प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित युरोपेली सङ्घ इयूमा आवद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बिहान साढे ११ बजे सामूहिक भेट र संवाद गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित हुनेछ । यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।
कुटनीतिक रुपमा वर्तमान सरकार कमजोर हुँदै गएको टिकाटिप्पणी भईरहेको बेला कुटनीतिक भेटघाट शुरु गरेका हुन । छिमेकी मुलुक भारत र चिनसंग कुटनीतिक नोटको विषयलाई लिएर चिसोपना आई रहेको बताईन थालेको छ । त्यहि विषयमा भारत भ्रमणका जना लागेका परराष्ट्रमन्त्रि शिशिर खनालको भ्रमण स्थगित भएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामीछाने भने सरकारसंग सम्बन्ध विग्रिएको बताइएको बेला भारत भ्रमणका जान लागेका छन ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले दुई दिने औपचारिक दिल्ली भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले मार्च अन्त्यमा सत्ता सम्हालेपछि भारत वा अन्य कुनै देश भ्रमण गर्न अनिच्छा देखाइरहेका बेला लामिछानेको यो भ्रमण हुन लागेको हो।
लामिछाने जुन १ मा नयाँ दिल्ली जानेछन् र भोलिपल्ट फर्किनेछन्। उनले तीन सदस्यीय पार्टी प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्। दिल्लीमा हुने भेटघाटबारे हालसम्म विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। तर आरएसपी स्रोतहरूका अनुसार उनले भारतीय जनता पार्टी ९भाजपा० को राष्ट्रिय मुख्यालय भ्रमण गर्ने कार्यक्रम छ। साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्न सक्ने अड्कलबाजी गरिएको छ।
उता सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गर्न लागेको भारत भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले सभापति लामिछाने भारत जाने विषय प्रधानमन्त्रीसँग नजोडिने बताएका हुन् । पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले सभापति लामिछाने भारत जानुलाई प्रधानमन्त्री वालेन्द्र शाहको आगामी सम्भावित भ्रमणसँग जोडेर हेर्न नहुने बताए ।
मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सभापति लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री शाहको सम्बन्ध के हो रु भनेर सोधे। जवाफमा मन्त्री पोखरेलले सभापति लामिछानेको भारत भ्रमण अलग्गै भएकाले यसमा प्रधानमन्त्री जाने कार्यक्रमको कुनै सम्बन्ध नरहेको जवाफ दिएका हुन् ।
’रास्वपा सभापति रवि लामिछाने भारत जाने विषय प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणसँग कुनै सम्बन्ध जोडिएको छैन’, उनले पत्रकारहरूलाई भने ।
मन्त्री पोखरेलले प्रधानमन्त्री शाह सरकारले १०० दिनमा गरिसक्नुपर्ने काममा व्यस्त भएकाले भारतसहित अरू देशको भ्रमणमा जान नसकेको पनि जवाफ दिएका छन् । उनले प्रधानमन्त्रीको पनि भ्रमणमा जाने समय आउने बताए । ‘भारत मात्रै होइन, प्रधानमन्त्री कहीँ पनि जानुभएको छैन’, उनले भने, ‘उहाँ अहिले काममै केन्द्रित भएकाले कतै जानु भएको छैन।’





