• नेपाल
  • खबर
  • एनआरएन
    • अमेरिका
    • युरोप
    • एसिया
    • अष्ट्रेलिया
    • अफ्रिका
    • मिडिल ईष्ट
  • प्रोफाईल
  • कुटनीति
  • विचार
  • समाज
  • इमिग्रेसन
  • राजनीति
  • थप
    • वातावरण
    • विदेश
    • सामाजिक सञ्जाल
  • ENG
×
☰
    • नेपाल
    • खबर
    • एनआरएन
      • अमेरिका
      • युरोप
      • एसिया
      • अष्ट्रेलिया
      • अफ्रिका
      • मिडिल ईष्ट
    • प्रोफाईल
    • कुटनीति
    • विचार
    • समाज
    • इमिग्रेसन
    • राजनीति
    • थप
      • वातावरण
      • विदेश
      • सामाजिक सञ्जाल
    • ENG

ट्रेण्डिङ :

    स्पार्टाकसलाई साहसलाई लडाकु #castsystem

गाजा युद्धमा परेर हालसम्म १८६ जना पत्रकारको मृत्यु

  •  खबरमाला संवाददाता
  • २०८२ श्रावण २८, मंगलवार ०६:०० प्रकाशित
    • अ-
    • अ
    • अ+

    इजरायलको हवाई आक्रमणमा परी अल-जजीराका पाँच जनासहित छ पत्रकार मारिएका छन् । आइतबार इजरायलले गाजास्थित अल-शिफा अस्पतालमा आक्रमण गर्दा उनीहरु मारिएका हुन् ।

    अल-जजिराका अनुसार संवाददाता अनस अल–शरीफ र मोहम्मद कुरैके, क्यामेरापर्सन इब्राहिम जहीर र मोआमेन अलिवा र सहयोगी मोहम्मद नौफल र स्वतन्त्र पत्रकार मोहम्मद अल खलिद मारिएका हुन् ।

    रिपोर्टर्स विथआउट बोर्डर्स (आरएसएफ)का अनुसार सोही आक्रमणमा परेर थप ३ जना पत्रकार घाइते भएका छन् ।

    पत्रकार शरीफले ‘हमास’को आतंकवादी सेलको प्रमुखको रुपमा काम गरेको आरोप लगाउँदै इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले हवाई आक्रमण गरेको स्वीकार गरेको छ । आईडीएफले टेलिग्राममा पोस्ट गर्दै भनेको छ, ‘हमासको आतंकवादी सेलका प्रमुखका रुपमा काम गरिरहेका थिए ।’

    तर अल-जजिराले सो आरोपलाई अस्वीकार गर्दै उनीहरु अस्पतालको मुख्य द्वारमा बनेको एक त्रिपालमा बसेर रिपोर्टिङ गरिरहेको बताएको छ । अल जजिराका म्यानेजिङ एडिटर मोहम्मद मोआवादले बीबीसीसँग भनेका छन्, ‘अल–शरीफ गाजामा भइरहेको अत्याचारबारे समाचार दिने एक मात्र आवाज थिए ।’

    कमिटी टु प्रोटेक्ट जर्नलिस्ट (सिपिजे)ले पनि अल-शरीफ गाजापट्टीमा जारी युद्धको सुरुवातदेखि नै अल-जजिराका लागि काम गर्दै आएका थिए ।

    आईडिएफले यसअघि देखि नै शरीफलाई हमासको सैन्य सदस्य रहेको भन्दै आरोप लगाउँदै आएको थियो । गत जुलाई २४ मा आईडीएफले पत्रकार अल शरीफ सन् २०१३ मा हमासको सैन्य शाखा अल-कस्मामको एक सदस्य रहेको आरोप लगाएको थियो ।

    आईडीएफका प्रवक्ता अविचाय अद्राईले एक भिडियो जारी गर्दै शरीफले ‘सबैभन्दा आपराधिक र आक्रमक च्यानल’का लागि काम गरेको आरोप लगाएका थिए ।

    तर शरीफले आफू कुनै पनि आतंकवादी संगठनमा नरहेको भन्दै आरोपको खण्डनसमेत गरेका थिए । उनले ‘सिपिजे’सँग मिडियालाई बदनाम गर्नका लागि झुटो आरोप लगाएको बताएका थिए । उनले भनेका थिए– ‘गाजापट्टीमा इजरायलले मच्चाएको अपराधबारे मैले गरेको रिपोर्टिङका कारण उनीहरु मलाई मार्न चाहन्छन् ।’

    तर लामो समयदेखि आरोप लगाउँदै आएका शरीफसहित छ जना पत्रकार आइतबार हवाई आक्रमणमा मारिए । विना प्रमाण पत्रकारलाई झुटो आरोप लगाउनुले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न खडा गरेको भन्दै सिपिजेले यसको विरोध गरेको छ ।

    सिपिजेका अनुसार अक्टोबर ७, २०२३ देखि गाजामा भइरहेको युद्धमा परेर हालसम्म १८६ जना पत्रकार मारिएका छन् । जसमध्ये १७८ जना प्यालेस्टाइनी पत्रकारहरु छन् । अल जजिराका अनुसार युद्धमा परी ६१ हजारभन्दा बढी नागरिक मारिएका छन् भने एक लाख ५३ हजारभन्दा बढी घाइते भएका छन् ।

    Post Views: 325
    प्रकाशित मिति: २०८२ श्रावण २८, मंगलवार ०६:००
    Advertisement
    संबन्धित शिर्षकहरु
    अमेरिकी गायिका जेसिका काठमाडौँमा
    नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द
    विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?
    Advertisement
    ताजा अपडेट
    • १. अमेरिकी गायिका जेसिका काठमाडौँमा

    • २. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ३. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • ४. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ५. नेपाललाई ‘योग राष्ट्र’ बनाउन आचार्य राजन शर्माले गरे आह्वान

    चर्चित
    • १. विदेशमा रहेका नेपालीले मतदान गराउने निर्वाचन आयोगको तयारी, कस्ता छन चुनौतिहरु ?

    • २. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने !

    • ३. स्पेनमा मन्दिर, गुम्बासहित धार्मिक धरोहर निर्माण अभियान, १ लाख युरो प्रतिबद्धता

    • ४. नेपालसहित ७५ देशका नागरिकको आप्रवासी भिसा रोक्ने “ट्रम्प” नीति अमेरिकी अदालतबाट रद्द

    • ५. प्रधानमन्त्रि बालेनमाथी सेनाका पुर्वउच्च अधिकारीको चेतावनी !

    हाम्रो बारेमा

    Our news content focuses on providing updates on all the issues about Nepal and the diaspora. We will give a place to the joys and sorrows of the Nepalese who are spread worldwide, their progress, and their ventures.

    सम्पर्क

    Mail-Address: khabarmala2072@gmail.com

     Contact: North Carolina, USA

    Published by Khabarmala Publication

    Registrarion no : 1387611/072/073

    हाम्रो टीम

    President/Editor in Chief: Hom Lamsal

    सामाजिक संजाल

    • facebook
    • x
    • instagram
    • youtube
    © 2025 Khabar Mala . All Rights Reserved.