• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

चितवनमा नयाँ पाँचतारे होटल “रोयल ट्युलिप चितवन रिसोर्ट ” मा ‘माझीघर’ को शुभारम्भ

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण ११, शनिबार ०८:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    चितवनको सौराहामा रहेको रोयल ट्युलिप चितवन रिसोर्टले नयाँ अल–डे–डाइनिङ रेस्टुरेन्ट ‘माझीघर’ को शुभारम्भ गरेको छ । लुभर होटल्स ग्रुप अन्तर्गतको यो पाँचतारे लक्जरी रिसोर्ट केटिएम हस्पिटालिटीद्वारा सञ्चालित हो । लामो समय गैरआवासिय नेपाली संघमा संलग्न हुँदै उपाध्यक्ष भई सकेका व्यवासायी रामेश्वर शाह प्रमुख रहेको यो होटलको सफ्ट ओपनिङमार्फत सुरु गरिएको यो रेस्टुरेन्ट चौबीसै घण्टा सञ्चालन हुने बताइएको छ । रिसोर्टको नेतृत्व गरिरहेका केटिएम हस्पिटालिटी लिमिटेडका अध्यक्ष रामेश्वर शाहका अनुसार ‘माझीघर’ को डिजाइन माझी र थारु समुदायको समृद्ध सांस्कृतिक परम्पराबाट प्रेरित भएर सन्चालनमा ल्याइएको हो ।

    उनका अनुसार रेस्टुरेन्टले पाहुनाहरूलाई स्थानीय स्वादसहित अन्तर्राष्ट्रिय स्वादको पनि अनुभव दिनेछ । ‘चितवनको आतिथ्य सत्कारलाई नयाँ स्तरमा लैजाने हाम्रो लक्ष्य रहेको अध्यक्ष शाहले बताएका छन । रोयल ट्युलिप चितवन रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको किनारमा चार एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । यहाँ ६५ वटा सुन्दर कोठा र भिलाहरू छन्, जसमा विशेष पुल भिला, वाटर भिला र माचान सुइट जस्ता सुविधा अन्तराष्ट्रिय स्तरको सुविधासम्पन्न सुविधाहरु समेटिएका छन् ।

    रेस्टुरेन्टबाहेक पाहुनाहरूका लागि स्पा, फिटनेस सेन्टर, पौडी पोखरी, फरेस्ट फ्लेम, माचान, घुम्ने डेक र जीवन्त स्पोट्र्स बारजस्ता सुविधाहरूसमेत उपलब्ध छन् । रिसोर्टका महाप्रबन्धक सचिन शर्माले होटलले स्थानीय सामग्रीको प्रयोग, इन–हाउस वाटर बोटलिङ प्लान्ट जस्ता दिगो अभ्यासलाई प्राथमिकता दिएको बताएका छन । उनका अनुसार, यस रिसोर्टबाट १०० भन्दा बढी स्थानीयलाई रोजगारी प्रदान गरिनेछ । शर्माले भने, ‘नेपालको पर्यटन क्षेत्रमा योगदान पु¥याउने उद्देश्यसहित हामीले यस परियोजनालाई अगाडि बढाएका हौं । पाहुनाहरूलाई विलासी र अविस्मरणीय अनुभव दिने हाम्रो प्रतिवद्धता छ ।

    Post Views: 466
    प्रकाशित मिति: २०८२ श्रावण ११, शनिबार ०८:२२
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट
    कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति
    २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
    Advertisement
    ताजा अपडेट
    • १. कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको नेतृत्वमा पहिलो फुलकोर्ट

    • २. कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारले बनायो सुरक्षा संयन्त्रमाथि अध्ययन समिति

    • ३. २०६२ देखि सार्वजनिक पदमा रहेका उच्चपदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    चर्चित
    • १. सर्वोच्च अदालतमा महत्वपुर्ण मुद्दाको प्रत्यक्ष प्रशारण र सुचनाप्रविधि मैत्रि बनाउने कामु प्रधानन्याधिष सपना मल्लको तयारी

    • २. प्रधानमन्त्री र १५ मन्त्री: कसको सम्पत्ति कति? सबैभन्दा धनी र गरिब को हुन ?

    • ३. राजनीतिक दृष्टिले निकै उथलपुथल वर्ष २०८२: आशा नयाँ बर्षको !

    • ४. हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले १६ वर्षपछि सत्ता गुमाए

    • ५. नेपालमा पोर्चुगिज दुतावास खोल्न हस्ताक्षर अभियान, बाणिज्यदुताबास खोल्ने संकेत !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.