ्यालीका कुनै पनि शहरले न्यूनतम ज्याला नबढाएको प्रतिवेदनले देखाउँछ । प्रतिवेदन अनुसार सान होसेमा ५४ हजार ५८२ न्यून–आय भएका घरधुरीहरूलाई पहुँचयोग्य आवास उपलब्ध छैन, र बेघरवार २०२३ देखि ८.२% ले बढेको छ ।

    सन् २०२० मा, अमेरिका भरि भएको एक आन्दोलनको केही समयपछि, सान होसे स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले सिलिकन भ्याली पेन इन्डेक्स तयार गरेको हो । यो सूचकांकले अझै पनि गहिरो जातीय असमानताहरू देखाइरहेको छ ।

    सान होसे, सनीभेल र सान्ता क्लाराका हिस्पानिक कामदारहरूले हरेक १ कमाउने गोरा सहकर्मीको तुलनामा औसतमा ३३ सेन्ट मात्र कमाउने अपेक्षा गर्न सक्छन् । यद्यपि सेयरधनीहरूले विविधता, समानता र समावेशीताको पक्षमा प्रतिबद्धता व्यक्त गरेका छन्, अनुसन्धान तथा विकास क्षेत्रमा कार्यरत कर्मचारीहरूमध्ये मात्र ३% अफ्रिकी–अमेरिकी (ब्ल्याक) छन् (तुलनात्मक रूपमा ६% हिस्पानिक÷लाटिनो, ३६% गोरा, र ५०% एशियन छन ) ।

    यसैबीच, प्रहरीद्वारा गरिने हिंसा अझै पनि गम्भीर चिन्ताको विषय बनेको छ । २०२४ मा सान्ता क्लारा काउन्टी शेरिफको हिरासतमा १० जनाको मृत्यु भयो । जुन दुई दशकयताकै सबैभन्दा उच्च संख्या हो । सान होसेले प्रहरी संलग्न पाँच गोलीकाण्ड रिपोर्ट गरेको छ, जुन २०२३ को तुलनामा तीनले बढी हो ।
    तर, प्रतिवेदनले सिलिकन भ्याली क्षेत्रका केही सुधारहरू पनि देखाएको छ – जस्तै सान होसेमा प्रहरीले बल प्रयोग गर्ने घटनाहरूमा कमी, बेघरपन रोकथामका सेवाहरूको विस्तार, र वातावरणीय दिगोपनाका कार्यक्रमहरू रहेका छन ।

    Post Views: 611
    प्रकाशित मिति: २०८२ श्रावण ८, बुधबार ०५:४९
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि
    स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने
    इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकामा अन्तराष्ट्रिय विधार्थीको भिषा अस्वीकृत दरमा उच्च बृद्धि

    • २. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ३. इजरायल सहित ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति

    • ४. नेपालका प्रधानमन्त्रि बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा

    • ५. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. स्पेनमा रहेका ५ लाख अबैध आप्रवासीलाई कानुनी मान्यता दिने घोषणा, ५ हजार नेपाली लाभान्वित हुने

    • ४. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ५. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.