• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

३५ वर्ष लामो अजरबैजान र आर्मेनिया द्धन्द्ध अमेरिकी मध्यस्थतामा अन्त्यः दुवै देशका प्रमुखद्धारा राष्ट्रपति ट्रम्पलाई नोबल पुरस्कार सिफारिस

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण २५, शनिबार ०६:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    ३५ वर्ष लामो समयसम्म लडाई लडेका अजरबैजान र आर्मेनियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा शुक्रबार एक अमेरिकाद्वारा मध्यस्थता गरिएको ऐतिहासिक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्, जसले दशकौं लामो द्वन्द्वपछिको द्विपक्षीय आर्थिक सम्बन्धमा वृद्धि गर्नेछ र दुबै देशबीचको सम्बन्धलाई पूर्णरूपमा सामान्यीकरणतर्फ लैजानेछ ।

    दक्षिण ककससका यी प्रतिस्पर्धीहरूबीचको सम्झौता यदि कायम रहन्छ भने – ट्रम्प प्रशासनको ठूलो कूटनीतिक सफलता हुने निश्चित छ, जुन मस्कोलाई असजिलो बनाउनेछ, किनभने उसले यस क्षेत्रलाई आफ्नो प्रभाव क्षेत्रको रूपमा हेर्छ ।

    “३५ वर्ष लामो समयसम्म उनीहरूले लडे, र अब उनीहरू साथी भएका छन्, र लामो समयसम्म साथी रहनेछन्,“ ट्रम्पले ह्वाइट हाउसमा आयोजित हस्ताक्षर समारोहमा भने, जहाँ उनीसँग अजरबैजानी राष्ट्रपति इल्हाम अलीयेभ र आर्मेनियाली प्रधानमन्त्री निकोल पशिन्यान उपस्थित थिए ।

    आर्मेनिया र अजरबैजानबीचको विवाद १९८० को दशकको अन्त्यमा सुरु भएको थियो, जब नागोर्नो–काराबाख क्षेत्र, जुन अजरबैजानको पहाडी भूभाग हो तर प्रायः जातीय आर्मेनियनहरूले बसोबास गर्दै आएका थिए । अजरबैजानबाट अलग भएर आर्मेनियाको समर्थनमा स्वशासित भयो । २०२३ मा अजरबैजानले उक्त क्षेत्रको पूर्ण नियन्त्रण पुनः प्राप्त ग¥यो, जसपछि झण्डै १ लाख जातीय आर्मेनियनहरूले आर्मेनियातर्फ पलायन गरेका थिए । ट्रम्पले भने दुबै देशहरूले युद्ध अन्त्य गर्न, कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्न, र एकअर्काको भौगोलिक अखण्डताप्रति सम्मान गर्न प्रतिबद्धता जनाएका छन् ।

    सम्झौतामा दक्षिण ककसस हुँदै जान सक्ने रणनीतिक ट्रान्जिट कोरिडोरमा अमेरिका पाउने विशेष विकास अधिकार पनि समावेश गरिएको छ, जसले ऊर्जा र अन्य स्रोतहरूको निर्यात विस्तार गर्न मद्दत गर्नेछ, ह्वाइट हाउसले जनाएको छ । अमेरिकाले दुबै देशसँग अलग–अलग सम्झौता गर्दै ऊर्जा, व्यापार, प्रविधि (जसमा कृत्रिम बौद्धिकता पनि समावेश छ) क्षेत्रमा सहकार्य विस्तार गर्ने कुरा ट्रम्पले बताएका छन । तर विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । ट्रम्पले अजरबैजान र अमेरिकाबीच रक्षा सहकार्यमा लगाइएको प्रतिबन्ध पनि हटाइएको बताएका छन्, जुन कदमले मस्कोलाई थप चिन्ता दिन सक्छ ।

    दुबै नेताहरूले ट्रम्पलाई द्वन्द्व अन्त्य गरिदिएकोमा धन्यवाद दिँदै उनलाई नोबेल शान्ति पुरस्कारको लागि नामांकित गर्ने बताए । ट्रम्पले आफ्नो दोस्रो कार्यकालको प्रारम्भिक महिनाहरूमा आफूलाई विश्वव्यापी शान्ति स्थापनाकर्ताको रूपमा प्रस्तुत गर्ने प्रयास गरिरहेका छन् । ह्वाइट हाउसले उनलाई कम्बोडिया र थाइल्यान्डबीच युद्धविराम, रुवाण्डा र कङ्गो, तथा पाकिस्तान र भारतबीचको शान्ति सम्झौता गराउन श्रेय दिएको छ । तर, रुसको युक्रेनमा चलिरहेको साढे तीन वर्ष लामो युद्ध वा इस्रायल र हमासबीचको गाजामा जारी द्वन्द्व अन्त्य गराउन भने ट्रम्प सफल भएका छैनन् । शुक्रबार ट्रम्पले भने, उनी आगामी १५ अगस्टमा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटेर युद्ध अन्त्यको प्रयास गर्नेछन् ।

    अमेरिकी अधिकारीहरूले बताएका छन् कि यो शान्ति सम्झौता क्षेत्रको बारम्बार भ्रमणपछि तयार गरिएको हो, र यसले दुबै देशबीचको सम्बन्धलाई पूर्ण रूपमा सामान्यीकरण गर्ने दिशामा कार्य गर्न आधार प्रदान गर्नेछ । यो शान्ति सम्झौताले दक्षिण ककसस क्षेत्रलाई रूपान्तरण गर्न सक्छ, जुन रुस, युरोप, टर्की र इरानसँग सिमाना जोडिएको ऊर्जा उत्पादन गर्ने क्षेत्र हो, जहाँ तेल र ग्यासको पाइपलाइनहरू त क्रस–क्रस गरेर गएका छन्, तर बन्द सीमाहरू र दीर्घकालीन जातीय विवादहरूले यो क्षेत्र विभाजित बनाएको छ ।

