• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

“तल्लोबाटो” अमेरिका जानेको संख्यामा ९९ प्रतिशतले घट्यो

"अमेरिकी आप्रवासन "
  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण १९, आईतवार ०९:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको अबैध आप्रवासीमाथी कडाइका बीच लामो समयदेखि समस्याग्रस्त पानमाको डारिएन ग्याप हुँदै हुने आप्रवासी आवागमन लगभग शून्यमा झरेको एक अध्ययनले देखाएको छ ।  डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीले जनाए अनुसार जुन महिनामा केवल १० आप्रवासीले डारिएन ग्याप पार गरेको उल्ल्ेख छ । जब कि बाइडन शासनकालमा एउटै महिनामा ८२,००० सम्म पुगेको बताइएको छ ।

    तल्लो बाटो हुँदै अमेरिका जानेहरुका लागि मुख्य बाटो पनामाको डारिएन ग्याप जसले लामो समयदेखि हजारौं अमेरिकी गन्तव्यतर्फ जाने आप्रवासीहरू जाने बाटो बनाएका थिए हिजो आज त्यहँ शुन्य देखिएको छ । जसमा खतरनाक अपराधीहरू समेत भेटिने सो बाटोमा अहिले राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक आप्रवासन नियन्त्रण नीति र पनामाका राष्ट्रपति होसे राउल मुलिनोको घातक मार्ग बन्द गर्ने प्रतिबद्धतापछि लगभग सुनसान भएको हो ।

    कोलम्बिया र पनामा जोड्ने ६० माइल लामो जंगल यात्रामा आप्रवासी आवागमन, जुन अधिकारीहरूका अनुसार “बालबालिका र अति संवेदनशील व्यक्तिहरूसमेत यौन दुव्र्यवहार, मानव तस्करी र शोषणमा पर्न सक्ने“ डरलाग्दो मार्ग थियो । २०२५ को जुन महिनामा मात्र १० जनाले पार गरेका थिए । यो तथ्यांक अमेरिकी गृह सुरक्षा विभाग र पनामाको राष्ट्रिय आप्रवासन सेवाले सार्वजनिक गरेका हुन् ।

    यो नयाँ तथ्यांक बाइडन प्रशासनको समयमा, विशेष गरी अगस्ट २०२३ मा, एकै महिनामा ८२ हजार भन्दा बढी आप्रवासीहरूले सो मार्ग प्रयोग गरेको तुलनामा ९९.९८% गिरावट देखिन्छ । यो तीव्र गिरावट महिनौँदेखि चलिरहेको संयुक्त कार्यान्वयन प्रयासहरूको परिणाम हो, जसमा ट्रम्पको ठूलो मात्रामा निर्वासन अभियान र राष्ट्रपति मुलिनोको आप्रवासन गस्ती बढाएर मार्ग बन्द गर्ने प्रयास प्रमुख छन् । पछिल्लो केहि तथ्यांकहरुका अनुसार समग्रमा मेक्सिको सिमाबाट अमेरिका छिर्नेहरु लगभग न्यून रहेको बताइएको छ ।

    Post Views: 450
    प्रकाशित मिति: २०८२ श्रावण १९, आईतवार ०९:५०
    Advertisement
    संबन्धित शिर्षकहरु
    भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?
    अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित
    पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग
    Advertisement
    ताजा अपडेट
    • १. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • २. अमेरिकाको न्यु ह्याम्पसायर प्रतिनिधिसभाका लागि विश्वबहादुर शाह डेमोक्रेटिक प्राइमरीमा निर्वाचित

    • ३. पोर्चुगलका चर्चित शेफ टंक सापकोटाद्वारा बाढीपीडितका लागि रु ५१ लाखभन्दा बढी सहयोग

    • ४. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    • ५. इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा १४ सय कामदारको माग, यसरी हुन्छ जीटुजी प्रणालीबाट कामदार छनौट

    चर्चित
    • १. अमेरिकामा असाईलम पाउन झन् झन कठिनः असाईलम अस्वीकृति दर ९४ प्रतिशत भन्दा बढी !

    • २. भोटकोशी बाढी पीडितको नाममा दर्जनौं अभियानः कसले कति उठाए, पैसा कहाँ पुग्दैछ?

    • ३. नेपालका लागि अमेरिकी नयाँ कार्यवाहक राजदूतमा मेगन बोल्डिन

    • ४. प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री खनाल राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका जाने तय

    • ५. पञ्जराँ : दानधर्म, करुणा र दीपंकर बुद्धको स्मरण गर्ने पर्व

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.