अमेरिकामा बसोबास गर्ने वा अमेरिकी नागरिकता लिएका व्यक्तिहरू विदेशी राजनीतिक दलसँग सक्रिय रूपमा आबद्ध हुँदा फरेन एजेन्ट रजिष्ट्रेसन एक्ट ९फारा० विदेशी एजेन्ट दर्ता ऐन आकर्षित हुन सक्ने कानुनी बहस फेरि चर्चामा आएको छ। पछिल्लो समय आप्वासन नीतिमा कडाई हुँदा त्यो कानुन चर्चामा आएको हो । अमेरिकी न्याय मन्त्रालयका अनुसार सन् १९३८ मा लागू गरिएको यो कानुनले विदेशी सरकार, विदेशी राजनीतिक दल वा विदेशी संस्थाको हितमा अमेरिकाभित्र राजनीतिक गतिविधि, प्रचार–प्रसार, लबिइङ वा प्रभाव पार्ने काम गर्ने व्यक्तिलाई “विदेशी एजेण्ट” का रूपमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ। त्यसरी दतौ नगरी अमेकरिकी भुमिमा काम गर्दा संघीय अपराध मानिन्छ। ऐनको धारा ६१८ ए अनुसार जानाजानी उल्लंघन गर्नेहरूलाई ५ वर्षसम्म संघीय जेल सजाय, २ लाख ५० हजार डलरसम्म जरिवाना, वा दुवै सजाय हुन सक्ने प्रावधान छ । साना प्रशासनिक उल्लंघनका लागि ६ महिनासम्म कैद वा ५ हजार डलरसम्म जरिवाना तोकिएको छ। नियमको पालना नगरी निरन्तर काम गर्ने अवस्थालाई निरन्तर अपराध मानिने भएकाले यसको हदम्याद दर्ता नभएसम्म समाप्त हुँदैन भनिएको छ ।

अमेरिकी न्याय मन्त्रालयले हालसम्म फारा कानुन उल्लंघनमा कति व्यक्तिमाथि कारबाही भयो भन्ने एकीकृत तथ्यांक सार्वजनिक नगरे पनि सन् २०१६ पछि मात्रै दर्जनौं उच्च–प्रोफाइल व्यक्तिमाथि अभियोग दर्ता गरिएको जनाएको छ। कानुन मन्त्रालयको सूचीमा पूर्व राजनीतिज्ञ, लबिइस्ट, सरकारी अधिकारी तथा व्यवसायीहरूमाथि विदेशी एजेन्टका रूपमा दर्ता नगरी विदेशी हितमा काम गरेको आरोप लगाइएको उल्लेख छ।
हालै चर्चामा रहेका केसहरूमध्ये न्यूयोर्क राज्य सरकारकी पूर्व अधिकारी लिन्ण सुनमाथि चीन सरकारको हितमा काम गरेको आरोपमा मुद्दा चलाइएको छ। उनीमाथि चिनियाँ हितअनुसार सरकारी पहुँच र सन्देश प्रभावित गरेको अभियोग लगाइएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
ँकानुन मन्त्रालयको कारबाही सुचिमा विदेशी सरकार र विदेशी राजनीतिक दल दुवै पर्छन्। यदि कुनै व्यक्ति विदेशी राजनीतिक दलको निर्देशन, अनुरोध वा हितमा अमेरिकामा राजनीतिक गतिविधिमा संलग्न हुन्छ भने उसले अमेरिकी न्याय मन्त्रालयमा दर्ता गर्नुपर्ने हुन सक्छ। तपाईंले सित्तैमा स्वयंसेवक भएर काम गरे पनि यदि त्यो काम विदेशी राजनीतिक शक्तिसँगको समन्वयमा छ भने तपाईं फाराको दायरामा पर्ने संभावना छ ।
समाचार अनुसार केवल कुनै विदेशी दलको साधारण सदस्य हुनु मात्रले स्वतः अपराध नबन्न सक्छ। तर अमेरिकाभित्र बसेर विदेशी दलका लागि फण्ड उठाउने, प्रचार अभियान चलाउने, अमेरिकी नीति प्रभावित पार्ने प्रयास गर्ने वा जनसम्पर्क गतिविधि सञ्चालन गर्ने कार्य भए फारा कानुन आकर्षित हुनसक्छ।
हाल अमेरिकाले विदेशी प्रभाव तथा अन्तर्राष्ट्रिय राजनीतिक हस्तक्षेपमाथि निगरानी बढाइरहेका बेला फारासम्बन्धी अनुसन्धान र बहस पनि बढेको छ। पछिल्ला वर्षहरूमा चीन, रूस तथा अन्य विदेशी हितसँग सम्बन्धित प्रभावकारी गतिविधिमा अमेरिकी न्याय मन्त्रालयले अनुसन्धान र मुद्दा दायर गरेको उदाहरणहरू सार्वजनिक भएका छन्।
कानुनविद्हरूका अनुसारफाराको मुख्य उद्देश्य विदेशी प्रभावलाई प्रतिबन्ध लगाउनु भन्दा पनि त्यसलाई पारदर्शी बनाउनु हो। त्यसैले अमेरिकाभित्र विदेशी राजनीतिक संगठन वा दलसँग सम्बन्धित गतिविधि गर्ने व्यक्तिले आफ्नो सम्बन्ध, आर्थिक कारोबार तथा गतिविधिबारे सरकारी निकयलाई जानकारी दिनुपर्ने हुन्छ। अमेरिकी न्याय मन्त्रालयको ँफारा यूनिटले अनलाइन दर्ता प्रणालीमार्फत यस्ता विवरण सार्वजनिक अभिलेखका रूपमा राख्ने गर्दछ । अमेरिकामा नेपालका दर्जनौ राजनीतिक दलको भातृसस्था र सयौ व्यक्तिहरुहरु संलग्न रहेको पाईन्छ । यो समाचार तयार गर्दै गर्दा अमेरिकी भुमिमा रहेर नेपालको राजनीतिक दलसंग आवद्धता हुँदा आप्रवासनसम्बन्धि कानुनी कडाई भईरहेकै बेला सजकता अपनाउनु पर्ने देखिन्छ । नेपालका राजनीतिक दलसंग आवद्ध व्यक्तिहरुले यस कानुनको विषयमा जानकार रहनु आवश्यक देखिन्छ ।