    लॉयोला विश्वविद्यालय (शिकागो) को कानुन संकायमा प्रतिबन्ध विज्ञ तथा सल्लाहकार ब्रेट एरिक्सनले भने, यो सम्झौताले पश्चिमालाई रुसद्वारा प्रतिबन्ध छल्ने प्रयासहरू रोक्न सहयोग गर्नेछ । “ककसस क्षेत्र प्रतिबन्ध नीतिको अन्धो क्षेत्र बनेको थियो,“ उनले भने। “औपचारिक शान्तिले पश्चिमलाई आर्मेनिया र अजरबैजानसँग संलग्न भएर प्रतिबन्ध छल्ने ’इभेजन पाइपलाइन’हरू बन्द गर्ने प्लेटफर्म प्रदान गर्छ ।“

    स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडीज सेन्टरकी सह–अनुसन्धानकर्ता टीना डोल्बाया भन्छिन्, शुक्रबारको हस्ताक्षर एक ठूलो प्रतीकात्मक कदम हो, तर अझै धेरै प्रश्नहरू बाँकी छन् – जस्तै कुन अमेरिकी कम्पनीले नयाँ ट्रान्जिट कोरिडोर नियन्त्रण गर्नेछ र यसको निर्माणमा आर्मेनिया र अजरबैजानको संलग्नता कति हुनेछ ।
    स्वतन्त्र क्षेत्रीय विज्ञ ओलेसिया भारतान्यानले भनिन्, सम्झौताले क्षेत्रमा बढी स्थिरता र पूर्वानुमेयता ल्याएको छ, तर यसको दीर्घकालीन भविष्य अमेरिकाको निरन्तर संलग्नतामा निर्भर रहनेछ । “आर्मेनिया र अजरबैजानको विगतको इतिहास हेर्दा, शान्तिपूर्ण समाधानको तुलनामा असफल वार्ता र हिंसात्मक झडपहरू धेरै छन्,“ उनले भनिन् । “यदि अमेरिका निरन्तर र समुचित रूपमा संलग्न रहन सकेन भने, यो मुद्दा फेरि जाम हुने सम्भावना रहन्छ, जसले नयाँ तनाव उत्पन्न गर्न सक्छ ।“

    वरिष्ठ अमेरिकी प्रशासनिक अधिकारीहरूले भनेका छन् कि यो सम्झौताले शीतयुद्धपछिको युगमा रुसको परिधिमा रहेका ’जमिएको’ द्वन्द्वहरूमध्ये पहिलोको अन्त्य गरेको छ, र यसले सम्पूर्ण क्षेत्रलाई एक शक्तिशाली सन्देश पठाएको छ ।

    आर्मेनियाले उक्त ट्रान्जिट कोरिडोरमा अमेरिकालाई लामो समयका लागि विशेष विकास अधिकार दिने योजना बनाएको छ, अधिकारीहरूले रायटर्सलाई यसै साता बताएका छन् । “ट्रम्प रुट फर इन्टरनेशनल पिस एण्ड प्रॉस्पेरिटी“ नाम दिइएको यस कोरिडोरमा ९ वटा कम्पनीहरूको चासो देखिएको, जसमध्ये ३ वटा अमेरिकी कम्पनीहरू पनि रहेको एक अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् । वाशिङटनस्थित मानव अधिकार समूह “फ्रीडम नाउ“ की डाफ्ने पनायोटाटोसले भनिन्, उनीहरूले ट्रम्प प्रशासनलाई अलीयेभसँगको भेटमा अजरबैजानमा रहेका करिब ३७५ राजनीतिक बन्दीहरूको रिहाइको माग गर्न आग्रह गरेका थिए । तेल उत्पादक देश अजरबैजान, जसले गत नोभेम्बरमा संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन आयोजना गरेको थियो, उसले भने आफ्नो मानव अधिकार रेकर्डमा आएको पश्चिमी आलोचनालाई अस्वीकार्य हस्तक्षेप भन्दै खारेज गरेको छ । रोयटर्सको समाचारमा आधारित ।

    Post Views: 179
    प्रकाशित मिति: २०८२ श्रावण २५, शनिबार ०६:५६
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?
    यस्तो छ निर्वाचन कार्यतालिका ?
    पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा
    Advertisement
    ताजा अपडेट
    • १. विश्वकप फुटबल हेर्न अमेरिका जाने भए “फिफा पास” लिनुहोसः अमेरिकी भिषा लिन सजिलो हुन्छ ! के हो फिफा पास ?

    • २. यस्तो छ निर्वाचन कार्यतालिका ?

    • ३. पार्टीमा क्रमश छा्ड्ने क्रम बढेपछि संकटतर्फ रास्वपा

    • ४. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ५. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    चर्चित
    • १. नर्थ क्यारोलिनामा आईसको छापा, सार्लोटबाट शुरु

    • २. विधार्थी, भिजिटर र पत्रकार भिषामा कडाई, कामदार भिषामा नरम नीतिको संकेत !

    • ३. विदेशमा रहेका नेपालीले सम्बन्धित देशको दुतावासमा मतदान गर्ने व्यवस्था !

    • ४. साइकलमा दूध बेच्दै हिँड्थे, अहिले आफैले चलाएका छन् डेरी

    • ५. अमेरिकाको क्यालिफोनियामा १७ हजार आप्रवासीको व्यवासायिक लाईसेन्स खारेज

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.